- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरबालविवाह रोक्न आग्रह

बालविवाह रोक्न आग्रह

- Advertisement -spot_img

घोराही, ३० मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले बालविवाह गर्न नहुने सन्देश परिवार र विद्यालय शिक्षाबाट फैलाउनु पर्नेमा जोड दिएका छन् । बालविवाहले पार्ने शारीरिक र सामाजिक असरका बारेमा घर परिवारसँगै विद्यालय शिक्षाबाट सचेतना फैलाउनु पर्नेमा उनले जोड दिए ।
उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले बालबालिका, अभिभावक र शिक्षकहरूबीच बालविवाह र लैंगीक हिंसा नियन्त्रण गर्ने विषयमा आयोजना गरेको अभिमुखीकरणमा नगर प्रमुख चौधरीले बालविवाह नगर्न र नगराउन सबैलाई अपिल गरे ।
बालविवाहलाई कानुनले समेत रोकेको भन्दै घरका अभिभावक र विद्यालयका शिक्षकहरूले यस विषयमा सचेत पार्नुपर्ने उनको भनाइ छ । उमेर नपुग्दैको विवाहले शारीरिक, मानसिक, सामाजिक र आर्थिकरूपमा कुनै न कुनै बेला असर गर्ने भन्दै बालविवाहलाई सबै मिलेर रोक्न आवश्यक रहेको बताए ।
कार्यक्रममा शाखा प्रमुख मोती विश्वकर्माले बालविवाहका बारेमा बाल क्लव, घर परिवार र विद्यालयले सचेतना जगाउने काम गर्नुपर्ने बताए । बालविवाहले नै विभिन्न असरहरू निम्त्याउनुका साथै लैंगीक हिंसामा समेत जन्मने भन्दै सबै मिलेर कानुनले बन्देज गरेका कामहरूलाई रोक्नुपर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here