- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरगणपति माइक्रो फाइनान्सको वार्षिकोत्सव्

गणपति माइक्रो फाइनान्सको वार्षिकोत्सव्

- Advertisement -spot_img

तुलसीपुर, २५ मंसिर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले तेस्रो वार्षिकोत्सव मनाएको छ । गणपति माइक्रो फाइनान्स वित्तीय संस्थाले वार्षिकोत्सवका अवसरमा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरी आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा उक्त संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नं. १० मा रहेको पशुपति प्राथमिक विद्यालय राइखलियानलाई शैक्षिक तथा खेलकुद सामाग्री विवरण गरेको हो ।
पशुपति प्राथमिक विद्यालयका प्राध्यापक लालबहादुर बुढाथोकीको अध्यक्षता तथा माइक्रो फाइनान्स वित्तीय संस्थाकी शाखा प्रमुख यशोधा चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
पशुपति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम वितरण गर्नुका साथै सोही विद्यालयलाई तीनवटा भलिबल हस्तान्तरण गरेको छ ।
विद्यालयको आर्थिक अवस्था कमजोर भएकोले उक्त विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामग्री हस्तान्तरण गरिएको छ । त्यस्तै, विद्यार्थीलाई विद्यालयको पहुँचमा वृद्धि गर्नुका साथै बालबालिकालाई विद्यालयप्रतिको आकर्षण बढाउनका लागि उक्त सामग्री प्रदान गरिएको हो ।
पशुपति प्राथमिक विद्यालय राइखलियानमा अध्ययनरत विद्यार्थीहरूको आर्थिक अवस्था निकै कमजोर भएकाले त्यहाँ रहेका ३५÷४० जना विद्यार्थीलाई केही राहत होस् भन्ने हेतुले उक्त सामग्री वितरण गरिएको माइक्रो फाइनान्स वित्तीय संस्थाकी शाखा प्रमुख यशोधा चौधरीले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here