- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरगढवामा नागरिक समाज गठन

गढवामा नागरिक समाज गठन

- Advertisement -spot_img

गढवा, २९ मंसिर । गढवा गाउँपालिकास्तरीय नागरिक समाजको भेला शनिबार गढवामा भएको छ । नागरिक समाज दाङका सदस्य मोहनकुमार पाण्डेको सभापतित्व, नागरिक समाज दाङका उपसंयोजक निम बहादुर थापाको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको विशिष्ठ
आतिथ्यमा भएकोको भेलामा बोल्ने बक्ताहरूले जनताको हक र अधिकार सुनिश्चित गर्न तथा सरकारले गरेको राम्रो कामको प्रशंसा र नराम्रो कामको जानकारी नागरिकसामु राख्नुपर्ने नागरिक समाजको प्रथम कार्य भएको बताएका थिए ।
कार्यक्रममा प्रमुख अथिति निम बहादुर थापाले समाजमा नागरिक समाजको भूमिका र नागरिक समाज गठन प्रक्रियाबारे बताउँदै नागरिक समाजको सदस्य भई काम गर्ने ब्यक्ति कुनै पनि राजनैतिक दलको सदस्य न भएको,
सामाजिक ब्यक्तित्व भएको, कुनै फौजदारी अभियोग न लागेको, स्वार्थनिहीत तथा कार्यगत एकता भएको ब्यक्ति नागरिक समाजको कार्यसमिति रहनुपर्ने बताए ।
उनले नागरिक समाज एक नागरिकको अधिकार सुनिश्चित गर्ने स्वतन्त्र मञ्च भएको कारण नागरिक समाज कसैको पक्ष र विपक्ष नभई नागरिकको हितानुकूल काम गर्नुपर्ने बताए ।
त्यसैगरी नागरिक समाज देउखुरीका सदस्य जागेश्वर घिमिरेले विभिन्न समयमा राज्यद्वारा नागरिकलाई शाब्दिक अर्थले विभेद गर्दै राणातन्त्रमा रैती, राजतन्त्रमा प्रजा, बहुदलमा जनता र अब गणतन्त्रमा नागरिकको नामाकरण गरी अधिकारबाट बञ्चित गर्दै आएको बताउँदै अब नागरिक समाजले राज्यले दिएको अधिकारको प्रयोगमा नागरिकलाई कुनै बाधा नदिई कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ठ अथितिको आसनबाट बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले शुभकामना मन्तव्य दिदै गढवा गाउँपालिकामा नागरिक समाजको कार्यसमिति गठन हुनु गढवाको विकास र समृद्धिमा सहयोगी सरोकारवाला निकाय साबित भएको बताए ।
उनले गढवामा नागरिक समाजको अगुवाईमा गढवा बजार ब्यवस्थापन, बड्का पथ सिंचाई योजनालगायत विकास निर्माण कामको राम्रो र नराम्रो पक्ष गाउँपालिकासम्म राखीदिन आग्रह गरे ।
कार्यक्रममा गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लेख बहादुर थापा, समाजसेवी खिमानन्द पाण्डे, सूर्यप्रसाद श्रेष्ठ, तेजप्रसाद न्यौपाने, दिपक यादव, शालिकराम यादव, देवी प्याकुरेल, रामस्वरूप बर्मा, बसन्त कुमार भट्टराई, विकास रजौरे, राजित राम यादव, राम प्रसाद गैरे, यम नारायण पोख्रेल,
वीर बहादुर आले, हरि पोख्रेल, रघुनन्दन चौधरी, शारदा चौधरी, टुकमान कुवर, यज्ञबहादुर बिसी लगायतका व्यक्तिहरूले मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच भेलाले नागरिक समाज दाङको सदस्य मोहन कुमार पाण्डेयको संयोजकत्वमा १७ सदस्यीय गढवा गाउँपालिकास्तरीय नागरिक समाज गठन गरेको छ ।
जसको उपसंयोजकमा सुशासनको लागि नागरिक समाज साविक गोबरडिहाका संयोजक खगेश्वर शर्मा, सचिवमा जया विश्वकर्मा, कोषाध्यक्षमा कोकिला शाही, सहसचिवमा ज्योति भण्डारी रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा महबुब अलि, रिशीराज अधिकारी, लेखराज घिमिरे, मधा न्यौपाने, पुरन भट्टराई, बसुन्धरा शर्मा, खुमानन्द पोख्रेल, दिल बहादुर महतरा, रबिलाल आचार्य, दुखहरण यादव र हिरालाल चौधरी रहेका छन् । त्यसैगरि भेलाले सञ्चारकर्मी दुखहरण यादवलाई नागरिक समाज गढवाको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
सुशासनका लागि नागरिक समाज साविक गोबरडिहाको संयोजक खगेश्वर शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार दुखहरण यादवले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here