- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरमातृत्व सेवा केन्द्र भवनको शिलान्यास

मातृत्व सेवा केन्द्र भवनको शिलान्यास

- Advertisement -spot_img

घोराही, ३० मंसिर । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले स्वास्थ्य सबै नागरिकहरूको पहुँचमा हुनुपर्ने बताएकी छन् । सबै नागरिकको सहज र पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेसम्म सरकारले अघि सारेको सुखी जनता समृद्ध नेपालको नारा साकार हुन नसक्ने बताएकी थिइन् । जापानी राजदूतावासको आर्थिक सहयोगमा नेपाल परिवार नियोजन संघ दाङ शाखामा सुरक्षित मातृत्व सेवा केन्द्र भवन निर्माण शिलान्यास कार्यक्रममा देवकोटाले यस्तो बताएकी हुन् ।
राष्ट्रियसभा सदस्य देवकोटाले जेठो स्वयम्सेवी गैर सरकारी संस्थाको रूपमा रहेको नेपाल परिवार नियोजन सेवा संघले सरकारलाई पुरकका रूपमा कार्ययोजनामा सहयोग पु¥याइरहेको बताइन् । स्वास्थ्य र समुन्नत समाज निमार्णका लागि अग्रणी भूमिका खेलको स्वास्थ्य संस्थाले महिलामैत्री कार्य गरिरहेको बताइन् ।
घोराही उपमहनगरपालिकाका प्रमुख नरूलाल चौधरीले स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउनु नै मुलुकमा समृद्ध ल्याउनु रहेको बताएका थिए । नगरप्रमुख चौधरीले समृद्धिका लागि स्वास्थ्य क्षेत्रको विकास नै महत्वपूर्ण रहेको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा नेपाल परिवार नियोजन संघले महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपाल परिवार नियोजन संघका केन्द्रीय महानिर्देशक कृष्णप्रसाद विष्टले देशको जनसंख्या व्यवस्थापन, जनसंख्या वृद्धिदर र प्रजनन दर घटाउन महत्वपूर्ण भूमिका रहेको बताए । स्वास्थ्य मन्त्रालय स्थापना हुन अगावै देशमा स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताए । यौन तथा प्रजनन् स्वास्थ्यको अधिकारमा नेपाल सरकारको कार्यमा २५ प्रतिशत योगदान नेपाल परिवार नियोजन संघले गरेको बताए ।
नेपाल परिवार नियोजन संघ दाङका प्रबन्धक बसन्त खनालले जापानी राजदूतावासको एक करोडको आर्थिक सहयोगमा करिव ८० लाखको लागतमा १० कोठे सुरक्षित मातृत्व सेवा केन्द्र भवन निर्माण गरिने जानकारी गराएका थिए । २० लाखको लागतमा त्यसलाई चाहिने उपकरण खरिद गरिने उनले बताए ।
नेपाल परिवार नियोजन संघ दाङ शाखा अध्यक्ष तीर्थराज सन्तोषीको अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको थियो । कार्यक्रममा घोराही उपमहनगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे, नेपाल परिवार नियोजन संघका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्यद्वय निर्मला गौतम, गणेशराज श्रेष्ठ, नेपाल परिवार नियोजन संघ दाङका पूर्व अध्यक्ष नारायणप्रसाद अधिकारी, आजीवन सदस्य खगराज पाण्डे, नेपाल परिवार नियोजन संघका अर्थ निर्देशक मोहमद सफीक,
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसाल, पत्रकार वसुन्धरा गौतमलगायतले गुणस्तरीय सेवा विस्तार र सेवा प्रवाह मुख्य रहेको बताउँदै यसमा ध्यान जान आवश्यक रहेको बताएका थिए । नेपाल परिवार नियोजन संघ दाङ शाखा उपसभापति भरतराज देवकोटाको स्वागत मनतव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here