- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरबनगाड कुपिण्डे नगरपालिकाको छैठौं नगरसभा

बनगाड कुपिण्डे नगरपालिकाको छैठौं नगरसभा

- Advertisement -spot_img

सल्यान, ३० मंसिर । बनगाड कुपिण्डे नगरपालिकाको छैठौं नगरसभा नगरपालिका कार्यालय देवस्थलमा सुरू भएको छ । नगर प्रमुख गोविन्द कुमार पुनको अध्यक्षता भएको कार्यक्रम उद्घाटन नगर प्रमुखले पुनले पानसमा बत्ती बाली उद्घाटन गरेका छन् । नगर सभामा नगर उपप्रमुख मञ्जु एरीले ५७ बुद्धे नीति तथा कार्यक्रम नगर सभामा पेश गरेकी छन् । नीति तथा कार्यक्रममा सडक, शिक्षा स्वास्थ, खानेपानी, सिंचाई, कुलो, कृषि, पर्यटनलगायतका महत्व दिएको छ ।
नगरका गौरवका योजना योजनाहरू कुपिण्डे दहको भौतिक पूर्वाधार र पर्यावरण सरक्षण गरिने , रिङ रोड निर्माण गरिने, राता चौरमा मिनी रंगशाला निर्माण गरिने, नगरमा आवश्यकता अनुसार झोलुङ्गे पुलको व्यवस्था गरिने, नयाँ सडक बनाउने भन्दा बनाएका सडकको स्तरोन्नति गरी बाह्रै महिना सञ्चालन ल्याउने बताएको छ ।
नगरमा कृषि, पशुपालनतर्फ व्यावसायिक नगदे बाली, कृषि र पशु फर्म नर्सरी, तरकारी खेती फलफुल र जडिबुटी खेती प्रशोधनका लागि आवश्यक अनुदानको व्यवस्था गरिएको छ ।
विद्यालयमा पढ्ने किशोरीहरूलाई निःशुल्क स्यानटरी प्याडको वितरण गर्ने अपाङ्ग व्यक्तिको लागि सहायक सामग्री व्यवस्था गर्ने, विद्यालयको दरबन्दी मिलान गर्ने र अभाव भएको ठाउँमा शिक्षक थप गर्ने, नगरमा स्वच्छ पानी उपलब्धको लागि एक घर एक धारा अवधारणा अनुसार खानेपानी योजना प्राथमिकता दिइने, खानेपानीका मुहानका श्रोत भएका ठाउँमा लिफ्ट खानेपानी व्यवस्था गर्ने,
नगरको केन्द्र सल्लीबजारमा एक घर एक घाराको व्यवस्था गर्ने, पर्यटन भ्रमण वर्ष २०२० लाई मध्य केन्द्रित गरी कुपिण्डे ताल संरक्षण, सम्वद्र्धन गर्ने, ऐतिहासिक, धार्मिक, साँस्कृतिक क्षेत्र, स्थानीय मौलिक नाच, बाजा, मठमन्दिर, भाषा संरक्षण गर्ने, उज्यालो नगर उर्जा विकास हाम्रो रहर मुल नाराको सार्थकताको लागि क्षेत्रमा प्राथमिकताको आधारमा विद्युतीकरण जोड दिने र दुर्गम बस्तीहरूमा वैकल्पिक उर्जा, सोलार प्यान प्रविधि विस्तार गर्ने, महिला, अपाङ्ग, जेष्ठ नागरिक, आदिवासी,
अल्पसंख्यक दलितका लागि सिपमूलक तालिमको व्यवस्था गर्ने, छिन्चुजाजरकोट सडकखण्डमा व्यवस्थापन गरी स्मार्ट सिटीको विस्तार गर्ने, सरोकारवाला सबैको सहयोगमा होटल, पसल अनुगमन गर्ने,
सबै वडामा इन्टरनेटको पहुँच बढाउने, सामुदायिक वनहरूलाई तालिमको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।स्थानीय राजपत्रमा प्रकाशित हुने गरी स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०६७ र बनगाड कुपिण्डे नगरपालिका न्यायीक समिति कार्यविधिसम्बन्धी २०६७ ऐन पारित भएको छ ।
विधान समिति संयोजक पुरूषोत्तम आचार्यले पेश गरेका थिए । भने नगर सभामा चालु आर्थिक वर्षको ५२ करोड ८१ लाख ३८ हजार रूपैयाँ प्रस्तुत गरिएको छ । जसमा कुल विनियोजन चालुतर्फ रू. ३३ करोड २३ लाख र कुल विनियोजन पुँजीगततर्फ १९ करोड २८ लाख ८६ हजार बजेट प्रस्तुत गरिएको छ।
आन्तरिक राजस्व ५० लाख, नेपाल सरकार वित्तीय समानीकरण अनुदान ३८ करोड २४ लाख, राजस्व बाँडफाँड ११ करोड २९ लाख ४२ हजार र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ५ लाख ४४ हजार विनियोजन गरिएको छ । नगर प्रमुख गोविन्द कुमार पुनले नगर सभामा बोल्दै सबैको चेतनास्तर परिवर्तन नहुन्जेल कुनै पनि काम गर्न नसकिने, समृद्धि आउनका लागि सम्पूर्ण जनप्रतिनिधि आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताएका छन् ।
केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले विनियोजन गरेको बजेटमा सबैले चनाखो भएर भ्रष्टाचारमुक्त, गुणस्तरीय बनाउन लाग्न आग्रह गरे । आउँदो दिनमा अझै नगरका गौरवको योजना बनाउन सबैले सोच्नु पर्ने बताए । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष मोमत रोका, पत्रकार इन्द्र बुढाथोकी र दुर्गा बिसीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै नीति तथा कार्यक्रम ल्याउनेभन्दा कार्यान्वयनतिर जोड दिन सुझाव दिए । प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण हरिश तिरूवाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here