- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरगढवा खानेपानीको भवन शिलान्यास

गढवा खानेपानीको भवन शिलान्यास

- Advertisement -spot_img

गढवा, ३० मंसिर । देउखुरीको गढवामा रहेको गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भवन सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । प्रदेश नं ५ का सांसद इन्द्रजित थारू तथा गढवा गाउँपालिकाको अध्यक्ष सहजराम यादवले भवनको शिलान्यास गरेका हुन् । भवन निर्माणका लागि गढवा गाउँपालिकास्थित सर्वोदय सामुदायिक वनले गढवा खानेपानीलाई जग्गा उपलब्ध गराएको हो ।
हाल गढवा खानेपानीको ट्याङ्की रहेको स्थानमा रहेको करिब तीन कट्ठा क्षेत्रफल रहेको जग्गामा काउन्टर, प्रशासन कक्ष, सभा हल, प्राविधिक कक्ष, स्टोर रूम, लेखा कक्ष गरी ६ कोठे भवन निर्माण कार्य यही आर्थिक वर्षभित्र सम्पन्न हुने गरी काम गरिने गढवा खानेपानीका अध्यक्ष लेखबहादुर थापाले बताए ।
भवन निर्माणको लागि जिल्ला खानेपानी डिभिजन कार्यालयले ३५ लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको र प्राविधिक स्टिमेट अनुसार अपुग रकम गढवा गाउँपालिकाबाट सहयोग माग गर्ने अध्यक्ष थापाले बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का सांसद थारूले गढवा क्षेत्रमा तीन लाख लिटर खानेपानी क्षमता रहेको यो समितिले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै खानेपानीको शुद्धतामा सधैं ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी विशिष्ठ अथिति गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले शिक्षा, स्वास्थ्य, विद्युत सडकको विकाससँगै गढवामा यहाँका बासिन्दालाई शुद्ध खानेपानीको प्रवाह गर्नु र खानेपानी कार्यालयलाई ब्यवस्थित बनाउन भवन निर्माणको कार्य अगाडि बढाउनु गढवाको विकासमा एक खुड्किलो थापिएको बताउँदै निर्माण कार्य समयमै गुणस्तर तथा पारदर्शी तरिकाले सम्पन्न गर्न शुभकामना व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष प्रकाश भण्डारी, ६ का अध्यक्ष बालचन्द्र हमाल, गढवा खानेपानीका संस्थापक अध्यक्ष मोहन कुमार पाण्डे, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, समाजसेवी रामप्रसाद गैरे, तेजप्रसाद न्यौपाने, कपिलदेव खनाल, जगतराम यादव, सन्तराम यादव, वीर बहादुर आले, पत्रकार शिवराज पन्थी र दुखहरण यादव लगायतको सहभागिता रहेको थियो ।

मन्दिर उद्घाटन

यसैबीच ईलाका प्रहरी कार्यालयको परिसरमा नव निर्मित कालीमाताको मन्दिर उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले रिबन काटेर मन्दिरको उद्घाटन र मन्दिरभित्र कालिमाताको मूर्ति प्रतिस्थापन गरेका छन् । मन्दिर उद्घाटन तथा मूर्ति प्रतिस्थापन समयमा ईलाका प्रहरीको एक टोलीले एक राउन्ड हवाई फायरसहित सलामी गरेको थियो ।
गढवा गाउँपालिकाको पाँच लाखको आर्थिक सहयोगमा मन्दिरको निर्माण तथा ईप्रकाको मुख्यद्वार निर्माणको लागि पिलर निर्माण गरिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष लेखबहादुर थापाले बताए ।
लमही गढवा सडकखण्ड अन्तर्गतको पुरानो कालीमाताको मन्दिर सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएकोले नयाँ मन्दिर निर्माण गरिएको गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष बालचन्द्र हमालले बताए । मन्दिरको उद्घाटन र मूर्ति प्रतिस्थापन कार्य ईप्रका गढवाका प्रमुख भरतसिंह राठौरले विधि विधानपूर्वक पूजाअर्चना गरी गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here