- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरमंसिर मास, बोकाको नाश

मंसिर मास, बोकाको नाश

- Advertisement -spot_img

विशेषगरी मंसिर महिनालाई देवालीको महिना वा कुलपूजाको महिना भनिन्छ । विशेष गरी मंसिर शुक्लपष अष्टमी तिथिदेखि पूर्णिमा तिथिसम्म विभिन्न थर, गोत्र, वंशावलीको देवाली पर्व पर्दछ ।
कुन भन्नाले आफ्ना पूर्खा, वंशज, पितृ तथा गोत्रीय इष्टदेव भन्ने मान्यता र अर्थ राख्दछ भने शाब्दिक अर्थका कुल भनेको जम्मा वा एकतृत भन्ने नै हो । जम्मा भन्नाले एउटै गोत्रीय भाइ–भारदारको जम्मा, भेला, समूह, संग्ठन् र सम्मेलन भन्ने बुझिन्छ ।
यसरी एक वर्ष, दुई वर्ष वा बहुवर्षको अन्तरालमा आफ्ना बन्धुबान्धव एकैथलोमा भेट भएर, भेला भएर र जम्मा भएर आफ्ना पिता पूर्खाले मान्दै गरेको देवीदेवताको पूजाआजा गर्नु, रमाइलो गर्नु, खानपिन गर्नु र भाइबन्धुको शक्ति प्रदर्शन गर्नु नै देवाली पूवा वा कूलपूजा हो ।
कूलपूजामा आफ्ना रिति भाँतीका चलन संस्कार रहेता पनि बोकाको बली दिने कार्य भने सबैमा चलेको र चलाइएको पाइन्छ र देखिन्छ । वास्तवमा बोका अग्नी देवताको वाहन हो । यसलाई कामुकताको प्रतिक मानिन्छ ।
मानिस आफ्नो देहमा भएको कामुकतालाई वशमा राख्न सकेन भने जीवनमा सफलता प्राप्त हुँदैन र अनेकौं बाधा तथा अवरोधहरू आइपर्दछन् । त्यसैले पनि बली दिनुको अर्थ चढाउनु, अर्पण गर्नु र समर्पण गर्नु पनि हो । आफ्नो देहको कामुकता मैले अर्पण गरे भनेर प्रतिवद्धता जाहेर गर्नु र प्रकट गर्ने पनि बोकाको बली हो ।
बली पूजा आफैंमा तान्त्रिक विधि र पद्धति हो । यो जानेर गरेमा शुभ र नजानेर गरेमा अशुभ पनि निम्तिन सक्छ । बली दिएको बोको खाने वा नखानेमा पनि कोही जानकार छैन र निस्केको पनि छैन । यद्यपि बली दिएको बोकाको टाउको भने अवश्यनै अग्नीमा हवन गर्नुपर्ने वा आहुति दिनुपर्ने प्रमाण छ ।
मंसिर महिना हिउँदे र फुर्सिदिलो महिना भएकोले पनि यो समय सबैका लागि उपयुक्त समय मानिन्छ । प्राकृतिक मौसका हिसावले पनि चिसो र तातोको मध्यभागमा पर्ने यो समय हेमन्त ऋतुमा पर्दछ ।
खाएको सजिलै पच्ने र पटक–पटक खान मन लाग्ने यो चिसो–चिसो समयमा देवीदेवताको पूजाआजा गरी खीर, प्रसाद, रोटी र मासु खानु सौखिनको परिकार पनि बनेको होला ।
हामीले जे गर्छौ संस्कृति र परम्परामा आधारित भएर गर्छौ । यसरी संस्कृति र परम्परामा आधारित भएर गर्दा हामीले गरेका र सम्पादन गरेका कुनै पनि कार्य विकृतितर्फ जानु हुन्न र विकृतितर्फ उन्मुख हुनुहुँदैन । देवीदेवता यदि फूल, प्रसाद, धजा, अक्षेता, धूप, दीप र भक्तिभावले खुशी हुन्छन् भने यो बोको सत्यानास गर्नु उचित होइन ।
हामो जस्तो विकासोन्मुख देशमा देवीदेवता मान्ने र धान्ने नामममा सयौँ, हजारौ र लाखौ पशुबली दिन थालियो भने त्यसले आर्थिक भार ग्रहण गर्ला कि नगर्ला ? अर्कोतर्फ हामीले खाएको मासु आफ्नै शरीरका लागि उचित होला कि नहोला ?
हामीले हाम्रो समग्ररूपमा आर्थिक सुधार, सामाजिक सुधार, स्वास्थ्यको सुधार र देशकै सुधारलाई ध्यानमा राख्यौँ भने पनि यो बोकाको नाश हुने क्रमलाई रोक्न र छेक्न नितान्त जरूरी छ ।
तत्कालका लागि यो निकै लोकप्रिय, जनप्रिय, मनप्रिय, तनप्रिय र जिब्रोप्रिय भएपनि दीर्घकालमा यसले हाम्रो समाज क्षेत्र नै तहस नहसको स्थितिमा पु¥याउने छ । सर्वप्रथम त हाम्रा पूर्खाले किन, केका लागि, कुनबेला, कसरी पशुबली दिए ? त्यो जान्न र बुझ्न नितान्त जरूरी छ ।
दोस्रो कुरा भनेको बोको आफैमा अग्नीको वाहन हो । जसले सिंगो अग्नीलाई पचाएर बोक्न सक्छ । त्यस्तो प्राणीलाई बली दिएर त्यसको मासु खादा मानव जातिलाई कुन तरिकाले सुख, सुविधा होला ? एक त हामी मानव समुदाय मांसहारी प्राणीभित्र पर्दैपदैथ्यौ । अर्को कुरा कामुक प्राणी बोकाको मासु खादा हाम्रो कामुकताको बली चढ्ला कि बढ्ला ?
हिजोका हाम्रा पिता, पूर्खाले आफ्नो कामुकता वशमा राख्नको लागि यो बली दिएका थिए वा दिने चलन चलाएका थिए । तर त्यो पनि यसरी होइन । समग्र भाइबन्धुको साझाका रूपमा एउटै बोकालाई आधार मानेर त्यसलाई कुलको बलीका रूपमा चढाएका थिए । बली चढाएको प्राणी आगोमा हवन गरेका थिए ।
बली चढेको बोकाले जीवन उत्तम गतिमा लैजाने विधि प्रयोग गरेका थिए । त्यतिबेला साठीको बोका भन्ने चलन थियो । साठीको बोका भनेको सबैको प्रतिनिधित्व हुने गरी उएटै साझा बोका हो । यसरी बली दिने प्रथा आज दिन–दिन, मास–मास, वर्ष–वर्ष कुप्रथा बन्दैछ ।

मंसिरको चिसो र मासुको चासोले कूल पुज्ने नाममा एकै घरबाट ऋण धन गरी सयौं बोका जम्मा गरी रगतको खोला बगाएर बोका काट्ने, ढाल्ने, मार्ने र बली दिने ग¥यौँ भने एकैक्षण यो आत्मसन्तुष्टि भएपनि ती सयौं र हजारौं बलीका बोकाको प्राणले हामीलाई शान्त रहन, बस्न र खान अवश्य दिने छैनन् । यसैलाई चिनेर, जानेर, बुझेर मानिसले गर्ने मानवीय कर्म गरौं । तर दानवी कर्म नगरौं । हामी पनि बाँचौ र अरूलाई पनि बचाऔं ।


एउटा घरबाट एकभन्दा पनि बढी बोका चढाउन लागिसकेको अवस्था छ । हिजो साझेमा एउटै बोका काटिने र मारिने कुल देवस्थलमा आज विहे भएको नाममा, छोराछोरी भएको नाममा, रोगव्याध निको पार्ने र निको भएको नाममा, बसाई सरेको नाममा वा अनेकौं नाममा प्रत्येक घरधुरीबाट एकभन्दा बढी दुई/तीन हुँदै जादा सयौँ बोकाको नाश हुँदैछ र रगतको खोला नै बग्दैछ ।
हिजो देवीदेवताका नाममा रगतको छिटा पार्दा हुने अवस्थामा आज रगतको खोला नै बग्ने भएको छ । त्यसैले पनि यो मंसिरको मासलाई बोको नाशका रूपमा चिनिन थालेको छ । बोको आफैमा निरिह पशु भएता पनि यसले अनेकौं धार्मिक मूल्य, र मान्यता राख्दछ । हामी हिन्दू धर्म मान्नेले बाघ, भालु, गंगटो, विच्छी,
माछा, सर्प, गोजर, भ्यागुतो लगायत सम्पूर्ण जलचर, थलचर र सिंगो प्रकृतिको पूजा गर्ने र मानने भएकाले पनि यस्ता विषाक्त प्राणीलाई समेत देवताका रूपमा मान्नेले हामी किन यति निष्ठुरी बनेर यति सोझो पशु बोकाको सर्वनाश गर्दैछौ ? यो प्रश्नको जवाफ यतिबेला हामी कोही र सकैसँग पनि छैन ।
आज मंसिर महिनाको अन्तिम तिथि पूर्णिमा तिथि पनि हो । आजको तिथिलाई धानय पूर्णिमा पनि भन्ने गरिन्छ । आजको दिनमा कैयौं कुल देवस्थलमा सयौँ बोकाको नाश भइरहेको छ । कतिपय बोकाहरू मानिसका भान्छाघरमा पाक्दै छन् भने कतिपय बोकाहरू पाक्ने परिकार बन्दैछन् ।
यसो गर्नु हामी जाति कि नजाति भन्ने कसले ? रोक्ने कसले र छेक्ने कसले ? हामी सबैमा अज्ञातको भूत जागेको छ । हामी सबैमा निष्ठुरीको मात जागेको छ । हामी सबैमा देखासिकीको लात लागेको छ । हामी सबैमा नकारात्मक सोंचको बीउ जागेको छ । हामी सबैमा स्वार्थको प्रेम जागेको छ ।
हामी सबैमा विकृतिको जालो पलाएको छ र हामी सबैमा विकृति मौलाएको छ । हामी सही के हो ? गलत के हो ? छुट्याउने अवस्थमा छैनौं ? हामी कुल देवी रदेवताको नाम पार्दैछौं र आफ्नो भोक,
प्यास र तिर्खा टार्दैछौं । कुलका नाममा, देवताका नाममा र देवीका नाममा जे–जे गर्दैछौ र जे–जे चढाउँदैछौ, त्यो फेरी आफ्ना किन प्रयोग गर्छौ ? यही कुरा बडो गम्भीर गलत छ । शास्त्रीय नियमानुसार चढाउने उपाय दुई किसिमका छन् । (१) अर्पण गर्ने विधि र (२) समर्पण गर्ने विधि ।
अर्पण गर्ने भनेको देवी–देवतालाई देखाउने वा छुवाउने हो । जो फेरी प्रसादका रूपमा प्रयोग गर्न सकिन्छ र देव–देवीस्थलबाट फर्काउन वा फिर्ता ल्याउन मिल्छ । समर्पण विधि भनेको प्रत्यक्ष चढाउने र बली नै दिने हो जो फेरी फिर्ता हुन सकदैन र प्रयोग गर्न मिल्दैन । त्यो वाचा र कबुलभित्र पर्दछ ।
मैले आजका मितिदेखि तिम्रा नाममा यो कुरा समर्पण गरे । अब म यसलाई जीवनमा त्याग्छु भन्ने भावना नै समर्पणको भावना हो । त्यसैले पनि बली पूजा समर्पणमा आधारित पूजा हो । यो जसरी गरिन्थ्यो त्यो त्यसरी नै गरिएको छैन र अब जे जसरी गरिदै छ, त्यो हिजो त्यसरी गरिएको पनि थिएन ।
एउटै ईश्वरले सृष्टि गरेका एउटै प्रकृतिका मानव प्राणी रातो रक्तधारी प्राणी हुन् । एउटा पशु प्राणीको रगत पिएर अर्को मानव प्राणीको रक्षा गर्ने देवी, देवता तथा कुल होला कस्ता ? आफैमा शंका गर्ने ठाउँ प्रशस्त छन् ।
त्यसैले यो कुरा बेलैमा बुझ्न सकियो भने हाम्रो उन्नति, प्रगति होला । अन्यथा देवी देवता र कुल मान्ने र धान्ने नाममा आफ्नै जीवन छोटो गरी तान्नेमा परिणत हुनेमा दुईमत नै छैन । हामी यदि आफ्ना कुल, पितृ, देवी तथा देवता आफू नै सुख,
शान्ति, समृद्धि, यश, कीर्ति, मान, सम्मान, इज्जत र प्रतिष्ठाका लागि मान्दैछौ र पूजा गर्दैछौं भने अर्को प्राणीलाई हत्या किन गर्ने ? के यो संसारमा बाँचने अधिकार सबैलाई समान छैन । संसारका जति पनि चिज वस्तु तथा प्राणी छन् ती सबै नाशवान नै छन् । एकदिन सबै नाश भएरै छाड्ने हो ।
जब प्रकृतिले नै नाशवानको नीति राखेको छ भने उसले दिएको समयभन्दा अगाडि नाश गर्ने अधिकार हामीलाई कसले दियो ? सृष्टिकर्ता र सम्हारकर्ता त यो प्रकृतिमै मौज्दान अग्रीम रूपमै छदैछन् । फेरी पनि किन हामी जान्ने, सुन्ने, मान्ने र बुझ्ने भएका ? जन्मिसकेपछि मृत्यु त सँगसँगै आएको छ ।
फेरी त्यसको मृत्युको कारक हामीलाई बन्न र भन्न किन मन लाग्यो ? हामी कोही कसैको मृत्युको कारक तत्व बन्ने रहर किन जागेर आएको हो ? यदि हामी मानव भएर पनि दानव र आसुरी कर्म गर्ने हो भने त आजको क्रियाकलाप र आजको कर्म ठीक होला ।
यदि त्यसो होइन भने हामी कोही कसैका कुल देवताले बोको बली वा बोकाको रगत माग्ने छैनन् । एक साल वा एक वर्ष परिक्षणकै रूपमा भए पनि बली विनाको देवाली तथा कूलपूजा सम्पन्न गरेर हेरौं त ? त्यसको परिणाम के हुँदो रहेछ ? कसका कूल कराउँदा रहेछन् । कसका कूल खुन पिउँदा रहेछन् ।
यो हामीमित्रको आसुरी शक्ति मात्र हो । हाम्रा कुलमा त्यस्तो कुप्रथाको भावना नै छैन । यदि त्यसो हो भने आज हाी एकपटक बोको चलाएको व्यक्ति फेरी पनि चढाउने अवस्थामा किन जान्छौँ ? एक पटकको बली पूजाले सर्व सम्पन्न हुनुपर्ने होइन र ? किन प्रत्येक कूलपूजामा भाकल र बरदानको आवश्यक ?
यो त नितान्त मौसमी स्वाद र सन्तुष्टिका निमित्त रचिएको जाल, झेलर प्रपञ्चमात्र हो । यदि साँच्चिका कूल हुने भने अब विकृतिको चरम सीमामा पुग्ने बेला यसको असर व्यापक भएर देखिन्छ ।
हिजो, आज र भोलिका लागि सामान्य रहे पनि यो स्थिति र परिस्थिति पर्सीका लागि भने पक्कै पनि सार्थक र सकारात्मक हुनेछैन । किनभने हामीमा बढ्दै गएको आसुरीपनले हाम्रो नै अवनति गराउने छ । हामी कूलका नाममा पिता पूर्खाले नीति र विधिलाई अपनाएनौं भने यो प्रतिकूलतामा परिणत हुनेछन् ।
जब हाम्रा कूल देवता प्रतिकूल देवता बन्ने छन्, त्यतिबेला मात्र हामीमा होस, चेत र आँखा खुल्ने छन् । त्यसैले हामीले यो मंसिर महिनामा आफ्ना कुलदेवता मानिरहदा र कूलदेवता पुजीरहदा हाम्रा कूललाई हाम्रो अनुकूलको बनाउने अभियानमा लागौं र त्यो किसिमको सकारात्मक कर्म गर्न सिकौं र जानौं ।
यदि हाम्रै कर्म र कारणले हाम्रा कूल प्रतिकूल भए भने केवल मंसिर मास, बोकाको नाश भन्ने उखान मात्र बाँकी रहनेछ । त्यो भन्दा बाँकी अर्को उन्नति तथा प्रगति केही पनि हुनेवाला छैन ।
मंसिर महिना हर साल र हर वर्ष आउँछ तर कूलपूजा केवल निश्चित समय र अवधि भित्र मात्र पर्दछ । यसरी बेला र मौकाले हाम्रो अगाडि आउने यो देवाली पर्व वा कूलपूजालाई सभ्य र भव्य बनाउन सबैको ध्यान जानु नितान्त जरूरी छ ।
मंसिरको चिसो र मासुको चासोले कूल पुज्ने नाममा एकै घरबाट ऋण धन गरी सयौं बोका जम्मा गरी रगतको खोला बगाएर बोका काट्ने, ढाल्ने, मार्ने र बली दिने ग¥यौँ भने एकैक्षण यो आत्मसन्तुष्टि भएपनि ती सयौं र हजारौं बलीका बोकाको प्राणले हामीलाई शान्त रहन,
बस्न र खान अवश्य दिने छैनन् । यसैलाई चिनेर, जानेर, बुझेर मानिसले गर्ने मानवीय कर्म गरौं । तर दानवी कर्म नगरौं । हामी पनि बाँचौ र अरूलाई पनि बचाऔं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here