- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरलौव अग्रासनको वार्षिकोत्सव

लौव अग्रासनको वार्षिकोत्सव

- Advertisement -spot_img

घोराही, २७ मंसिर । दाङको घोराहीबाट थारू भाषामा प्रकाशन हुँदै आएको लौव अग्रासन साप्ताहिकले ११औँ वार्षिकोत्सव मनाएको छ । घोराहीमा औपचारिक कार्यक्रमको आयोजना गरेर पत्रिकाले वार्षिकोत्सव मनाएको हो ।
पत्रिकाका प्रधान सम्पादक केबी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा घोराही उपमहानगरका कार्यबाहक नगर प्रमुख सिता सिग्देल न्यौपानेले थारू भाषाको विकासका लागि पहिलो बर्ष नै कामकाजी भाषा गराउने निर्णय गरेको बताइन् । थारू भाषाको विकासका लागि निर्णय गरेको भए पनि थारू समुदायबाट नै कुनै निवेदन दर्ता नभएको बताइन् ।
भाषा संरक्षणका लागि स्वयम् भाषाका विज्ञको भूमिका बढी हुने भए पनि चासो नहुँदा समस्या भएको बताइन् । पछिल्ला दिनहरूमा थारू भाषाको केही मात्रामा प्रयोग हुन थालेको भन्दै प्रमुख न्यौपानेले भाषासँग सम्बन्धित समुदायले भाषा प्रयोगमा ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरूले थारू भाषा दाङमा दोस्रो भाषाका रूपमा बोले पनि सरकारी कार्यालयमा प्रयोग हुन नसकेको बताएका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य देवराज विश्वकर्मा, नेपाल पत्रकार महासंघका सल्लाहकार सुदिप गौतम, राप्ती पोष्ट दैनिकका प्रकाशक सम्पादक शरद अधिकारी, प्रेस संगठनका संयोजक प्रकाश चौधरीले मन्तव्य व्यक्त गरेका थिए । पत्रिकाका समाचारदाता सबि थारूको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सम्पादक सन्तोष दहितले गरेका थिए ।
यसैबीच दाङको लौव अग्रासन साप्ताहिक पत्रिकाले पत्रकार महेश रिजाललाई आर्थिक सहयोग गरेको छ । वार्षिकोत्सवका अवसर पारेर पत्रिकाले पत्रकार रिजाललाई पाँच हजार आर्थिक सहयोग गरेको हो । पत्रकार रिजालको उपचारका लागि नेपाल पत्रकार महासंघले आर्थिक संकलनको अभियान सञ्चालन गरेको छ ।
पत्रिकाका प्रधान सम्पादक केबी चौधरी र सम्पादक सन्तोष दहितले पत्रकार महासंघका कोषाध्यक्ष आरके सितललाई रकम हस्तान्तरण गरेका हुन् । यस्तै कार्यक्रममा पत्रिकाका स्तम्भकार हेमलाल चौधरीलाई सम्मान गरिएको छ । प्रमाणपत्रसहित चौधरीलाई सम्मान गरिएको हो

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here