Thursday, April 18, 2024
Homeसम्पादकीयबृद्ध भत्ता सहज गराऊ

बृद्ध भत्ता सहज गराऊ

- Advertisement -spot_img

जेष्ठ नागरिकको सहयोगका लागि राज्यले भत्ताको व्यवस्था गरेको छ । स्थानीय सरकारमार्फत वितरण हुने भत्तामा बेला–बेला असहज भएको पाइन्छ । कहिले कर्मचारीले दुरूपयोग गरेको देखि कहिले बैंकले समस्या बनाएको सम्मका समस्याहरू जेष्ठ नागरिकले भोग्नुपरेको छ ।
पछिल्लो समयमा बैंकमार्फत भुक्तानी गरिदै आएको सामाजिक सुरक्षा भत्ता तथा बृद्ध भत्तामा पनि सहजता देखिदैन । स्थानीय सरकारले बृद्ध भत्ता प्रदान गर्न बैंक फेर्दा जेष्ठ नागरिकलाई भत्ता बुझ्न समस्या भएको पाइएको छ ।
एक बैंकमा खाता खोली प्रक्रिया सुरू गरिसकेपछि फेरी त्यही प्रक्रिया अर्काे बैंकमा गर्ने र भत्ता लिने अवस्था आउँदा सास्ती व्यहोर्नुले बृद्धहरूलाई अप्ठेरो पारेको हो ।
स्थानीय सरकारमा जनप्रतिनिधिहरू आए पनि जनप्रतिनिधिकै निर्णय सबै ठाउँमा लागू हुन्छ । बृद्ध भत्तामा पनि यो लागू नहुने कुरा पनि भएन । जनप्रतिनिधिले आफू अनुकूल वडागतरूपमा भत्ता दिने जिम्मा पाएका बैंक फेर्दा त्यसको असर प्रत्यक्षरूपमा बृद्धबृद्धालाई नपरोस् पनि कसरी ?
कुनै समय घरमै पुगेर प्रदान गरी सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) स्थानीय सरकारहरूले बैंकमार्फत दिने व्यवस्था गर्दै आएपछि केही घण्टा हिडेर आएर बैंकमा लाइन लागि भत्ता बुझ्नुले झन बढी पीडा जेष्ठ नागरिकमा हुनु स्वभाविक हो ।
जेष्ठ नागरिकको सहजताका लागि स्थानीय सरकारले नयाँ उपाय सोचेर वितरण गर्नसके प्रभावकारी हुने देखिन्छ । बैंकमार्फत प्रदान गरिदै आएको भत्तामा समेत जेष्ठ नागरिकले सास्ती भोगिरहनु राम्रो हैन ।
भत्ताकै लागि त्यो पनि जेष्ठ नागरिकलाई बर्षेनी बैंक परिवर्तन गराइ रहनुले पनि सकारात्मक सन्देश दिदैन । एउटा बैंक र प्रणालीमा अभ्यस्त भइसकेको जेष्ठ नागरिकलाई अर्काेमा लैजानु भनेको पीडाबाहेक अर्काे हुन सक्दैन ।
अघिल्लो महिनासम्म एउटा बैंकबाट भत्ता बुझ्ने सिस्टम थियो यो पटक त्यसले काम गरेन भनेर गुनासो गर्ने ठाउँ स्थानीय सरकारले राख्नु हँुदैन ।
तुलसीपुर उपमहानगरले नगरले १६ वटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । एक वर्षमा तुलसीपुरमा सामाजिक सुरक्षा ३८ करोड वितरण हुन्छ ।
त्यसलाई सदुपयोग गर्नेतर्फ लाग्नुपर्छ । भत्ता लिदा सास्ती हैन सहज हुनुपर्छ । सकभर घरमै पुगेर जेष्ठ नागरिकको हातमा पार्नसकेमा बढी प्रभावकारी हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here