- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरकालीतरामा झोलुंगे पुल

कालीतरामा झोलुंगे पुल

- Advertisement -spot_img

दंगीशरण, २ पुस । दंगीशरण गाउँपालिका वडा नं. १ कालीतरामा निर्माण हुने आमखोला घाट मलई खोला झोलुंगे पुलको शिलान्यास गरिएको छ । मंगलबार सांसद धमकली चौधरी र गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद धमकली चौधरीले विकास निर्माणमा विभिन्न संघस्ंथा लागिपरेको भन्दै यसले सरकारलाई सहयोग पुग्ने बताईन् । सरकारको मात्र दायित्व सम्झनेहरूका लागि यो कार्य उदाहरण बनेको बताइन् ।
यस्तै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण वडा नं. १ का बासीका लागि खुसीको कुरा भएको भन्दै सेवा प्रस्थान नेपाललाई धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष चौधरीले वर्षौदेखि बर्खायाममा बाढीको समस्याबाट ग्रसित भएका वडाबासीहरूलाई अब सहज हुने भन्दै विकास निर्माणमा हरेक क्षेत्रबाट सहकार्यको आवश्यक रहेको बताए । सेवा प्रस्थान नेपालको करिव २६ लाखको लागतमा ३२ मिटर लम्बाई रहेको झोलुंगे पुल निर्माण हुन लागेको उपभोक्ता समितिका सचिव चन्द्रकला भण्डारीले जानकारी दिईन् ।
पुल निर्माणपछि दंगीशरण र शान्तिनगर गाउँपालिका जोडिनुका साथै आम नागरिकलाई सहज हुनेछ । शिलान्यास कार्यक्रममा ७० बर्षका नोखु वलीले नमर्दै पुलबाट हिड्न पाईने भो भन्दै खुसी ब्यक्त गरे ।
यस्तै ७० वर्षका विजय सिंह रोका नुन, तेल, चामल किन्न हिजोका दिनमा खोला तरेर जानुपथ्र्यो भन्दै अब त्यो समस्याबाट मुक्त भएको बताए । पुल बन्न थालेपछि अहिले त्यहाँका स्थानीय खुसी भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here