- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसुकिदहको महत्व घट्दैनः केसी

सुकिदहको महत्व घट्दैनः केसी

- Advertisement -spot_img

तुलसीपुर, २७ मंसिर । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले सुकिदहको संरक्षणमा सरकार तयार रहेको बताएका छन् । बिहीबार सुकिदह महोत्सवको उद्घाटन गर्दै सदस्य केसीले स्थानीयस्तरमा रहेका ऐतिहासिक महत्व बोकेका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसारका लागि सरकारसँगै नागरिकको दायित्वसमेत रहेको बताए ।
‘सरकार भौतिक संचरना निर्माण गर्न तयार छ, स्थानीय नागरिक संरक्षण गर्न तयार हुनुपर्छ उनले भने– ‘सुकिदहको महत्वलाई कमि हुन दिने छैन् सरकार ।’
देशमा तीनैतहको सरकार आए पश्चात् लोप हुन लागेका पर्यटकीय स्थल तथा धार्मिक स्थलको संरक्षण हुन थालेको दाबी गर्दै उनले अब सुकिदहसम्म आउने सडक कालोपत्रेका लागि प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक रहेको बताए । ‘सुकिदहलाई बचाई राख्न सकियो भने पर्यटन प्रवद्र्धनमार्फत आर्थिक लाभ लिन सकिन्छ’ उनले भने– ‘सुकिदहको सरंक्षणमा स्थानीय पनि लाग्न आवश्यक छ ।’
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगीले सुकिदह संरक्षणका लागि उपमहानगरपालिका लागिरहने बताए । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ ले मेला स्थललाई व्यवस्थित गरेको बताउँदै सुकिदहलाई पुरानै अवस्थामा ल्याउन उपमहानगरले काम अघि बढाइसकेको उनले बताए ।
कार्यक्रममा नेकपाका गणेश गरी, नेपाली काँग्रेसका लेककुमार कार्की, जनमोर्चाका दोर्णबहादुर घर्ती, राप्रपाका यमलाल पार्दे लगायतले सुकिदहको महत्वलाई बचाई राख्न सरकारसँगै नागरिकको दायित्व पनि रहेको बताए ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा वडा अध्यक्ष बालकृष्ण रानाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका नगर कार्यबाहक प्रमुख सूर्यबहादुर डाँगी ‘श्याम’ को विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण महोत्वस आयोजक समितिका प्रचारप्रचार उपसमिति संयोजक बसन्त पौडेलले गरेका थिए ।
यसैबिच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा भएको सुकिदह महोत्सव सकिएको छ । हरेक वर्ष मंसिर पुर्णिको अवसरमा परापुर्वकालदेखि लाग्दै आएको मेलामा यसवर्ष महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा बिहीबार विभिन्न स्थानीयस्तरका झाँकी जुलुससहित पुराना कला, संस्कृति झल्कने विभिन्न नाचहरू प्रस्तुत गरिएको छ । सुकिदहको महत्वलाई बचाई राख्न महोत्सवको आयोजना गरी भव्यरूपमा कार्यक्रम गरिएको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिए ।
मंसिर पूर्णिका दिनमा लाग्दै आएको मेलालाई यसवर्ष भव्यरूपमा सम्पन्न भएकोे उनले बताए । मेलाको महत्व बढाउन महोत्सवले ठूलो भूमिका खेलेको अध्यक्ष राणाले बताए ।
परापूर्वकालदेखि लाग्दै आएको मेलालाई महोत्सवका रूपमा सञ्चालन गर्नका लागि सुकिदहको परिसरमा फिल्ड निर्माण गरी सुकिदहको संरक्षणका लागेको उनको भनाइ छ । महोत्सवमा बिहीबार स्थानीयको उल्लेख्य सहभागी रहनुले पनि आगामी दिनलाई झनै महत्व थपेको उनले बताए ।

गुरू जजुरलाई वडा अध्यक्ष कपको उपाधि

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा सुकिदहमा भएको प्रथम वडा अध्यक्ष कपको उपाधि गुरू जजुर नमुना माविले प्राप्त गरेको छ । वडा अध्यक्ष कपमा सहभागी ११ समूहमध्ये फाइनलमा न्याउली सामुदायिक वन समूहलाई हराउँदै गुरूजजुर माविले प्रथम स्थान हासिल गरेको हो ।
सुकिदह महोत्सवको अवसरमा तीन दिनसम्म भएको भलिवल खेलमा न्याउली सामुदायिक वन समूह द्वितीय भएको छ । त्यसैगरी गादिबरा सामुदायिक वन समूहले तेस्रो स्थान हासिल गरेको रेफ्रि रेवन्त रानाले जानकारी दिए ।
भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १२ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, ८ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र र तेस्रोे हुने समूहले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । स्थानीयस्तरबाटै खेलाडी उत्पादन गर्न प्रथम वडा अध्यक्ष कपमा भालिबल प्रतियोगिता र बक्सिङ प्रतियोगिता भएको वडा बालकृष्ण रानाले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here