- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरसंरक्षणविहीन सवारी साधन

संरक्षणविहीन सवारी साधन

- Advertisement -spot_img

घोराही, २६ मंसिर । स्थानीय सरकार आईसकेको दुई वर्ष बढी भइसक्यो । जनप्रतिनिधिहरूको सेवा सुविधामा पहिलो प्राथमिकतामा पर्ने गरेको सवारी साधन नै हो । त्यो आवश्यकता पनि हो ।
यहाँका जनप्रतिनिधिहरूले करोडौ रकम खर्च गरेर सुविधा सम्पन्न सवारीका साधनहरू खरिद गर्ने गरेका छन् । तर जनप्रतिनिधिहरू आउनुभन्दा पहिले सम्बन्धित कार्यालयका कर्मचारीहरूले प्रयोग गरेका सरकारी कार्यालयका सवारी साधनहरू भने प्रयोगविहीन जस्तै बनेका छन् ।
प्रयोगमा नल्याएर नयाँ सवारी साधनहरू खरिद गर्ने प्रचलन बढ्दै गएको छ । अहिले स्थानीयतहका कार्यालयमा हेर्ने हो भने कुनै न कुनै बिग्रिएको भन्दै सवारी साधनहरू थन्काइएको छ । त्यसको एउटा नमुना हो जिल्ला समन्वय समिति । जिल्ला समन्वय समितिमा १० वटा बढी बिग्रिएका मोटरसाईकल थन्किएका छन्  ।
त्यसैगरी तीनवटा तत्कालिन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी, शाखा अधिकृत चढ्ने बलेरो गाडी थन्किएको छ ।
त्यसैगरी प्राविधिक तथा कर्मचारीहरू चढने मोटरसाइकल पनि त्यत्तिकै थन्किएको छ । बिग्रिएको मोटरसाइकल तथा बोलेरो गाडीहरू भन्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा कर्मचारीहरूले पार्किङ गर्ने स्थानमा त्यत्तिकै थन्काइएको छ ।
त्यसको सट्टामा नयाँ सवारी साधनहरू खरिद गर्नेक्रम बढ्दै गएको छ । तर ती बिग्रिएका सवारी साधानहरूलाई मर्मत गरेर पुनः सञ्चालन गर्न कोसिस गरिएको छैन भने लिलाम पनि गरिएको छैन् ।
स्थानीयतहको कामहरूको अनुगमनको बारेमा सरोकारवालाले चासो राख्दासमेत सेवा सुविधा तथा पर्याप्त सवारी साधन नहुँदा समस्या देखिएको भन्दै बहाना गर्ने गरेका छन् ।
एक दर्जन बढी मोटरसाइकल पार्किङ गर्ने जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले बिग्रिएको सवारी साधनहरू कति छन् भन्नेमा नै जानकारी छैन् ।
‘समितिको प्राङ्गणमा राखिएका सवारी साधानहरू बिग्रिएका छन्, पुराना भएर कामै नलाग्नै भएका छन्’ जिल्ला समन्वय समिति संयोजक नेपालीले भने ‘कति बिग्रिएका छन् भन्ने कुनै एकीन छैन् ।’ बिग्रिएर कामै नलाग्ने भएपछि ती सवारी साधनहरू त्यत्तिकै थन्काइएको उनले बताए ।
‘ती सवारी साधनहरू लिलाम गर्ने तयारी भइरहेको छ’ उनले भने ‘पहिलेको स्थानीय विकास अधिकारीको सरूवा भएका कारण ढिलाइ भएको हो ।’ पुराना सवारी साधनहरू बिग्रिएकाले पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको उनले जानकारी गराए ।
त्यसैगरी दाङ देउखुरी जिल्ला अदालतमा पनि एक दजर्नको हाराहारीमा मोटरसाइकल बिर्गिएको भन्दै राखिएको छ । तर ती सवारी साधनहरू भने दाङ देउखुरी जिल्ला अदालतको नभएको अदालतले जनाएको छ ।
‘अदालतको प्राङ्गणमा रहेको सवारी साधनहरू अदालत कै होइन्’ दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले भने ‘विभिन्न अपराधिक घटनामा संग्लनता तथा बरामद भएका सवारी साधन हुन् ।’ ती सवारी साधनहरू लिलाम बिक्रीको लागि तयारी भइरहेको उनले बताए ।
जिल्लामा कति सरकारी सम्पत्ति अर्थात् सवारी साधनहरू बिग्रिएको अवस्थामा छन् भन्ने एकीन विवरण भने छैन । जिल्ला प्रशासन कार्यालयमा यस विषयमा बुझ्दा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सबै सरकारी कार्यालयका सम्पत्ति विवरण प्रशासनमा नरहेको जानकारी गराए ।
‘कुन कार्यालयको सवारी साधन कति छ ? कति बिग्रिएको अवस्थामा छ ? त्यो बारेमा हामीलाई जानकारी हुँदैन् ?’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘सम्पत्ति विवरण सम्बन्धित कार्यालय नै राख्ने गरेका छन् ।’
जिल्ला प्रशासन कार्यालयमा भने कुनै बिग्रिएको सवारी साधन नरहेको जानकारी गराए । ‘हामीसँग बिग्रिएको केही सवारी साधनहरू मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याएका छौँ’ उनले भने
‘बिग्रिएर कामै नलाग्ने सवारी साधन भने लिलाम गरिसकेका छौँ ।’ ईलाका प्रशासन कार्यालय तुलसीपुरमा भने सवारी साधन बिग्रिएको अवस्थामा रहेको र त्यसको लिलाम बिक्रीको प्रक्रिया शुरू भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here