- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरकानुन कार्यान्वयनमा सरोकारवालाको समन्वय

कानुन कार्यान्वयनमा सरोकारवालाको समन्वय

- Advertisement -spot_img

घोराही, २९ मंसिर । कानुन कार्यान्वयनको क्षेत्रमा सरोकारवाला सबैको समन्वय र सहकार्यको खाँचो रहेको बताएका छन् । न्यायीक संयन्त्रहरूमा लैंगीक संवेदनशीलता कायम गर्न सरोकारवालाहरूको भूमिका विषयक संवाद कार्यक्रममा सहभागीहरूले सबै सरोकारवालाहरू एक भएमा कानुन कार्यान्वयन गर्नको लागि समन्वय गर्नुपर्ने बताएका हुन् ।
महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले कतिपय न्याय सम्पादन गर्ने निकायहरू संवेदनशीलता नभएका कारण मानवअधिकार हनन्का घटनाहरू हुने गरेको बताएका थिए ।
जनचेतनाको अभाव सामाजिक संरचना, सामाजिक मूल्य, मान्यता र सोचाईहरू नबदलिएसम्म समाजमा मानवअधिकार हननका घटनाहरू नरोकिने भएकाले सोचाईमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।
वैदेशिक रोजगारी, बालविवाह, जातीय विभेद मादकपदार्थ, गरिबी, पछौटेपन र चेतनाको अभावका कारण पनि समाजमा मानवअधिकार हनन्, महिला हिंसा, विभेद हुने गरेको बताएका थिए ।
न्याय सम्पादन प्रक्रिया झन्झलटिलो हुनु, उजुरी दिने निकायहरू लैंगीक संवेदनशील नभएको पीडितहरूको गुनासो रहने भएकाले यसतर्फ सबै संवेदनशील हुन जरूरी रहेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पीडितलाई न्याय दिने कुरामा सबै संवेदनशील हुन जरूरी रहेको बताए ।
लैंगीक संवेदनशीलता बुझेर कसको समस्या हो भन्नेतर्फ सचेत हुन जरूरी रहेको बताउँदै राम्रो परिवार र समाज निमार्णतर्फ सबै सचेत र संवेदनशील हुन जरूरी रहेको उनको भनाइ थियो ।
घोराही उपमहनगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले घोराही उपमहनगरपालिका कानुन कार्यान्वयनको पाटोमा संवेदनशील रहेको बताइन् ।
असहाय पीडितहरूलाई न्याय सम्पादनका लागि सहज होस् भनेर घोराही उपमहनगरपालिकाले वर्षेनी न्याय सम्पादनका लागि एक लाख रूपैयाँ बजेट छुट्याएर कोष निर्माण गरेको बताइन् ।
लमही नगरपालीकाका उपमेयर देवका बेल्वासेले पीडितहरूले कहाँ गएर न्याय पाइन्छ भन्ने बारेमा जानकारी नपाउँदा पनि पीडितले न्याय पाउन नसक्ने गरेको बताइन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्ल, महिला सेलका सपना सिंह खड्का, महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य, ओरेकका जिल्ला संयोजक ईश्वरी थापा,
सक्षम महिला समूहका रचना सुवेदी, इन्सेकका जिल्ला संयोजक विनोद केसी, पत्रकार बसुन्धरा गौतम, अपाङ्ग मानवअधिकार मञ्चका शिव घर्ती, ओरेकका विन्दु शर्मालगायतले बोलेका थिए ।
कार्यक्रमको सहजीकरण अधिकारकर्मी शुष्मा लामिछानेले गरेकी थिइन् । कार्यक्रम महिला मानवअधिकार रक्षक सञ्जाल दाङ र महिला पुनस्र्थापना केन्द्र ओरेक नेपाल दाङको सहकार्यमा सम्पन्न भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here