- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeविचारदोहोरो जिम्मेवारी प्रमुख कारण

दोहोरो जिम्मेवारी प्रमुख कारण

- Advertisement -spot_img

जिल्लामा यतिबेला लैंगीक हिंसाविरूद्ध १६ दिने अभियान सञ्चालन भईरहेको छ । सामाजिक मूल्य मान्यताका आधारमा हुने विभेदीकरणको अन्त्यका लागि विभिन्न संघसंस्थाका सरोकारवालाहरू यो अभियानमा सक्रिय भएर लागिरहेका छन् । विशेषगरी महिलाका सवालमा काम गर्दै आएका महिला अधिकारकर्मीहरू यो अभियानमा बढी सक्रिय देखिएका छन् । पुरूषको बर्चस्व रहेको समाजले महिलाहरूमाथि विभिन्न हिंसात्मक व्यवहार देखाउँदै आएकाले उनीहरू त्यस्ता गतिविधिविरूद्ध आवाज उठाउँदै आईरहेका छन् । अरूको हक, अधिकार र सम्मानका लागि काम गर्दै आएका कतिपय महिला अधिकारकर्मीहरू स्वयम् आफू पनि हिंसा झेल्दै आएको पाइएको छ । अरूको न्यायका लागि अहोरात्र खटिएर काम गर्ने अभिकारकर्मीहरू नै हिंसामा पर्नुको मुख्य कारण के हो ? किन स्वयम् अधिकारकर्मीहरू हिंसामा पर्ने गरेका छन् ? भनेर विभिन्न क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतसँग आजको प्रदेश टुडेको टुडे राउण्ड टेबलमा कुराकानी गरेका छौं । 


दीपा धिताल
कार्यक्रम प्रबन्धक
महिला पुनस्र्थापना केन्द्र
(ओरेक), दाङ

अधिकारको क्षेत्रमा काम गर्ने प्रायः महिलाहरू दोहोरो जिम्मेवारीका कारण हिंसामा पर्ने गरेका छन् । सबै त्यसो नहोला । तर केही प्रतिशत हिंसा जिम्मेवारीकै कारण हुने गरेको छ । घरपरिवार र पीडितहरूको बीचमा रहेर काम गर्दा निकै समस्या हुने गर्दछ ।
किनभने गाउँ समाज र घरपरिवारले आफ्नो अधिकारसँगै अरूको अधिकारको पनि कदर गर्नुपर्छ भन्ने बुझेको हुँदैन । घर व्यवहारलाई त्यसै छोडेर अरूको लागि आवाज उठाउन जाँदा घर बिग्रिन्छ, गाउँ समाजले नराम्रो सोच्छ भनी काम गर्न नदिने वातावरण एकातिर बनेको हुन्छ भने अर्कोतिर यो कामलाई विशेषगरी ध्यान दिनुहोला भनी मानसिक यातना र धम्की दिनेहरू हुन्छन् ।
काम गर्दै गर्दा तपाईका परिवार पनि छन् नी भन्ने जस्ता धम्कीहरू फोनमा आउने गर्दछन् । उता पीडितले न्याय पाउनुपर्छ भनी दिन रात दुःख झेलिरहेका हुन्छन् । कहिलेकाहीँ काम गर्नुभन्दा पहिले कसैको छोरी, बुहारी सोच्नुपर्ने बाध्यता हुन्छ । घर परिवारलाई समय दिन नसक्दा कि काम रोज, कि घर रोज भन्ने विकल्पहरू खडा हुने गर्दछन् ।
यसका कारणले पनि हामीलाई काममा अवरोध आउने गर्दछ । त्यसैगरी संस्थागत दबाव, राजैनितक दबावमा पनि हामी परिरहेका हुन्छौँ । पैसा र शक्तिको भरमा हामीमाथि बारम्बार अवरोधहरू सिर्जना गरिन्छन्
। तर हामी कसलाई भन्न जाने । अरूको अधिकारका लागि दिनरात फिल्डमा रहेर काम गर्ने व्यक्ति स्वयम् न्याय पाएन भन्दै हिंड्न थालेपछि हिंसामा परेका अन्य पीडितहरूलाई कसले न्याय प्रदान गर्छ ?
पीडकहरूले आफ्ना गल्तीहरू लुकाउन खोज्ने, पीडित न्याय नपाएर मर्नुपर्ने, अधिकारकर्मीहरू अरूको अधिकारका लागि दिनरात सबैको घोचपेच सहनुपर्ने यस्ता विभिन्न कारणहरूले हामीहरूलाई समेत समस्यामा पार्ने गरेको छ ।
विशेषगरी महिलाहरूलाई घर परिवारको जिम्मेवारी पनि बढी हुने भएकाले सबैतिर एकसाथ लैजान समस्या हुन्छ । यसर्थ कतिपय अवस्थामा हामी स्वयम् मानसिक तनावले गुज्रिएका हुन्छौँ । कतिपय अवस्थामा के हुन्छ भने न्याय प्रदान गर्ने सवालमा आसेपासेका कारण समस्या आउँछ । महिला हुन्, उनीहरूसँग जसरी बोलेनी हुन्छ, जस्तो ब्यवहार देखाए पनि हुन्छ भन्ने प्रवृतिका मान्छेहरू आएभने एकदमै समस्या हुन्छ ।
किनभने पिडितलाई न्याय प्रदान गर्नका लागि सबै कानुनी प्रक्रियाहरू मिलाउनुपर्छ । कुनैपनि निकायले भनेको समयमा कामहरू गरिदिँदैनन् त्यसैले समय लाग्ने गर्दछ ।
त्यो समयमा पीडक पक्षले पीडित पक्षलाई रकमको प्रलोभन देखाएर मैले केही भनेकै छैन, मलाई कसैले दुव्र्यवहार गरेको छैन, म हिंसामा परेको छैन, म तपाईलाई चिन्दिन भन्न लगाउँछन् ।
यसले हामीलाई सबैभन्दा धेरै तनावग्रस्त गराउँछ ।महिला भएर अरूको अधिकारका लागि लड्नु पर्दा जोखिमहरू त कति आउँछन् त्यो त भनेर सकिदैन ।
कोही जोखिम प्रत्यक्ष देखिन्छन्, कोही देखिदैनन् । तर कतिपय अवस्थामा यस्ता हिंसाका मुद्दाहरू हुन्छन् जसले हामीलाई समेत अप्ठ्यारोमा पार्ने गर्दछ । कोही महिला जबरजस्ती करणी मुद्दामा न्याय माग्दै आयो भने हामीले त्यसलाई न्याय दिनै पर्छ र दिन्छौँ पनि ।
तर परिवारमा पुनस्र्थापना गर्न जानेबेला यसको जिम्मा तैले लिनुपर्छ, हाम्रो बेइज्जत भयो, घर भाडियो तैले गर्दा भनेर हामीलाई आरोप प्रत्यारोप पनि लगाउनेहरू भेटिन्छन् । यसले हामीलाई एकदमै समस्या पार्ने गर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here