Thursday, April 25, 2024
Homeसम्पादकीयखेलकुदमा लगानी बढाऊ्

खेलकुदमा लगानी बढाऊ्

- Advertisement -spot_img

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण सकिएको छ । आयोजकको रूपमा नेपालले १३औ संस्करणलाई भब्यरूपमा सम्पन्न मात्रै गराएनन् नेपाल र नेपालको खेलकुद क्षेत्रलाई महत्वपूर्ण स्थानमा पु¥याएको आभास पनि दिलाएको छ ।
नेपाली खेलाडीको खेलप्रतिको उत्साह र नेपालीको खेल मोह पनि यो संस्करणमा स्वर्णीम देखियो । नेपाली खेलाडीको प्रयास र नेपालीको खेलप्रतिको मोहलाई राज्यले संस्थागत गरेर लैजान सकेमा यसको महत्व र औचित्य बढ्दै जाने छ ।
राज्यले बेवास्ता गरेको खेलकुद क्षेत्रमा खेलाडी आफैले गरेको प्रयासले सिङ्गो राष्ट्रलाई चिनाउने प्रस्तुती रहन्छ भने नेपालले अब खेलमैत्री वातावरण बनाउन सक्नुपर्छ । पदक जितेपछि र प्रस्तुती गरे पनि मात्रै खेलाडीलाई सम्मान गर्नुभन्दा उसको प्रतिभालाई बढाउन राज्यले विशेष ध्यान दिन सक्नुपर्छ ।
राज्यले उचित महत्व नदिएको खेलक्षेत्रमा अभाव र असुविधा भोगिरहेको नेपाली खेलाडीले खेलमा समर्पित हुँदै गरेको उपलब्धि साँच्चिकै गर्व गर्न लायक छ । यो सागमा नेपाली खेलाडीले देशको खेल इतिहासमा कीर्तिमान कायम गरेका छन् भने स्वर्णीम युगको थालनी गराई दिएका छन् ।
अन्तर्र्रािष्ट्रय प्रतियोगितामा नेपालले पहिलोपटक ५१ स्वर्ण पदक जितेको छ । यसले नै नेपाललाई अहिले उचो बनाएको छ । नेपालभन्दा भारतले बढी पदक जित्यो । त्यो स्वभाविक पनि छ । नेपालमा हुने खेल क्षेत्रको लगानी र भारतमा दिइने महत्व आकास जमिन जस्तै छ । नेपाली खेलाडीको उपलब्धि प्रशंसनीय छ ।
सबै खेलाडी स्याबासीका पात्र भएका छन् । प्रतियोगिताका लागि खटिने सबै यसका भागेदार हुन् । तर प्रतियोगितामा सहभागी हुनेहरूको उपहारमा करोडौं खर्च गर्ने तर प्रतियोगितामा सहभागी हुने खेलाडीले जुत्ता र खेलका लागि आवश्यक सामग्री सहज बनाउने अवस्था आउनु राम्रो होइन ।
यो अवस्था राज्यले खेललाई कम महत्व दिदा भएको हो ।पछिल्लो समय खेलको महत्वलाई बुझेर स्थानीयस्तरमा केही प्रयासहरू भएका छन् । पालिका वडाहरूमा समेत खेलप्रतिको महत्व जगाउन र बुझाउन प्रतियोगिताहरू हुनु राम्रो पक्ष छ । तर प्रतियोगिताले मात्रै पनि खेल क्षेत्र अघि बढ्न सक्दैन होला ।
यसतर्फ पनि ध्यान दिएर सम्भावना बोकेका खेलाडीहरूलाई राज्यले विशेष ध्यान दिएर खेलकुदलाई महत्व दिन सक्नुपर्छ । सागमा नेपाली खेलाडीले जितेका पदक गनेर बस्नुभन्दा राज्यले त्यो हैसियत कसरी कायम राखिरहने र अझ बलियो बनाउने भन्ने विषयमा पनि सोच्न र त्यही अनुसारका गतिविधि सञ्चालन गर्न जरूरी देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here