- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजहाम्रो पहुँचमा वक्तृत्वकला प्रतियोगिता

हाम्रो पहुँचमा वक्तृत्वकला प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, २ पुस । हाम्रो पहँुच सेकेन्डरी विद्यालयमा सोमबार वातावरण विनास र यसको संरक्षण विषयक वक्तृतृत्वकला प्रतियोगिता भएको छ । मानवीय क्रियाकलापका कारण वातावरण विनास हुन थालेको भन्दै विद्यार्थीले यसको संरक्षणमा सचेतना फैलाउनुपर्ने बताएका छन् ।
कक्षा ८ का मिलन भण्डारीको अध्यक्षता तथा कक्षा ७ का ज्योति पुनको प्रमुख आथित्यतामा प्रतियोगिता भएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीले वातावरण असन्तुलनलाई बचाउन आफै लाग्नुपर्ने बताएका छन् । वातावरण सन्तुलनमा राख्नका लागि मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने भन्दै उनीहरूले जोड दिएका छन् ।
कक्षा ६, ७ र ८ का विद्यार्थी सहभागी कार्यक्रममा वक्तृत्वकलामा सहभागी विद्यार्थीहरूले अहिले भइरहेको र यसको संरक्षणमा जोड दिने विषयमा वादविवाद प्रतियोगिता गरेको विद्यालयका कल्याणकारिणी अधिकृत तिलक कालाथोकीले जानकारी दिए ।
प्रतियोगितामा कक्षा ७ का प्राप्ती भट्टराई प्रथम, रितिसा विसी द्वितीय र तृतीयमा सुदिप भण्डारी भए । कार्यक्रमको सञ्चालन कक्षा ७ का विद्यार्थीहरू रिदम भण्डारी र युगीन खनालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here