- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयरोजगारी सिर्जना गर

रोजगारी सिर्जना गर

- Advertisement -spot_img

रोजगारीका लागि दैनिकरूपमा विदेशिने युवाको संख्या कमि आउन सकेको छैन् । तथ्यांक अनुसार नेपालका ५० लाख भन्दा बढी युवा देश बाहिर रोजगारीको शिलशिलामा छन् । वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सले नेपाल चलेको छ तर विदेशिने युवाको पीडा भने कम्तिको छैन् ।
घरदेखि विदेशसम्म पीडैपीडामा छन् रोजगारीका लागि विदेशिने युवा । वैदेशिक रोजगारले रेमिट्यान्समात्र भित्र्याएको मात्र छैन्, समस्या पनि भित्र्याएको छ । धन कमाउन विदेश पुगेका युवाहरू कतिपय काठको बाकसमा भित्रिन्छन् नेपाल कतिपयको घरमा परिवार नै छिन्नभिन्न भएको छ ।
श्रीमान श्रीमतीबिच नै बिमति हुँदा छोराछोरीको बिचल्लीको स्थिति पुगेको देखिन्छ । वैदेशिक रोजगारको शिलशिलामा घरमा सम्पत्ति हिनामिना भएको भनेर पुरूषहरू प्रहरीमा पुग्ने गरेका छन् भने महिलाहरू पनि श्रीमानले अनेकौं हिंसा गरेको भनेर प्रहरीमा दैनिकजसो उजुरी गर्ने क्रम बढेको छ । वैदेशिक रोजगारले घर, गाउँ, समाज हुँदै देशैभरीमा समस्या निम्त्याएको छ ।
देशमा संघीय व्यवस्थासँगै तीनतहका सरकार गठन भएका छन् । संघीय व्यवस्थासँगै नागरिकले स्वदेशमै रोजगारी पाउने आशा गरेका थिए तर अहिले पनि विदेशिने युवाको ताती नै छ । युवा विदेशिएसँगै दक्ष जनशक्तिको अभाव देखिन थालेको छ । गाउँमा बिरामी पर्दा उपचारका लागि अस्पतालसम्म पु¥याउने जनशक्तिको कमि हुन थालेको छ ।
सरकारले स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्छकी भनेर आशामा बसेका युवाहरू पनि विदेशतिर मोडिन थालेपछि समस्या झनै सिर्जना भएको छ । ‘जति जोगी आएपनि कानै चिरेका’ भन्ने नेपाली उखान लागू भएको छ ।
देशमा स्थायी सरकार छ तर पनि रोजगारीका कुनै सम्भावना अझै देखिएका छैनन् । रोजगारीको कुनै विकल्प छैन् विदेशिनुबाहेक । देशमा केही गर्छु भन्ने युवाहरू विदेशमा हुँदा देश विकासमा समेत असर पुग्ने देखिन्छ ।
रोजगारीका लागि विदेश जाने परम्पराको अन्त्य कहिले होला भन्ने सबैको सोच छ । तर पनि त्यो सम्भावना अहिलेकै अवस्थामा छैन । अब विदेश पठाउनका लागि फ्रि–भिसा, फ्रि–टिकट चाहिएको छैन् नेपाली युवालाई । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी विदेश जाने युवालाई रोक्नुपर्ने देखिएको छ ।
युवा विदेशमा अनि देशमा समृद्धि आउँदैन् । वैदेशिक रोजगारीले ल्याएको सामाजिक विचलनको बारेमा सोच्न जरूरी छ । परिवारबाट अलगिएर विदेशमा धन कमाउन कसैलाई पनि रहर छैन् ।
स्वदेशमै रोजगारी दिनका लागि सरकार गम्भीर देखिएको छैन् । बरू विदेश कसरी सस्तोमा पठाउने भन्ने सरकार लागिरहेको देखिन्छ ।
हो विदेशमा रहेका नेपालीलाई सुरक्षित साथ नेपाल कसरी ल्याउने भन्नेमा सरकार गम्भीर हुन आवश्यक छ । अनि अब स्वदेशमै पनि रोजगारीका सम्भावनाहरू खोजिनु आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here