- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरपत्रकारलाई आँखा सुरक्षा शिक्षा

पत्रकारलाई आँखा सुरक्षा शिक्षा

- Advertisement -spot_img

तुलसीपुर, २५ मंसिर । अन्धोपन निवारणका लागि दाङका पत्रकारलाई आँखा सुरक्षा शिक्षा प्रदान गरिएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज एवं राप्ती आँखा अस्पताल रक्षाचौरले जिल्लामा क्रियाशील पत्रकारलाई आँखा सुरक्षासम्बन्धी शिक्षा प्रदान गरेको हो ।
फेरिदो जीवनशैली र खानपानका कारण आँखामा जोखिम बढ्दै गएकोले पत्रकारलाई आँखा सुरक्षा शिक्षा तालिम प्रदान गरिएको नेपाल नेत्रज्योति संघका नेत्र अधिकृत शालिकराम गौतमले बताए ।
‘आँखामा देखिने समस्याका बारेमा आम नागरिकमा सचेतना फैलाउनका लागि पत्रकारहरूलाई आँखा सुरक्षा तालिम प्रदान गरेका हौँ’ उनले भने– ‘पत्रकारका माध्यमबाट नागरिकमा सचेतना फैलन सक्छ ।’
सचेतनाको अभावमा अधिकांश नागरिक आँखाजस्तो संवेदनशील अंगको बारेमा गम्भीर हुन नसकेकाले पत्रकारलाई आँखा सुरक्षा शिक्षा प्रदान गरिएको उनले बताए ।
‘नागरिकलाई सुसूचित बनाउने पत्रकारकालाई आँखामा देखिने समस्याको बारेमा शिक्षा प्रदान गरेका छौँ’ उनले भने–‘नागरिक सचेत हुनसके दृष्टिबिहीन निवारण हुनसक्छ ।’
मंगलबार घोराहीमा आयोजना गरिएको कार्यक्रममा पत्रकारलाई आँखामा देखिन सक्ने समस्या, समाधानका घरेलु उपाय, आँखाको बारमा सचेतना प्रदान गरिएको हो । पत्रकारलाई प्रदान गरिएको आँखा सुरक्षा शिक्षाले नागरिकलाई सुसूचित गराई कोही पनि नागरिकले दृष्टिबिहीन हुनु नपर्ने सहभागीले बताएका छन् ।
कार्यक्रममा गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, बिबिसीको दाङ सम्वाददाता बसुन्धरा गौतम, पत्रकार आरके शितललगायतले आँखामा देखिन सक्ने समस्या र समाधानका उपायका विषयमा जिज्ञासा राखेका थिए ।
पत्रकारको जिज्ञासाको जवाफमा नेत्र अधिकृत गौतमले आँखामा देखिन सक्ने मोतियाविन्दु, जलविन्दु, दृष्टीविन्दु, रतन्धो लगायतका रोगबारे जानकारी दिए ।
उनले आँखा संवेदनशील अंग भएको भन्दै डाक्टरको सल्लाहबिना औषधि प्रयोग गर्न नहुने बताए । समयमै उपचार हुनसके आँखामा दृष्टि गुमाउनुपर्ने अवस्था नआउने भन्दै उनले बढीभन्दा बढी सतर्क हुन आग्रह गरे ।
उनका अनुसार साविकको राप्तीमा अन्धोपनको समस्या कमी हुँदै गएको छ । नेत्र अधिकृत गौतमले मधुमेह रोगबाट ग्रस्त नागरिकले आँखाको सुरक्षाका लागि कम्तिमा ६/६ महिना र अन्य सामान्य नागरिकले वर्षमा एकपटक आँखा जाँच गर्नुपर्ने बताए ।
खानपानका र फेरिदो जीवनशैलीका कारण आँखाका समस्या बढ्दै गएपनि आँखा उपचारमा सरकारको लगानी हुन नसकेको उनको भनाइ छ । सन् २०११ मा ०.८७ प्रतिशत अन्धोपनको समस्या रहेकोमा पछिल्लो तथ्यांक अनुसार ०.१३ प्रतिशतमा झरेको छ ।
नेपाल पत्रकार महासंघ दाङका सचिव भूपेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here