Saturday, March 23, 2024
Homeफिचरसकियो हिंसाविरूद्धको १६ दिने अभियान

सकियो हिंसाविरूद्धको १६ दिने अभियान

- Advertisement -spot_img

प्रदेश टुडेङ, २५ मंसिर । जिल्लामा शुरू गरिएको लैंगीक हिंसाविरूद्धको १६दिने अभियान सकिएको छ । समानताको पुुस्ताः बलात्कार विरूद्धको ऐक्यवद्धता भन्ने नाराका साथ मंसिर ९ गतेदेखि जिल्लामा अभियान शुरू भएको थियो ।
भियानको उद्घाटन प्रभातफेरि कार्यक्रम गरेर सुुरूवात गरिएको थियो । अभियानमा जिल्लाभर सञ्चालन भएका लैंगीक हिंसाविरूद्धका कार्यक्रम र त्यसको प्रभावकारितामा छलफल भएको थियो ।
अभियानभर पालिका र विभिन्न संघसंस्थाले गरेका कार्यक्रमको बारेमा रिपोर्टिङ गरेका थिए । लैंगीक हिंसाविरूद्धको १६दिने अभियान, जिल्ला मुल समारोह समिति दाङका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको समापन कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बा चौधरी,
बगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ती, घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमख मोतीकुमार विश्वकर्मा, बगलाचुली गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख पार्वती राना, ओरेक संस्थाका सविता चौधरी, अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्चका शिव घर्तीले अभियानभरमा आफूहरूले गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र महिला मानवअधिकार रक्षक सञ्जालका सचिव लक्ष्मी आचार्यले लैंगीक हिंसा न्यूनीकरणको लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको भन्दै कार्यक्रमलाई आगामी दिनहरूमा निरन्तरता दिन आग्रह गरेका थिए ।
पालिका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासन, जिल्ला समन्वय समितिका सदस्यहरू र संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता भएको कार्यक्रमको सहजीकरण मुल समारोह समिति सदस्य तथा मानव अधिकार सञ्जाल दाङका संयोजक केशव कुमार शर्माले गरेका थिए । त्यस अवसरमा विश्व मानवअधिकार दिवससमेत मनाइएको थियो ।

हिंसामुक्त समाज निर्माणमा जोड

यसैबीच हिंसामुक्त समाज निर्माणका लागि घरबाटै शुरूवात गर्नुपर्नेमा एक कार्यक्रममा सहभागीले बताएका छन् । लैंगीक हिंसाविरूद्धको १६ दिने अभियानको समापनको अवसरमा तुलसीपुर उपमहानगरपालिका–१ भमकेमा भएको कार्यक्रमका सहभागीले महिला र पुरूषबीच देखिएको भेद्भाव अन्त्यका लागि व्यक्ति सचेत रहनु्पर्नेमा जोड दिएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका–१ व्यवस्थापन र विभिन्न सरोकारवाला सामाजिक संघ संस्थाको समन्वयमा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले महिला वा पुरूष कोही पनि हिंसामा पर्न नहुने भन्दै हिंसाविरूद्धका आवाजका लागि स्वयम् व्यक्ति सचेत हुनुपर्ने बताए । शिक्षित समाजको निर्माण हुँदै गएपनि विभेद कायमै रहेकाले छोराछोरीबीचको विभेद अन्त्य गर्न आमाबुवा नै सचेत रहनुपर्ने बताए ।
कार्यक्रममा भ्यूडहर माविका सहायक प्रधानाध्यापक टोेपबहादुर बुढाथोकी, पिएनके पाठशालाका धर्मेन्द्र भण्डारी, विद्यार्थी प्रविन अर्याल र मोहन केसीलगायतले हिंसामुक्त समाज निर्माणका लागि शिक्षित समाज निर्माणको आवश्यक रहेको बताए । कार्यक्रमको सहजीकरण चिराघाट प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक भरतनाथ योगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here