- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरशैक्षिक गुणस्तर बढाउन जोड

शैक्षिक गुणस्तर बढाउन जोड

- Advertisement -spot_img

घोराही, २ पुस । घोराही उपमहानगरपालिका–१७ चौघेरामा रहेको गोरक्ष रत्ननाथ माविको ४७औँ वार्षिकोत्सव तथा अभिभावक भेला भएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष उमानन्द खनालको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले सामुदायिक विद्यालयमा विश्वास जगाउन शिक्षकहरूलाई मेहनत गर्न आग्रह गरेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने गरी शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरूलाई अवसर प्राप्त भएको बताए ।
विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान भएको, विद्यालयमा खाजा कार्यक्रम ल्याएको भन्दै अब शैक्षिक गुणस्तर पनि वृद्धि हुनु पर्नेमा जोड दिए । उपमहानगर विद्यालय शिक्षा सुधारमा लागेको भन्दै बाल विकास तहबाटै शैक्षिक सुधार र विद्यार्थी भर्ना दर बढाउन शिक्षक, अभिभावक लाग्न आवश्यक रहेको बताए ।
सामुदायिक विद्यालयहरू विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र बनाउन आफूहरू लागि परेको समेत उल्लेख गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले विद्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
अहिले शिशु कक्षादेखि १२ कक्षासम्म झण्डै ९ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिदै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिवद्ध भएर लागेको उल्लेख गरे । कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने शिक्षक, विद्यार्थीहरूलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here