- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरस्कुले प्रेम (रङ्गीन पल)

स्कुले प्रेम (रङ्गीन पल)

- Advertisement -spot_img

समिप आचार्य (यात्री)

समयसँग म पनि हुर्किदै गए । जवानीको पनले पनि छुन थाल्यो । एसएलसीको त्यो अन्तिम दिन कहाँ भुल्न सक्छु र म ? हावाको झोकासरी उसको कपाल मेरो यो कलिलो मुहारमा लहराउँदै गएको अनि त्यो कपालबाट आएको त्यो बास्ना । त्यो बास्नासँगै मेरो मनमा गुन्जिएका मायाका गीतहरू ।
उफ त्यो निष्ठुरी समय । थाहा थिएन समय यति गतिशील हुन्छ भनेर । समयले पनि अचम्मको रूप देखायो । उसको कपाल र बास्नाले मित्रता मात्र गाँस्न के पा’को थियो ऊ कता अलप भै–भै एक सपनासरी ।
यसैलाई भन्छन् होला ीयखभ बत ाष्चकत कष्नजत। एकछिनको त्यो हावा अहिले बतास भै मेरो मनमा ठोकिदै थियो । म उसलाई कहाँ खोजिन कक्षादेखि कक्षा, कहिले गेट त कहिले पानी पिउने ठाउँ ।
एकछिन अगाडीसँगै भएका साथिहरू अहिले मेरासामु थिएनन् । म कहाँ थिए म आफैलाई थाहा थिएन ? कुन हालतमा थिए तपाईहरू त्यहाँ भए बुझ्नु हुन्थ्यो होला शायद ? कुन गति थियो बुझ्नुहुन्थ्यो होला ?
तपाईहरूको जीवनमा अविरलै बित्यो होला त्यो क्षण, त्यो तृष्णा, त्यो मनको आधिबेरी । समय देखेर एकछिन् त झनक्क रिस पनि उठ्यो तर रिस उठेर पनि के गर्नु बा आमाले भनेको सुनेको थिए रिसले आफैलाई खान्छ सधै हाँस्नु पर्छ रे !
एकछिन अघिको भिड अहिले फाटफुट थियो । साथीहरूले पनि खोजे होलान् कहीँ नदेखेर होला उनीहरू पनि गैसकेका थिए । म पनि उसलाई कहीँ नभेटि लाचार भै मनमा नानाथरी कुरा खेलाउँदै घर पुगे । आमा बाहिर बत्ती काट्दै हुनुहँुदोरहेछ ।
आमाले सोध्नुभयो किन ढिला गरिस् आज ?
आज अन्तिम दिन नि त्यसैले ।
कस्तो भयो परीक्षा आजको ?
राम्रो भाको छ ।
खाना खान आइज ।
हुन्छ आमा, आमालाई के थाहा यो मेरो मनको व्यथा ।
के बितिरहेको थियो उहाँलाई के थाहा ?
यो हसिलो अनुहारभित्रको हलचल उहाँलाई के थाहा ? बस् उहाँलाई के थाहा ?
खाना खान पनि मन थिएन् जेनतेन खाए र आफ्नो कोठामा पसिहाले । अप्सरासरी आएर अलप भएकी ऊसैकै याद । छट्पटिदै गर्दा त्यो कुदाईको थकाईले होला मेरा कोमल आँखा सालिन भैसकेका थिए ।
सपनीमा पनि उहि खेलिरहेकी थिई र म ऊ खेलिरहेको हेर्दै रमाउँदै थिए । कति रंगीन सपना बुन्दै थिए यहाँसम्मकी उसको सिउँदो सजाउँदै थिए । कसले हो ढोका ढक्ढक ग¥यो र म झल्यास ब्युझिए ।
ब्युझिदा पो थाहा पाए म त सपनीको रमझममा रमाउँदै थिए भनेर । एकछिन त त्यो ढोका ढक्ढक गर्ने ब्यक्तिसँग झनक्क रिस पनि उठ्यो । गएर ढोका खोल्दै लातले हानुझै तर त्यो रिस मनमै दबाउनु प¥यो ढोकामा बाबा आउनुभएको थियो ।
बाबाले राति ढोका लगाएर नसुत्ने त दिउँसै ढोका लगाएर के गर्दैछस् ह ? भन्दै प्रश्न थुपार्दै हुनुहुन्थ्यो । टाउको उठाउन नसक्ने बाबाको अघि झन् त्यो मायाको कुरा कहाँ–कहाँ ।
अनि तेरो फलामे ढोकाको अन्तिम परीक्षा कस्तो भयो ?
राम्रो भएको छ बाबा । तर बाबालाई पनि के नै थाहा थियो र त्यही फलामे गेट एसएलसीको अन्तिम दिनमा देखिएकी अप्सरा । कसलाई पोखु म यो मनको कथा । त्यो दिन कति लामो भएझैँ लाग्यो ।
दिन र रात काट्नै ग्राहो भयो ।
त्यो चैते हावाहुरीको एसएलसी परीक्षा फेरी आवास पहिलेको रद्द होस् मनले यही कामना गर्न थाल्यो ।
अर्को दिन आफूसँग पढ्ने सम्पूर्ण स्कुलका केटी साथीहरू याद गर्न थाले । तर ऊ त्यस स्कुलको रहिनछे । त्यसपछि अन्य सेन्टर परेका स्कुलहरूका ड्रेस याद गरे । याद गर्दागर्दा उसको ड्रेससँग एउटा स्कुलसँग मिल्यो राप्ती स्कुल ।
त्यो निलो सर्ट त्यसमा गाढा निलो सर्ट । आफैलाई धन्य माने त्यो मेरो स्मरण शक्तिलाई पनि धन्यधन्य भन्दै आउने दिनहरू काट्न थाले । एसएलसी परीक्षा सक्केको पनि १५ दिन भैसकेको थियो । घरमा पनि अब के पढाउने होला ?
यो भन्दै चिन्तित थिए त्यसमाथि धेरै चिन्तित म थिए । स्कुल भन्दा धेरै चाप क्यापसको थियो अनि अर्को चिन्ता लहराएर गएको त्यो कपालको । घरमा पनि कि तयारी कक्षा जा कि कम्प्युटर कक्षा जा भन्दै हुनुहुन्थ्यो ।
मलगायत अन्य साथीहरू पनि अलमलमै थिए के पढ्ने भनेर ? अब कम्प्युटर पढ्ने तय भयपछि मलगायत मेरा साथीहरू कम्प्युटर कक्षा कहाँ लिने भनेर राम्रो इन्स्टिच्यूट खोज्न थाल्याँै । खोज्ने क्रममा मेरा आँखा अचानक बर्मा चाड भण्डारमा पानीपुरी खादै गरेकी केटीमा गएर अडिए अनि उसको त्यो कानको झुम्कामा ।
मनमा फेरी हावा चल्योझैँ लाग्यो उसको मुहारको त्यो छड्के भाग हेर्दै त्यति सुन्दर थियो भने पूरा देख्दा झन् के होला ? भोकको बहाना गर्दै साथीहरूलाई भने भोक पो लाग्न थाल्यो जाऊ न चाट खान ।
कसैले पनि नाईनास्ती नगरेपछि हाम्रा खुट्टा पनि बर्मा चाट भण्डारतर्फ लम्किए । त्यस्तै कपाल लहरिएको अनि त्यो कानको झुम्का हलिदा मनमा फेरी हरियालीले भरीभराउ भयो । साथीहरू कतिबेला भित्र टेबलमा गएर बसिसकेका रहेछन् मलाई हेरी हाँस्दै थिए उनी थप्दै थिए ।
के हो केटा ….
केटीलाई हेर्न आउँदा केटी लजाएसरी म पनि भित्र उनीहरू बसेतिर लागे ।
उसले त्योदेखि या देखिन देखेको भए ऊ पनि मनै–मनै खुब हाँसिकी थिई होली ।
भित्र गएर बसे धेरै दिनपछि पूर्णिमाको आगमन भएसरी । त्यो कालो जिन्स त्यसमाथि सेतो टिसर्ट अनि जुनझै हसिलो त्यो अनुहार म त हेरको हे¥यै भए ।
मैले हेर्दै गर्दा उसको त्यो सुन्दर मुहारले पनि मेरो अनुहारको सयर ग¥यो होला पक्कै ।
उसको त्यो मिलेको जिउडाल त्यो लहराउने कपाल अनि त्यो गिठाझैँ उठेको त्यो छाती म त लठ्ठै परे । त्यो पूर्णिमाको जुन हुँदा उज्यालो नहोस् झै मलाई त्यो समय कहिले तल माथि नहोस् भगवानसँग यहि प्रार्थना शिवाय के नै गर्न सक्थे ।
सायद भगवानले सुन्नु पनि भयो होला तर समय अगाडि कस्को के लाग्छ र ! समय त हामी झै कहिले लेऊ लागेको थियो र समय त बस् छेऊ लाग्छ नि है मित्रहरू ।
म पनि पानीपुरी र चाट खान थाले उनीहरू खाएर हिड्दै थिए र मनमनै बाई भने ।
साथीहरू मुखामुख गर्दै थिए के भयो यसलाई भनेर ?
संयोगले सोध्यो के भा’को छ तलाई ह ?
मनिषले भन्यो त्यो केटी त एसएलसी हुँदा हामीसँगै सेन्टरमा थिइ होइन् र !
ए त्यो राप्ती स्कुलको हो त है कस्तो भुलेको मैले त रमशेले भन्यो ।
उनीहरू यसरी भन्दै थिए कि बर्षौपछि उसलाई देखेसरी ।
उनीहरूलाई के थाहा त्यो कुरा गर्दा मेरो मनमा छुरी रोपेसरी भएको ?
तर उनीहरू त्यी कुरा गर्दा उसको नामसमेत कसैलाई थाहा थियो या थिएन् कि भन्न चाहेन । म कति लालाहित थिए उसको त्यो नाम सुन्नलाई उसका राम्रा–राम्रा कुरा सुन्नलाई ।
विवश थिए उनीहरू सामु मनको कुरा नसुनाउन न उसको नाम नै थाहा छ बल्ल त थाहा हुँदै थियो । ऊ त्यही राप्तीकै रै’छे भनेर ।
बोकोले फेरी कुरा झिकी हाल्यो यसलाई पट्टयाउन पाए । केटी देख्नै नहुने बोको रमेशलाई संयोगले भन्न थाल्यो । मलाई असह्य भयो र जाऊ अब भने ।
मेरो त्यस्तो अचानक जाऊभन्दा के भन्छ आउन पा’को छैन जाऊ पो भन्छ सबैले भन्न थाले र अन्कनाउँदै उठे । संयोगले मेरो छेउमा आएर भन्यो ।
के हो तेरो चक्कर चल्याजस्तो छ नि ?
छैन् । टाउको दुखिरहेको छ ।
ल ल जाऊ भन्दै सबै पैसा तिरी निक्लियौँ । भोलि सबैजना इन्स्टिच्यूट एभरेष्ट इन्स्टिच्यूट ११ बजे आईपुगे ।
हुन्छ भनि करीब ४ बजेतिर छुटियौँ ।
आइतबारको दिन थियो म अलि चाँडै नै इन्स्टिच्यूट पुगेको थिए । अरू कोही नी आइपुगेका थिएनन् । म मोबाइल चलाउँदै बसिरहेको थिए कोही ट्वाक ट्वाक पार्दै माथि आयो ।
मैले पनि मेरा आँखा उठाउँदै हेरे वन पिसमा सेता तिघ्रा देखाउदै माथि आई र तलदेखि माथि हेर्दै गर्दा हिजो देखेको रीठा झै छातीमा गै मेरा आँखा अडिए र माथि आँखा लगे कपाल बाँधिएको थियो ।
घाँटीबाट म माथि हेर्दै जाँदा उहि थिई । म त आश्चर्य चकित परे । ऊ मेरो सामु थिई मलाई त्यो सपनाजस्तो लाग्यो तर मनमा प्रश्न उठ्यो के ऊ त्यहि इन्स्टिच्यूटमा पढ्न आएकी हो त ?
या कसैलाई भेट्न आएकी हो ?
मनको कुनाबाट ऊ यही पढ्न आएकी हो भन्यो अर्को मनले खै कुन्नी भन्न थाल्यो ।
उसले एक नजर ममाथि लगाई र भित्र छिरी ।
म पनि साथीहरू नआएपछि भित्र गैहाले। भित्र गएपछि ऊ पनि कम्प्युटर टेबलमा बसेको देख्दा बल्ल देवताले मेरो कुरा सुनेझैँ लाग्यो ।
म पनि उसकै पछिको टेबलमा गएर बसे । गुरू आउनुभयो र टाइपिङ सिकाएर जानुभयो । अहिलेको युग फेसबुकमा रमेको युग । हर दिन उसको मुहार हेर्नु र जानु बाहेक केही उपलब्धि हुन सकेन । न उसले मुख खोली न मैले यसरी नै २०÷२५ दिन बित्यो ।
एकदिन कम्प्युटर कक्षामा गुरूले सिकाएर जानुभयो र म फेसबुक हेर्न थाए । धैरै दिन भएको थियो कसैको Friend Request. नआएको तर आज एउटा Friend Request. मनमा खुल्दुली भयो कसको थियो त्यो Friend Request. त्यो एउटा प्रश्न भै मेरै सामु उभिएको थियो । मन दह्रो बनाई प्रोफाइल खोले । त्यो केटीको च्भत्रगभकत थियो ।
निलो लेहेङ्गामा उही जसलाई मैले एकतर्फी माया लगाएको थिए । धेरैपछि उसको नाम र ऊ आफै मित्रता गाँस्न मेरोसामु आएकी थिई । आमाको माया नपाएसरी तड्पिएको छोरोजस्तो उसको नाम सुन्न हतारिएको थिए । उसको नाम म मनैदेखि उच्चारण गर्न चाहन्छु । ऊ थिई मेरो मनकी रानी प्रकृति शर्मा ।
मैले हतारै नगरी त्यो च्भत्रगभकत ब्अअभउत गरे र ढिला सुस्ती नगरी म्यासेजमा गई हेल्लो लेखे ।
ऊ पनि मेरै म्यासेजको पर्खाइमा थिई होली जसरी साना चराका बच्चा आमाले ल्याएको खानेकुराको पर्खाइमा बसेका हुन्छन् । उताबाट पनि हाई भन्ने सम्वाद आयो । कुराहरू हँुदै गए ।
यसरी हरदिन कुराहरू बढ्दै जान थाले  । मनका कुराहरू एकअर्कामा साटासाट हुन थाल्यो । आउने जाने पनि सँगै हुन् थाल्यो । बिस्तारै मोवाइल नम्बर पनि यता र उता भयो । कहिले कहाँ त कहिले कहाँ भेट्न थाल्यौँ ।
लाग्न थाल्यो उसले पनि मलाई मन पराउँछे । त्यो भेटघाट अनि उसको कुरा सुन्दा लाग्थ्यो । न उसको कुनै मायाको प्रश्न आएको थियो न मैले नै सकेको थिए मनको कुरा बोल्न ।
साथीहरू पनि हाम्रो यो सम्बन्ध देखेर चकित थिए । जेठको कुरा हो गणेशपुर पार्क घुम्न गएका थियौँ । धेरै नै कोसिस गरेर भने आँट गरे । प्रकृति म तिमीलाई केही भन्न चाहन्छु ।
के भन्न न ?
के भन न छिटो । कि मलाई भन्न हुन्न ?
हुन्छ ।
आई लव यु प्रकृति ।
ऊ एकछिन केही बोलिन् । लाग्यो ऊ रिसाइ ।
अर्कोतिर फर्कि रहेकी ऊ अचानक मतिर फर्की अनि भन्न थाली ।
म यो कुराको कहिलेदेखि पर्खाईमा थिए नजिक ।
तिमीलाई याद छैन् होला त्यो प्रेमपत्र जुन मैले तिमीलाई तिम्रो साथीको हातबाट पठाएको थिए । ऊ कुन प्रेम पत्रको कुरा गर्दैछे । ऊ अनि समीक्षासँग पठाएको पत्र म त सपनामै छु झँै लागिरहेको थियो।
तिम्रो कुनै जवाफ नआएपछि एसएलसीको अन्तिम दिन तिम्रै सामुबाट गएको तिमीलाई याद छ या छैन् ।
तिमीले त्यो देख्याँै या देखेनाँै ।
तिमीलाई गेटमा कुरे तर तिमी कक्षातर्फ लाग्यौँ । लाग्यो ममाथि कुन क्ष्लतभचभकत छैनौँ झै ।ऊ भन्दै गई म मेरो ओठ उसको त्यो गुलाबी ओठसँग मित्रता गाँस्न अघि बढाउँदै गए र उसले पनि अगाडि बढाई । उसको त्यो अङ्गुर झै रसिलो ओठ ललिपपझै चुस्न थाले ।
उसको त्यो रसिलो ओठसँगै यी मेरा हाता रातो टिसर्टभित्र रीठा झै उठेको छातीमा स्पर्श गर्न नपाउँदै उसले हात तल झारीदिई र निरन्तर स्याऊमा रोपिएको छुरीझै ओठमा ओठ जोडी रह्यौँ । सायद स्वर्गको एक पाटो यसलाई नै भनिन्छ होला ।
त्यस दिनदेखि कुन मन्दिर रहे होलान् र कहिले त्रिसिद्धेश्वरी मन्दिर त कहिले कृष्ण मन्दिर कहिले धारा पानी त कहिले घोराहीको ब्राहकुने ।
कहिले शितलपुर त कहिले कपुरकोट, कहिले पुुुरन्धारा झरना कुन ठाउँ बाँकी थिए होलान् र त्यो तीन महिने इन्स्टिच्यूटको पलमा त्यो फेसबुक बर्माको चाट र पानीपुरी ।
त्यो दिन सम्झदा पनि अहिले नै जाऊ झै लाग्छ । त्यो महेन्द्र स्कुलको चौर । कुन ठाउँमा भएन् होला र हाम्रो चुम्बन र उसको त्यो जीउको स्पर्श ।
त्यो चैते यामको माया मनसुन झै बद्लिन चाहेन होला या हामी एकअर्काबाट टाढा हुन् सकेनौँ । साथीहरूले पनि भन्ने गर्थे अर्को रोमियो जुलियट ।
बस् माया त माया हो । यसरी हरदिनको पर्खाइले आफूले हृदयदेखि नै चाहने ब्यक्ति सधै आफैसँग हुन्छ र हाम्रो माया यसरी अग्रता लियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here