Thursday, March 28, 2024
Homeमुख्य खबरराप्ती बचतको २२औं साधारणसभा

राप्ती बचतको २२औं साधारणसभा

- Advertisement -spot_img

घोराही, २९ मंसिर । राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराहीको २२औँ वार्षिक साधारणसभा घोराहीमा भएको छ ।
राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराहीका अध्यक्ष भरतबहादुर बुढाथोकीको अध्यक्षतामा भएको साधारणसभाका प्रमुख अतिथि प्रतिष्ठित व्यापारी एवं संस्थाका शेयर सदस्य उत्तम कुमार श्रेष्ठले राजनैतिक क्रान्ति नेपालमा सम्पन्न भएको बताउँदै आर्थिक क्रान्ति अझै बाँकी रहेको बताएका थिए ।
आर्थिक क्रान्तिका लागि सहकारीहरूले अब आर्थिाक क्रान्तिसँगै शिक्षा तथा सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए । सहकारीहरूले बचत उठाउने र लगानी गर्ने मात्रै नभएर समाजलाई आर्थिक क्रान्तिको बाटोमा अगाडि लैजानुपर्ने बताएका थिए ।
कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्माले देशमा सशस्त्र द्वन्द्वका समयमा नागरिकलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराही प्रदेश ५ कै उत्कृष्ट सहकारी रहेको बताए ।
आर्थिक र भौतिक रूपमा समेत सम्पन्न सहकारीले अब शेयर सदस्यहरूको आर्थिक, सामाजिक र नेतृत्व विकासमा ध्यान जान आवश्यक रहेको बताए ।
कार्यक्रममा सहकारीका संस्थापक प्रबन्धक हुर्मत वली, घोराही सहकारी बैंकका शाखा प्रवन्धक किरण खत्री, राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराहीका शेयर सदस्यहरू निर्मल देवकोटा,
पूर्व कोषाध्यक्षहरू भूपाल गिरी, माधवप्रसाद गौतम, शेयर सदस्य बमबहादुर डिसी, साझेदारी बचत तथा ऋण सहकारीका अध्यक्ष सुशीला आचार्य, रोल्पा जलजला यातायात व्यवसायी समितिका तेजविक्रम रावत, नेपाल पत्रकार महासंघ दाङका जिल्ला अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उपाध्यक्ष कृष्ण प्रसाद गौतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा संस्थाका सचिव रामबहादुर कुँवरले वार्षिक र कोषाध्यक्ष श्रीधर कुमार अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा उत्कृष्ट कर्मचारी, बचतकर्ता र असल ऋणीहरूलाई सम्मान गरिएको थियो । सहकारीमा हाल ९ हजार एक सय ९९ सेयर सदस्यहरू आवद्ध रहेका छन् । सहकारीले आफ्ना शेयर सदस्यहरूलाई १८ प्रतिशत लाभाम्स वितरण गर्ने भएको छ । कार्यक्रमको सहजीकरण शेयर सदस्य सनत गिरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here