Wednesday, March 27, 2024
Homeमुख्य खबरमृतक परिवारलाई सहयोग

मृतक परिवारलाई सहयोग

- Advertisement -spot_img

घोराही, २ पुस । वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएका दाङ तुलसीपुरका अनिल नेपाली परियारको आफन्तहरूको लागि सहयोग संकलन भएको छ ।
परियार सेवा समाज दाङका अध्यक्ष तथा केन्द्रीय सदस्य केशव नेपाली परियारको पहलमा जिएस समाज सेवा युवा क्लव बातु पाहात मलेसियाले संकलन गरेको सहयोग रकम मृतक अनिल नेपालीको परिवारलाई हस्तान्तरण गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ दाङ घोराहीमा आज बुधबार एक कार्यक्रमको आयोजना गरेर संकलन भएको ७ लाख ३४ हजार ९ सय ७१ रूपैयाँ हस्तान्तरण हुने परियार सेवा समाज दाङका अध्यक्ष केशव नेपालीले जानकारी दिए । केशव नेपाली परियार युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघर्ष समितिका बरिष्ठ उपाध्यक्षसमेत हुन् ।
उनको पहलमा मलेसियामा कार्यरत सम्पूर्ण नेपालीहरूले दाङ तुलसीपुर–५ कुररियाका अनिल नेपालीको परिवारलाई सहयोग रकम संकलन गरेका थिए ।
मलेसियाको सुङलिग कम्पनीमा कार्यरत अनिल नेपालीको उपचारकै क्रममा मलेसियामा मृत्यु भएको थियो । आर्थिक अवस्था कमजोर भएका मृतक नेपालीको परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन भएको र
पत्रकारहरूको रोहवरमा रकम हस्तान्तरण गर्न थालेको उनले बताए । साथै सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थितिका लागि केशव नेपालीले अनुरोध गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here