- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरखानेपानी ट्याङ्कीको शिलान्यास

खानेपानी ट्याङ्कीको शिलान्यास

- Advertisement -spot_img

दंगीशरण, २ पुस । वर्षौदेखि खोला खोल्सेर पानी खाईरहेका दंगीशरण गाउँपालिका वडा नं. २ कौवाघारीका स्थानीयहरू अब भने सफा र स्वच्छ खानेपानी खान पाउने भएका छन् । रोटरी क्लव भरतपुरले खानेपानी ट्याङ्की निर्माण योजना सञ्चालनमा ल्याएपछि गोल्टाकुरी कौवाघारीसहित चार गाउँका बासिन्दाहरू सफा पानी पिउने छन् ।
स्थानीय निर्मला विक लामो समयदेखि खोला खोल्सेर जरूवा बनाएर माटो थिर भएपछि गाग्री भरेको तितो अनुभव सुनाईन् ।
‘हामी हुक्क भएका छौँ, बालुवा खोल्सेर धुम्लो पानी सुम्लो भएपछि पानी भर्ने गर्छम्’ विकले भनिन् । ‘खोलामा जरूवा बनाएर पानी भरेको कयौ बर्ष भयो दैवको आँखा लाग्यो पानी ट्याङ्की बन्न ला’छ अहिले त खुसी लाग्या छ ।’ सोही गाउँकी मनकला विकले खुसी ब्यक्त गरिन ।
लामो समयदेखि खानेपानीको समस्याबाट गुज्रदै आएका त्यहाँका महिला गृहणीहरू खानेपानी ट्यांकी निर्माण हुन लागेपछि खुसी भएका छन् । दुई लाख लिटर पानी अट्ने पानी ट्यांकी निर्माण पश्चात् गोल्टाकुरीका तीन सय घरधुरी लाभान्वित हुने निर्माण समितिका अध्यक्ष भरत परियारले बताए ।
खानेपानी ट्यांकीको सम्पूर्ण निर्माण कार्य आउँदो असार मसान्तभित्र सक्ने परियारले जानकारी दिए । रोटरी क्लव भरतपुरले १ करोड २५ लाखको लागतमा निर्माण कार्य सम्पन्न हुने रोटरी क्लवका सदस्य सुमित तिमल्सिनाले जानकारी दिए ।
यसैबीच मंगलबार एक कार्यक्रमका बीच संघीय सांसद हिराचन्द्र केसीले कौवाघारी खानेपानी ट्यांकीको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै केसीले जनताको जीवनसँग जोडिएका मुख्य कुरा खानेपानी,
सिंचाईका लागि डिप बोरिङ, पक्की सडकलाई आफूले मुख्य रूपमा हेर्दै योजना बनाईरहेको कार्यलाई अगाडि बढाईसकेको बताए ।
सांसद केसीले भने ‘गोल्टाकुरी अब हिजोजस्तो हुने छैन यहाँको भौगोलिक अवस्थासँर्गै आम मानिसको जीवनस्तर फेरिने छ । हिजो हामीले गरेका प्रतिवद्धता पूरा गरिरहेका छौँ ।
‘तपाई हिजो पनि साथ दिनुभयो, आज पनि साथ दिनुस् बजेट विनियोजन सबै ठाउँमा क्रमबद्ध रूपमा गर्नेछु । अहिले गोल्टाकुरीको सडक पक्की बनाउन बजेट छुट्याएको छ । यसैगरी तपाईका हिजोको समस्या हल हँुदै जानेछ ।’
उक्त अवसरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले रोटरी क्लवले ल्याएको यो योजनामा आफूले साथ र सहयोग गर्न तत्पर रहेको बताए । अध्यक्ष चौधरीले भने ‘एक घर एक धारा’ बनाउने कुरालाई सार्थक बनाउँनेछौँ ।
यस्तै उपाध्यक्ष पिमा खड्काले गाउँपालिकामा खानेपानी र सिंचाईको समस्यालाई समाधान गर्न गाउँपालिका लागिपरेको बताईन् । कौवाघारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरत परियारको अध्यक्षता एवं संघीय सांसद हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यपालिका सदस्य कमानसिंह नेपालीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव डिल्ली मल्लले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here