- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमनोरञ्जनबालापुरमा सुनाखरी सिकाइ मेला हुने

बालापुरमा सुनाखरी सिकाइ मेला हुने

- Advertisement -spot_img

तुलसीपुर, २४ मंसिर । मावि बालापुर दाङमा पुस ११ गते प्रदेशस्तरमै पहिलो पटक सुनाखरी सिकाइ मेला हुने भएको छ । शिक्षण सिकाइ मेलाको तयारीलाई विद्यालयले तिव्र पारेको जनाएको छ ।
प्रदेश नम्वर ५ मा पहिलो पटक पश्चिम दाङका सामुदायिक विद्यालय बालापुरमा सुनाखरी सिकाइ मेला सञ्चालन गर्न लागिएको हो ।
शैक्षिक मेलाको माध्यमबाट सिक्ने र सिकाउने प्रयोगात्मक विधिलाई सवलीकरण गर्दै बलियो शैक्षिक सञ्जाल निर्माण गरी विद्यार्थी र शिक्षकलाई सिक्ने सिकाउने प्रक्रियामा सहभागी हुन खुल्ला अवसर प्रदान गर्ने मावि बालापुुरका प्रधानाध्यापक सुवर्णकुमार लामिछानेले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका नौवटा विद्यालय आयोजक र उपमहानगरपालिकाभित्रका १ सय ३९ वटा सामुदायिक तथा निजी विद्यालयको उक्त शैक्षिक मेलामा सहभागिता हुने तयारी समितिका सन्तोष लम्सालले जानकारी दिए ।
साँढे ३ लाख खर्चको लागत अनुमान गरिएको मेलामा ५० शैक्षिक स्टल निर्माण गरिने छ । ती स्टलमा दिगो विकास लक्ष्यका सूचक, विद्यार्थीहरूले बनाएका सामाग्री, कलेज बिफ्रिङ, वित्तीय संस्थाको जानकारी लगायत साँस्कृतिक कार्यक्रम र प्यानल डिस्कर्सन कार्यक्रमसमेत गरिने मावि बालापुरका शिक्षक निर्मल नेपालीले बताए ।
मुल तयारी समितिले सोमबार मावि बालापुरमा सुनाखरी सिकाइ मेलाका सल्लाहकारहरूलाई तयारीका बारेमा जानकारी गराएको थियो । तयारी मुल समितिका सल्लाहकार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष राजु आचार्य,
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर वली, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव एवं पत्रकार सुशील बस्नेत, त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात समितिका अध्यक्ष सुरेश हमाल, लायन्स क्लव अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसीलगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here