- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरमन्दिर समितिसँग छलफल

मन्दिर समितिसँग छलफल

- Advertisement -spot_img

घोराही, ३० मंसिर । जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङले घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने मन्दिर संरक्षण समितिसँग छलफल गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा मन्दिर संरक्षण समितिसँग छलफल गरेको हो ।
जिल्ला पर्यटन प्रवद्र्धन समितिले पुस १६ गते बाह्रकुने मन्दिरमा कार्यक्रम राखेर पर्यटन वर्षको उद्घाटन गर्ने भएको छ । जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको अध्यक्षता एवं प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा छलफल भएको हो ।

धारापानी मन्दिरमा सरसफाई

यसैबीच दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर धाम धारपानीमा सरसफाई गरिएको छ । नेपाल भ्रमण बर्ष नजिकिदै गर्दा मन्दिरलाई सफा र स्वच्छ बनाई राख्ने उद्देश्यले घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको धारापानी टोल विकास संस्थाले मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
टोल विकास संस्थालगायतका विभिन्न संघसंस्थाका ९० जनाको उपस्थितिमा मन्दिर परिसर सरसफाई गरिएको हो । धारपानी टोल विकास संस्थाका अध्यक्ष हुमा घर्तीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्णुमणि दाहालको उपस्थितिमा सरसफाई कार्यक्रम गरिएको थियो ।
सरसफाई कार्यक्रमका सहभागीहरूलाई पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले टोलबासीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here