- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरस्वास्थ्य चौकीको उद्घाटन

स्वास्थ्य चौकीको उद्घाटन

- Advertisement -spot_img

दंगीशरण, ३० मंसिर । दंगीशरण गाउँपालिका नदीपारीका स्थानीयहरू गाउँँमै स्वास्थ्य चौकी पाउँदा हर्षित भएका छन् । बर्षौदेखि प्रभावकारी स्वास्थ्य उपचारबाट बञ्चित भएका त्यहाँका स्थानीयहरू अब भने घर नजिक स्वास्थ्य सेवा पाउने भएका छन् । नदी पार गरेर हेकुली आउनुपर्ने र बजारसम्म धाउनुपर्ने समस्याबाट मुक्त भएका छन्  ।
दंगीशरण गाउँपालिका वडा नं. २ गोल्टाकुरी हिजोका दिनमा नदी पारी पहाडको फेदमा रहेको एउटा सानो गाउँको रूपमा परिचित गाउँ हो । जहाँका नागरिक स्वास्थ्य सेवाबाट धेरै नै पछाडि थिए । नदी र खोला तरेर स्वास्थ्य जाँच गराउन आउनुपर्ने बाध्यता अब भने टरेको छ ।
निम कुमारी खत्रीले भनिन ‘अब औषधि गर्ने भवन बन्यो धेरै राम्रो भयो । गोल्टाकुरीमा स्वयम्सेविका भएर ३० बर्ष काम गरे धेरै नाजुक थियो अब धेरै सजिलो हुने भो ।’ गोल्टाकुरीको पुरानो हलबाट सेवा प्रभावकारी नभएपछि सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङबाट गोल्टाकुरी स्वास्थ्य चौकी भवन निर्माण कार्य दाङमार्फत बोलपत्र प्रक्रियाबाट निर्माण कार्य खरिद गरिएको थियो ।

२०७४ असोजमा निर्माण ब्यवसायी जुद्ध एण्ड पूर्ण निर्माण सेवा तुलसीपुर दाङसँग सम्झौता गरिएको भवन यही असोजमा निर्माण कार्य सम्पन्न भएको हो । दुईतले आरसिसी पे्रmम्ड स्ट्रक्चर भएको भवनको भुईतलामा ८ र पहिलो तलामा ६ गरी ट्वाईलेट, बाथरूम, ईलेक्ट्रिकल र स्यानिटरीसहितको १४ वटा कोठा रहेका छन् ।
कम्पाउण्डसहितको भवन केन्द्र सरकारको १ करोड ७७ लाखमा निर्माण भएको डिभिजन इन्जिनियर महेश बहादुर सिंहले बताए । यसैबीच दंगीशरण गाउँपालिकाका अध्यक्षल भागिराम चौधरीले आइतबार भवनको उद्घाटन गरेका छन् । अध्यक्ष चौधरीले रिवन काटेर भवनको उद्घाटन गर्दै स्वास्थ्य चौकी गोल्टाकुरीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष चौधरीले यस भवनबाट ल्याव सेवा प्रदान गरिने बताए । ‘गोल्टाकुरीका जनताले अब आफनै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउने छन् । गाउँपालिकाले जनताका समस्यालाई मध्यनजर गर्दै विकास निर्माणको कामलाई गति दिएको छ । अबको गोल्टाकुरीबासीको मुख्य समस्या खानेपानीको समस्यालाई पनि छिट्टै समाधान गर्नेछौँ’ अध्यक्ष चौधरीले भने ।
स्वास्थ्य चौकीमा भौतिक सामग्रीको अभाव नहुने भन्दै अब छिट्टै स्वास्थ्य उपचारका सामग्रीसँगै सेवा सेवा प्रदान गरिने बताए । उक्त अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले स्वास्थ्य चौकीमा पिउने पानीको ब्यवस्था छिट्टै गरिने बताइन् ।
बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै पानी र बत्तीको ब्यवस्थापन हुनुपर्ने आवश्यक रहेको बताइन् । वडा अध्यक्ष तुलसीराम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकी गोल्टाकुरीका हेल्थ असिस्टेन्ट प्रदिप योगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here