- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरएक स्थानीय तह एक स्मार्ट कृषि गाउँ

एक स्थानीय तह एक स्मार्ट कृषि गाउँ

- Advertisement -spot_img

घोराही, ३० मंसिर । प्रदेश नम्बर ५ को सरकारले एक स्थानीय तह एक स्मार्ट कृषि गाउँको अवधारणालाई अघि सारेको छ । कृषि ज्ञान केन्द्र दाङले स्मार्ट कृषि गाउँ कार्यक्रमका बिषयमा सोमबार घोराहीमा आयोजना गरेको छलफलमा दाङमा यस वर्ष दुईवटा ठाउँमा कृषि गाउँ तोकिएको जानकारी दिएको हो ।
कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले यस बर्ष बबई र दंगीशरण गाउँपालिकामा स्मार्ट कृषि गाउँको कार्यक्रम लागू हुने जानकारी दिए । यस अघि गतबर्ष दाङका ६ स्थानीय तहमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत कृषि, पशुपालन र कागती खेतीको काम सुरु भएको छ ।
कृषिका माध्यमबाट सबै क्षेत्रमा नमूना परिवर्तन ल्याउने गरी प्रदेश सरकारले स्मार्ट कृषि गाउँको अवधारणा अघि सारेको हो । कार्यक्रममा विभिन्न स्मार्ट कृषि गाउँका संयोजकहरुले किसानहरु उत्साहित भएको बताएका छन् ।
साथै सरकारलाई पर्याप्त पानीको व्यवस्था गर्नसमेत सुझाव दिएका छन् । सिंचाई विना स्मार्ट कृषि गाउँ सफल नहुने भन्दै त्यसतर्फ स्रोत र पूर्वाधारको तयारी गर्न सुझाव दिएका हुन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले कृषिकै माध्यमबाट समृद्धि सम्भव भएको बताए । कृषिले रोजगारी र उत्पादनमा टेवा पु¥याउने भन्दै सरकारले ल्याएका योजनालाई सफल बनाउन स्मार्ट गाउँका किसानहरु लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति कीर्तिबहादुर खड्काले कृषिलाई नै प्राथमिकता दिएर रोजगार र आर्थिक विकास गर्नुपर्ने उल्लेख गरे । पारदर्शी र नमुना काम गरेर देखाउन सरकार र किसानलाई आग्रह गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here