Wednesday, March 27, 2024
Homeफिचरसंस्कृत विश्वविद्यालयको ३४औं वार्षिकोत्सव

संस्कृत विश्वविद्यालयको ३४औं वार्षिकोत्सव

- Advertisement -spot_img

बेलझुण्डी, २६ मंसिर । नेपाल संस्कृत विश्वविद्यालयको ३४औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । बेलझुण्डीस्थित विश्व–विद्याललयको केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
साताव्यापी बिभिन्न प्रतियोगितात्मक खेलकुद तथा साहित्यिक कार्यक्रम आयोजना गरी अन्तमा बुधबार समापन गरिएको थियो ।
मुल आयोजक समिति संयोजक विश्वविद्यालय विद्यापीठका प्राचार्य बंशिधर आचार्यको अध्यक्षता र विश्वविद्यालयका कुलसचिव माधव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्याक्रममा प्रतियोगितामा सफल हुने विद्यार्थीहरुलाई पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले संस्कृत विश्वविद्यालयलाई पूर्वीय ज्ञानको केन्द्रका रुपमा विकास गर्दै जाने बताए । विश्वविद्यालयको शैक्षिक कार्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै स्रोतसाधन सम्पन्न बनाउँदै लगिने उनले बताए ।
कार्यक्रममा विश्व–विद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. डा. भागवतप्रसाद शर्मा, आयुर्वेद अध्ययन संस्थानका डिन प्रा.डा. सञ्जय पोखरेल, परीक्षा नियन्त्रक निलप्रसाद सापकोटा, जनता विद्यापीठका निमित्त प्राचार्य योगराज शर्मा, केन्द्रीय आयुर्वेद विद्यापीठका प्रा.डा. सुनिलकुमार लगायतले विश्वविद्यालयको विकासका लागि विभिन्न सुझाव दिएका थिए ।
कार्यक्रममा विद्यार्थी नेताहरु बिष्णु चौधरी, सर्जन परियार, सागरनाथ अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन हरिबहादुर डिसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here