- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरअटोभिलेजको लागि जग्गाको अवलोकन

अटोभिलेजको लागि जग्गाको अवलोकन

- Advertisement -spot_img

लमही, ३० मंसिर । लमही नगरपालिकामा अटोभिलेज निर्माण गर्न जग्गा छनौटको प्रक्रिया सुरू गरेको छ । नगरपालिकाले त्यसका लागि पहिलो चरणमा जग्गा छनौटका लागि स्थलगत अवलोकन गरेको हो । नगरपालिकाका प्रमुख कुलबहादुर केसीको नेतृत्वमा कर्री सामुदायिक वन क्षेत्र र हस्नापुर क्षेत्रमा अवलोकन गरिएको थियो ।
लमही–७ को कर्री सामुदायिक वनको छेउमा रहेको अर्जुनखोलादेखि पाँचसय मिटर दक्षिणतर्फ रहेको ऐलानी जग्गा र लमही नगरपालिका–७ हस्नापुरमा स्थलगत अवलोकन गरिएको हो ।
लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, नगर उपप्रमुख देवका बेल्वासे, वडा अध्यक्षहरू मोहन गिरी, गणेशमान चौधरी, नुमराज पौडेल, देउखुरी उद्योग वाणिज्य संघका महासचिव कमलसिंह ठकुरीको सहभागिता रहेको थियो ।
अटोभिलेज निर्माणको क्रममा नगर क्षेत्रलाई असर नपुग्ने गरी र सबैलाई पहुँचमा हुने गरी स्थानको पहिचान गर्न नगरपालिकाले समन्वय गरिरहेको छ । लमही क्षेत्रमा अटोभिलेज नहुँदा समस्या हँुदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here