- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरबैंक फेरिदा बृद्धभत्ता बुझ्न सास्ती

बैंक फेरिदा बृद्धभत्ता बुझ्न सास्ती

- Advertisement -spot_img

दाङ, २८ मंसिर । स्थानीय सरकारले वृद्धभत्ता प्रदान गर्न बैंक फेर्दा जेष्ठ नागरिकलाई भत्ता बुझ्न समस्या भएको छ । एक बैंकमा खाता खोली प्रक्रिया सुरू गरिसकेपछि फेरी त्यहि प्रक्रिया अर्काे बैंकमा गर्ने र भत्ता लिने अवस्था आउँदा सास्ती व्यहोर्नु परेको जेष्ठ नागरिकहरूले बताएका छन् ।
आफू अनुकूल जनप्रतिनिधिहरूले वडागत रूपमा बैंक फेर्दा त्यसको असर बृद्धबृद्धालाई परेको हो । कुनै समय घरमै पुगेर प्रदान गरी सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) स्थानीय सरकारहरूले बैंकमार्फत दिने व्यवस्था गर्दै आएको छ । कतिले अहिलेसम्म पनि नगद नै उपलब्ध गराउँदै आएका पनि छन् ।
तर बैंकमार्फत प्रदान गरिदै आएको भत्तामा समेत जेष्ट नागरिकले सास्ती भोगिरहेका छन् । ‘अघिल्लो महिनासम्म एउटा बैंकबाट भत्ता बुझ्ने सिस्टम थियो यो पटक त्यसले काम गरेन’, मानपुरबाप्रदेश टुडेट तुलसीपुर बैंकमा बृद्धभत्ता बुझ्न आएका जेष्ठ नागरिकले भने, ‘सरासर हामीलाई सास्ती दिने काम भयो बाबु, म बूढो कतिवटा बैंक धाम ।’
वडाले गरेको निर्णयलाई नगरले पनि आधिकारिक रूपमा निर्णय गर्ने र कार्यान्वयन गरिरहेको सामाजिक सुरक्षा शाखाका प्रमुख कृष्ण बहादु वलीले बताए ।
सकभर बैंक फेर्न नपरोस् भन्ने त हो तर विभिन्न कारणले फेरिएका छन् । कतिले राम्रो सेवा नदिएको वडाले गुनासो गरेको हुँदा र कति बैंक सेवा सुविधा हेरेर नयाँ निर्णय गरिएको उनले बताए ।
उनले गत वर्ष सेवा दिएका तीन बैंकसँग कारोवार नै बन्द गरेकोसमेत बताए । अरू बैंकको वडा फेरिएको छ । नगरले १६ वटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको उनको भनाइ छ ।
एक वर्षमा तुलसीपुरमा सामाजिक सुरक्षा ३८ करोड वितरण हुँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नगरले ११ करोड २० लाख ९३ हजार रूपैयाँ निकासा गरेको छ ।
तुलसीपुर उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूले बैंकको समस्याले नै नयाँ बैंक खोज्नु परेको बताए । सेवा दिइरहेको बैंकमा केही समस्या आएको गुनासो आए पनि सेवा राम्रो दिने बैंकमा सुरू गरिएको बताए ।
वडाहरूले भने बैंकहरूले दिने सास्तीका कारण भत्ता बुझ्ने बैंक फेर्नु परेको बताउने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष भूपबहादुर केसीले बृद्धभक्ताका लागि बैंक परिवर्तन गरेको बताए ।
गाउँमै गएर वितरण गर्ने सर्तमा बैंक फेरेको बताए । ‘सेवा प्रवाह गर्दा समस्या भएको सास्ती भइरहेकोले सहज गराउन नयाँ निर्णय गरेका हौँ’ उनले भने ‘हामीले पनि समस्या बुझेका छाँै’ उनले भने ‘सहज बनाउने प्रयासमा यस्तो गरिएको हो ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here