- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरराष्ट्रियसभाका लागि दल दर्ता सुरू

राष्ट्रियसभाका लागि दल दर्ता सुरू

- Advertisement -spot_img

दाङ, २७ मंसिर । आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि शुक्रबारबाट दल दर्ता सुरू भएको छ । निर्वाचन आयोगले गरेको आह्वान अनुसार शुक्रबारबाट दल दर्ताको प्रक्रिया सुरू भएको हो ।
सरकारले राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको सूचना जारी गरेको हो ।
आयोगले दल दर्ताको म्याद पुस ६ गतेसम्मका लागि तोकेको छ । यसअघि निर्वाचित भएका नेकपाका ८, नेपाली काँग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २, समाजवादीका एक र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २१ मा सकिँदै छ ।
संवैधानिक व्यवस्थाअनुसार कार्यकाल सकिनुभन्दा ३५ दिनअघि चुनाव गरिसक्नुपर्छ । कार्यकाल सकिने सदस्यहरूमा नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली रहेका छन् ।
काँग्रेसबाट राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा रहेका छन् ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव र समाजवादीका रामप्रित पासवानको पनि दुई वर्षको कार्यकाल सकिदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here