- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरलागूऔषध नियन्त्रणदेखि सीमा रक्षाको संकल्प

लागूऔषध नियन्त्रणदेखि सीमा रक्षाको संकल्प

- Advertisement -spot_img

सकियो शान्ति समाजको बैठक …
तुलसीपुर, २९ मंसिर । मानवअधिकार तथा शान्ति समाजको २२औँ राष्ट्रिय परिषद बैठक शनिबार सकिएको छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म तुलसीपुरमा सञ्चालन भएको समाजको बैठकले ६ बुँदे महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।
समाजको दुई दिनसम्म चलेको २२औँ राष्ट्रिय परिषद बैठकले लागूऔषध दुव्र्यसनीविरूद्धको अभियानदेखि राष्ट्रियताको सवाललाई समेटेको छ ।
समाजले लागूऔषध दुव्र्यसनी विरूद्ध तथा मादिरामुक्त समाज निर्माणका लागि अभियान युवामा केन्द्रित गर्ने भएको छ । लागूऔषध दुव्र्यसनी रोकथामका विषयमा विभिन्न प्रयास भएपनि लागूऔषध दुव्र्यसनीको समस्या भित्रभित्रै फैलिएको भन्दै रोकथामका लागि युवा लक्षित कार्यक्रम गरिने घोषणापत्रमा समेटिएको छ ।
२२औँ राष्ट्रिय परिषद बैठकबाट लागूऔषध विरूद्धको अभियानलाई प्रभावकारी बनाउन विद्यालयमा सचेतनाका विषय कार्यक्रम गर्ने, जिल्ला शाखाले कम्तीमा १२ वटा विद्यालयमा सचेतनाको अभियान सञ्चालन गर्नुपर्ने निर्णय पारित भएको छ ।
लागूऔषध दुव्र्यसनी रोक्नका लागि मानवअधिकार, शान्ति र वातावरण शिक्षालाई पाठ्यक्रममा लागू गर्न सम्बन्धित निकायलाई दवाव दिने प्रस्ताव पनि अघि सारिएको छ ।
लागूऔषधमुक्त समाज निर्माणका लागि राष्ट्रिय अभियान घोषणा गरी विषेश नीति अबलम्वन गर्न र कार्यक्रम सञ्चालन गर्न सरकारलगायत नागरिक समाजलाई विषेश आह्वान गरेको छ ।
यस्तै समाजले शानिबार सार्वजनिक गरेको घोषणापत्रमा भारतले भर्खरै नयाँ सार्वजनिक गरेको नक्साप्रति आपत्ति प्रकट गरिएको छ । भारतको पछिल्लो गल्तीले दुई देशबीचका नागरिकको सम्बन्धमा खलल पुगेको भन्दै भारतलाई गल्ती सच्याउन समाजले आग्रहसमेत गरेको छ ।
लामो समयदेखि भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै समाजले सीमा रक्षाका विषयमा गम्भीर बन्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
सन् १९६० देखिको दशकदेखि नै भारतले नेपालको कालापानी अतिक्रमण गरिआएको भन्दै मानवअधिकार तथा शान्ति समाजले गल्ती सच्याउन भारतलाई आग्रह गरेको छ ।
समाजले सार्वजनिक गरेको घोषणापत्रमा जलवायु परिवर्तनको मुद्दालाई समेत प्राथमिकतामा राखेको छ । मानव सभ्यताको प्रमुख चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकता साथ समाजले अभियान सञ्चालन गर्ने भएको हो । विश्वव्यापी उष्णताबारे सचेतना र हिमालय बचाऔँ अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
भारत र चीनको हरितगृह ग्याँस उत्सर्जनले नेपालका नागरिकसहित विश्व समुदाय प्रभावित बनेको भन्दै कार्वनडाइअक्साइडको उत्सर्जनलाई न्यून गराउन भारत र चीन समक्ष आग्रह गरिएको छ ।
हिमाल संरक्षणका लागि नेपाल सम्बद्ध राष्ट्रसँग उदाहरणीय सहकार्य गर्न चीन र भारतसमक्ष विशेष आग्रह गर्ने निर्णय गरेको छ ।
दाङसहित देशभरका करिब ३ सय प्रतिनिधि तथा परिवेक्षक सहभागी २२औँ राष्ट्रिय परिषद बैठकले गुणस्तरीय र वैज्ञानिक शिक्षा, कारागारलाई सुधार गृहको रूपमा रूपान्तरण गर्ने र मानवबेचबिखन तथा ओसारपसार जस्तो गम्भीर अपराधलाई निराकरणका लागि अभियान सञ्चालन गर्ने निर्णय पारित गरेको छ ।
समाजले मानवअधिकारका सवालसँग गुणस्तरीय र वैज्ञानिक शिक्षा पनि जोडिएको भन्दै कक्षा १२ सम्मको आधारभूत शिक्षा अनिवार्य निःशुल्क हुनुपर्ने, शिक्षामा राज्यको लगानी बृद्धि गर्नुपर्ने, मानवअधिकार, शान्ति र वातावरणका कुरा पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने बताएको छ ।
त्यस्तै समाजले निःशुल्क स्वास्थ्य सेवाको मुद्दालाई समेत प्राथमिकताका साथ अघि सारेको छ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउनुपर्ने भन्दै दुई दशकदेखि निशुल्क स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको र दबावका लागि निरन्तरता दिएको छ ।
समाजको घोषणापत्रमा देशभर विभिन्न अपराधमा संलग्न कैद भुक्तान गरिरहेका नागरिकलाई सकारात्मक बाटोमा लैजानुपर्ने कुरामा जोड दिएको छ ।
कारागारालाई सुधारगृहको रूपमा परिणत गर्नुपर्ने भन्दै समाजले कैदीबन्दीलाई सिप सिकाएर सकारात्मक बाटोमा लैजानका लागि ठोस कार्ययोजना अबलम्वन गर्न सरकारलाई आग्रह गरेको छ ।
यस्तै समाजको २२औँ राष्ट्रिय परिषदबाट मानव बेचबिखनका घटनाहरूमा रोक्न घोषणापत्र जारी गरेको छ । मानवको गरिमामाथि गम्भीर आघात पु¥याउने गरी मानव बेचबिखन तथा ओसारपसारका घटना बढिरहेको भन्दै समाजले अपराध निराकरणका लागि ठोस कदम चाल्न सबै पक्षलाई आग्रह गरेको छ ।
यसैबीच समाजको तुलसीपुरमा दुई दिनसम्म चलेको बैठक शनिबार सकिएको छ । समाजका सभापति उत्तम पुडासैनीको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, अछामको बन्गडी जैगडा गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्का, समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दवाडी, पूर्व सचिव विश्वप्रकाश बास्तोला लगायतले सम्बोधन गरेका थिए ।
२२औँ राष्ट्रिय परिषद मूल तयारी समितिका संयोजक शरद रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले गरेका थिए ।
बैठकको पूर्वसन्ध्यामा केशवराज झुप्पाकुमारी वृद्धाश्रममा वृक्षारोपन, बबई नदीको शितलपुरमा सरसफाई, दाङका १० वटा विद्यालयमा लागूऔषध दुव्र्यसनीका विरूद्धका सचेतना, तुलसीपुरमा सरसफाई लगायत साहित्यिक कार्यक्रम गरेको थियो ।

प्रदेशको राजधानी स्थायी हुनुहँदैनः पहाडी

तुलसीपुर, २९ मंसिर । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले राप्ती शान्ति उद्यानको अवलोकन गरेका छन् । शान्ति समाजको २२औँ राष्ट्रिय परिषदको शिलशिलामा दाङ आएका पहाडीले शनिबार राप्ती शान्ति उद्यानको अवलोकन गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेसहितको पुगेका मानवअधिकारकर्मी पहाडीले स्थानीयको आयआर्जनसँगै दाङको आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले दाङ भौगोलिक तथा हावापानीका हिसावले पनि राम्रो भएको भन्दै प्रशंसा गरे ।
अधिकारकर्मी पहाडीले आर्थिक विकासका लागि प्रदेशको राजधानी स्थायी हुन नहुने बताए । उनले जिल्लाको विकासका लागि ५/५ वर्षमा प्रदेशको राजधानी परिवर्तन गर्नसके आर्थिक रूपमा पछाडी परेका जिल्लाको पनि विकास हुने बताए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले मानवअधिकार पहाडीसहितको टोलीको अवलोकनले राप्ती शान्ति उद्यानको गरिमा झनै बढेको बताए ।
उनले तुलसीपुर उपमहानगरपालिकाले सन् २०२० लाई लक्षित गरेर घुम्न जाऔँ अभियान शुरू गरेको बताउँदै मानवअधिकारकर्मीसहितको टोलीको अवलोकनले यो अभियानलाई टेवा पुग्ने बताए ।
त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीले वडाको गरिमाको रूपमा राप्ती शान्ति उद्यान रहेको भन्दै प्रचारप्रसारमा सहयोग गरिदिन अनुरोध समेत गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here