- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरपारिश्रमिक नदिन पत्राचार

पारिश्रमिक नदिन पत्राचार

- Advertisement -spot_img

दाङ, १ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधिहरुलाई पारिश्रमिक नदिन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । सर्वाेच्च अदालतले गत कार्तिक १ गतेको फैसलाले जनप्रतिनिधिलाई पारिश्रमिक लिन रोक लगाएको थियो ।
मन्त्रालयको स्थानीय तह समन्वय शाखाले अदालतको फैसला कार्यान्वयन गर्न भन्दै ७७ जिल्लाका समन्वय समिति, ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी ७ सय ५३ स्थानीय तहमा पत्र पठाएको शाखा अधिकृत जनकराज शर्माले जानकारी दिए ।
सर्वाेच्चले संविधानको परिकल्पना विपरीत पारिश्रमिक दिने गरी प्रदेशसभाले बनाएका कानुनले वैधता नपाउने ठहरसमेत गरेको छ । प्रदेश कानुनअनुसार स्थानीय तहका पदाधिकारी तथा सदस्यले निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यानमा राखी विभिन्न शीर्षकमा सुविधा दिन भने संविधानले रोक नलगाएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।
अब प्रदेश कानुनले विभिन्न शीर्षकमा के कति सुविधा दिने भनेर कानुन बनाएपछि मात्र जनप्रतिनिधिले सुविधा बापतको रकम लिन पाउनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here