- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरशान्तिका लागि अहंमता त्यागौंः पहाडी

शान्तिका लागि अहंमता त्यागौंः पहाडी

- Advertisement -spot_img

समाजको राष्ट्रिय परिषद बैठक …
तुलसीपुर, २८ मंसिर । मानवअधिकार तथा शान्ति समाजको २२औं राष्ट्रिय परिषद बैठक दाङमा सुरू भएको छ । दाङको तुलसीपुरमा शुक्रबारदेखि देशभरका शान्ति समाजकर्मीहरूको सहभागितामा परिषद बैठक सुरू भएको हो ।
बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले विप्लव नेकपाले अहिंसाको बाटो त्याग्नुपर्ने बताए । उनले हिंसाले राजनीति सफल नहुने भन्दै विप्लव समूहले पनि शान्ति प्रक्रियामार्फत राजनीति गर्नुपर्ने धारणा राखे ।
‘दुबै नेकपाले प्रतिशोधको राजनीति त्याग्नुपर्छ’ उनले भने– ‘विप्लव नेकपाले रोजेको हिंसात्मक बाटो पनि गलत छ, सत्तापक्ष नेकपाले पनि विप्लव नेकपालाई प्रतिवन्ध लगाउनु मानव अधिकारका विरोधी पक्ष हुन् ।’
विप्लवले हतियार उठाएर नभई अब वार्तामार्फत समस्या समाधान गर्नुपर्ने उनले बताए । ‘सरकारले विप्लवलाई शान्ति प्रक्रियामा ल्याउने वातावरण निर्माण गर्नुपर्छ’ उनले भने– ‘सरकार सक्दैन् भने मानवअधिकारवादी संस्था शान्ति समाज पनि विप्लवलाई शान्ति प्रक्रियामा लैजान वार्ताको वातावरण निर्माणका लागि सहयोग गर्न तयार छ ।’
विगतमा नेपाली नागरिक थुप्रै हत्या हिंसामा परेको स्मरण गर्दै मानवअधिकारकर्मी पहाडीले दुबै पक्षलाई शान्ति प्रक्रियामा लैजान आफूहरू २०५४ सालदेखि लागिरहेको बताए । ‘मानवअधिकार रक्षाका लागि दुईदशक बढी लागिरहेका छौँ, उनले भने– ‘दिगो शान्ति स्थापना र मानवअधिकार रक्षाका लागि निरन्तर छौँ ।’
मानवअधिकारकर्मी पहाडीले कोही पनि नागरिक हत्या, हिंसामा पर्न नहुने भन्दै अहिलेको संविधानको मूल मर्म भएको बताए । ‘राज्यका कुनै पनि नागरिकको मानवअधिकार उल्लंघन हुनुहुँदैन्, मानअधिकार तथा शान्ति समाज लामो समयदेखि शान्ति र लोकतन्त्रको पक्षमा आन्दोलन गरिरहेको छ’ उनले भने–
‘देशलाई विकास र समृद्धिको मार्गमा लैजान लोकतन्त्रलाई दिगो रूपमा स्थापित गर्नुपर्छ, यसका लागि सबै पक्षबाट लोकतन्त्रको रक्षाका लागि लाग्नुपर्छ ।’
उनले नेपाली नागरिकले कमजोर भएपनि संविधान जन्माएको भन्दै अब यसै संविधानलाई दिगो बनाउनुपर्ने बताए । ‘बच्चा कमजोर जन्मिन्छ, तर पालनपोषण गरेर भएपनि बलियो बनाउछौँ, त्यस्तै नेपालको संविधान पनि कमजोर भएपनि यसलाई थप परिमार्जित गरेर बलियो सक्छौँ ।’
मानवअधिकारकर्मी पहाडीले भारतले सार्वजनिक नयाँ सार्वजनिक गरेको नक्साप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताए । ‘कसैले पनि थिचोमिचो गर्ने अधिकार छैन्’ उनले भने– ‘भारतले नेपाली भूमि कब्जा गर्ने रणनीतिले दुई देशबीचको सम्बन्धमा दरार आउने र यसले पनि मानवअधिकारका उल्लंघनका घटनामा वृद्धि गर्छ ।’
मानवअधिकारवादी संस्था शान्ति समाज वातावरण संरक्षणदेखि महिला हिंसा अन्त्य र बालबचाउ अभियानमा सक्रिय रहेको उनले बताए ।
‘चीन र भारतको हरितगृह ग्याँस उत्सर्जनले नेपाली नागरिकको स्वास्थ्य खतरामा परेको छ’ उनले भने– ‘हरित गृह ग्याँस उत्सर्जन घटाउनका लागि नेपालमा प्रशस्तरूपमा वृक्षारोपण जरूरी छ ।’
समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले लोकतन्त्रको रक्षा नै मानवअधिकारको सुरक्षा भएको बताए ।
‘मानवअधिकारको सवालमा हामी सबै गम्भीर छाँै, र पनि विभिन्न बहानामा विभिन्न घटनाक्रम भइरहेका छन्’ उनले भने– ‘हिंसामा पर्नु मानवअधिकारको उल्लंघन द्वन्द्वमात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कुराबाट कोही पनि बञ्चित हुने अवस्था पनि मानवअधिकारको उल्लंघन हो ।’
कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले संविधानको कार्यान्वयन नै मानवअधिकार रक्षाको सवल पक्ष रहेको बताइन् । ‘संविधान निर्माण भयो, तर कार्यान्वयनमा चुनौती थुप्रै थपिएको छ’ उनले भनिन्– ‘दिगो शान्ति स्थापना गरी नागरिकलाई हरेक कुराको ग्यारेण्टी गर्न सक्यौँ भनेपनि मानवअधिकारको रक्षा हुनेछ ।’
कार्यक्रममा सामाजिक अभियान्ता लोकेश ढकाल, समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले मानवअधिकारसहितको सुसंस्कृत समाज निर्माणका लागि आफूहरू लागिरहेको बताए ।
कार्यक्रममा लोककवि अर्जुन पराजुली, नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले हिंसा अन्त्यमात्र नभई नागरिकलाई सबै कुराको ग्यारेण्टी गर्नसकेमात्र नागरिकले शान्ति र परिवर्तनको अनुभूति गर्ने बताए ।
त्यसैगरी महिला मानवअधिकारकर्मी पद्मा चौधरी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका राप्ती प्रमुख गीता दिदी, युवा करारा, अपाङ्ग सरोकार मञ्चका अध्यक्ष हुमाकान्त कँडेल लगायतले बोलेका थिए ।
मूल आयोजक समितिका संयोजक शरद रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले गरेका थिए । बैठक सुरू हुनुभन्दा पहिले तुलसीपुर बजार सरसफाई गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here