- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरविकासलाई तिब्रता दिदै तुलसीपुर ११

विकासलाई तिब्रता दिदै तुलसीपुर ११

- Advertisement -spot_img

तुलसीपुर, ३० मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालयले विकास निर्माणलाई तिब्रता दिने भएको छ । वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा सोमबार बसेको वडा कार्यसमितिको बैठकले वडास्तरीय पूर्वाधार विकास र लक्षित वर्गतर्फका कार्यक्रमहरुलाइै तीब्ररुपमा अगाडि बढाउने निर्णय गरेको वडा सदस्य सुवास डाँगीले जानकारी दिएका छन् ।
वडा सदस्य डाँगीका अनुसार विकास निर्माणका कार्य अगाडि बढाउनका लागि पारदर्शी रुपमा उपभोक्ता समिति गठन गर्नका लागि वडा सदस्यहरुलाई क्षेत्रगत जिम्मेवारीसमेत प्रदान गरिएको छ ।
जस अनुसार उरहरी र जसपुर क्षेत्रमा निर्मा चौधरी, कटाहा, हस्नापुर र बेल्टाकुरा क्षेत्रमा सुवास डाँगी, नवलपुर, बेलगनार र सुकौरा क्षेत्रमा घनश्याम गौतम, प्रिगाउँ र मोतीपुर क्षेत्रमा गौतम र खिमा कुमारी विकलाई संयुक्तरुपमा सहकार्य गरी उपभोक्ता समिति गठन गरी चुस्तदुरुस्त रुपमा विकास निर्माणलाई अगाडि बढाउन भूमिका खेल्न जिम्मेवारी दिइएको हो ।
साथै बैठकले उपमहानगरपालिकाको सहकार्यमा गर्ने भनिएको कालोपत्रेका लागि उरहरी वडाको सीमानादेखि अमर मावि उरहरी हुँदै दामोदर मार्ग जोड्ने र नवलपुर वडाको सीमानादेखि प्रिगाउँ हुँदै मोतीपुरसम्म कालोपत्रे गर्ने निर्णय गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा सिफारिस गरिएको वडा सचिव भूवनेश्वर अधिकारीले जानकारी दिए ।
यस्तै बैठकले हरेक विकास निर्माणमा सक्रियताका साथ सहकार्य तथा सहयोगका लागि सम्बन्धित टोल विकास संस्था तथा राजनीतिक दल र उपभोक्ताहरुमा अनुरोध समेत गरेको वडा सदस्य सुवास डाँगीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here