- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयसार्थक बनोस् अभियान

सार्थक बनोस् अभियान

- Advertisement -spot_img

मानवअधिकार तथा शान्ति समाजको २२औं राष्ट्रिय परिषद बैठक ६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो । तुलसीपुरमा दुई दिनसम्म चलेको २२औं राष्ट्रिय परिषद बैठकले लागूऔषध दुव्र्यसनीविरुद्धको अभियानदेखि राष्ट्रियताको सवाललाई समाजले घोषणापत्रमा समेटेको छ ।
राष्ट्रिय परिषद बैठकले गुणस्तरीय र वैज्ञानिक शिक्षा, कारागारलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने र मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर अपराधलाई निराकरणका लागि अभियान सञ्चालन गर्ने महत्वपूर्ण निर्णय पारित ग¥यो ।
समाजले परित गरेका ६ बुँदे निर्णय समसामयिक र मानव जीवनसँग जोडिएका सवाल छन् । समाजले राष्ट्रियता र जनजीविकाको विषयलाई प्रमुख मुद्दा बनाएको छ । लागूऔषध दुव्र्यसनी रोकथामका विषयमा विभिन्न समाजले युवा केन्द्रित कार्यक्रम गर्ने कुराले पनि लागूऔषध नियन्त्रणमा कमि ल्याउने राम्रो प्रयास देखिन्छ ।
लागूऔषध तथा मदिराले ग्रस्त बनेको समाजमा समाजले २२औं परिषदको बैठकमा मूल नारा बनाएर अभियान नै सञ्चालन गर्ने निर्णय गरेपछि मानवअधिकारका सवाल केही भएपनि सार्थक बन्ने आशा गरिएको छ ।
अझ समाजले लागूऔषध दुव्र्यसनी रोक्नका लागि मानवअधिकार, शान्ति र वातारवरण शिक्षालाई पाठ्यक्रममा लागु गर्न सम्बन्धित निकायलाई दवाव दिने घोषणापत्रमा समेटेको छ ।
यसले पनि सरकारलाई केहि भएपनि दवाव पुग्ने छ । समाजले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रियताको सवाललाई पनि जोडतोडका साथ उठाएको छ । भारतले भर्खरै नयाँ सार्वजनिक गरेको नक्साप्रति समाजले आपत्ति जनाउँदै गल्ती सच्याउन भारतलाई आग्रहसमेत गरिएको छ ।
यतिमात्र नभएर समाजको घोषणापत्रमा मानव सभ्यताको प्रमुख चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन विश्वव्यापी उष्णताबारे सचेतना र हिमालय बचाऔं अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
भारत र चीनको हरितगृह ग्याँस उत्सर्जनले नेपालका नागरिक प्रभावित बनिरहेको अवस्थामा कार्वनडाइअक्साइडको उत्सर्जनलाई न्यून गराउन भारत र चीनसमक्ष आफ्नो अभियानलाई लैजाने भएको छ ।
मानवअधिकार तथा शान्ति समाजले नागरिकका सवालमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा फाइदा पुग्ने गरी गरेको निर्णय कार्यान्वयन गर्नका लागि सबैको साथ र हात जरुरी छ ।
दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा विद्रोही पक्षबाट नागरिकले अनाहकमा ज्यान गुमाउने अवस्थालाई अन्त्य गर्नका लागि मानवअधिकार तथा शान्ति समाजले खेलेको भूमिका निकै प्रशंसनीय छ ।
अहिले पनि मानवअधिकारसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिने सवाललाई समाजले उठाएको छ । कारागारलाई सुधारगृहको रुपमा लैजानुपर्ने अभियानसहित जलवायु परिवर्तनका नागरिकलाई सुरक्षित बनाउने सवाललाई समाजले उठाएको छ । समाजको २२औं राष्ट्रिय परिषद बैठकले गरेका निर्णय सार्थक बन्न सकून् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here