- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरघुम्न जाउँ तुलसीपुर अभियानको उद्घाटन हुने

घुम्न जाउँ तुलसीपुर अभियानको उद्घाटन हुने

- Advertisement -spot_img

तुलसीपुर, २९ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन भित्र्याउनका लागि सञ्चालन गर्न लागेको घुम्न जाउँ तुलसीपुर अभियानको उद्घाटन गरिने भएको छ । तुलसीपुरको गौरवका रूपमा रहेको राप्ती शान्ति उद्यानबाट अभियानको उद्घाटन गरिने नगरप्रमुख घनश्याम पाण्डेले जानकारी गराएका हुन् ।
अभियानका बारेमा सरोकारवालासँगको छलफल कार्यक्रममा नगरप्रमुख पाण्डेले देशभित्रका पर्यटकलाई लक्षित गरेर अभियान सञ्चालन गरिने बताए ।
उनले विभिन्न संघसंस्थाको सहयोगमा ५२ हप्ता नै विभिन्न कार्यक्रम गरेर अभियान सञ्चालन गरिने समेत जनाए । ‘हामीले मात्रै भन्दा पनि विभिन्न संघसंस्थाहरूसँग पनि सहकार्य गरेर अभियान सञ्चालन हुनेछ’ नगरप्रमुख पाण्डेले भने । घुम्न जाउँ तुलसीपुर अभियानको लोगो र वार्षिक पर्यटनको कार्यतालिकासहित अभियानको उद्घाटन गरिने उनले बताए ।
नगरप्रमुख पाण्डेले अभियानका क्रममा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको समेत जानकारी दिए । पर्यटकहरूलाई अनुकूल वातावरण बनाउनका लागि सबैले चासो र चिन्ता व्यक्त गर्नुपर्ने कुरामा जोड दिदै नगरप्रमुख पाण्डेले सबै क्षेत्रलाई पर्यटकमैत्री बनाउनु आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्व निर्देशक रमेश अधिकारीले सुन्दरता नै पर्यटन आकर्षणको मुलमन्त्र भएको बताए । ‘खाना, व्यवहार, बस्ने, हेर्ने सबै कुरामा सुन्दरता भयो भने मात्रै पर्यटनको केन्द्र बन्न सक्छ’ उनले भने ।
बाह्रै महिना कुनै न कुनै उत्सव मनाएर तुलसीपुरलाई महोत्सवको शहर बनाउनुपर्ने कुरा उनले बताए । कुनै एउटा कुरा मात्रै सुधार गरेर पर्यटनको केन्द्र बन्न नसक्ने भन्दै उनले सबै क्षेत्रको सुधार आवश्यक रहेको कुरामा समेत जोड दिए ।
पर्यटनको विकासका लागि नागरिक सहभागिताको भूमिका अहम् हुने कुरामा उनको जोड थियो । कार्यक्रममा वडा अध्यक्ष टोपवहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, कार्यपालिका सदस्य दिपक कुमाल, तुलसीपुर खानेपानी तथा सरसफाई समितिका कोषाध्यक्ष सीताराम आचार्यलगायत विभिन्न सुझावहरू दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here