- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरपीडितले न्याय नपाएको गुनासो

पीडितले न्याय नपाएको गुनासो

- Advertisement -spot_img

तुलसीपुर, २३ मंसिर । तुलसीपुरमा हिंसा प्रभावित व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको छ । समाजमा रहेका विभिन्न मूल्य, मान्यता र पारिवारीक समस्याका कारण हिंसामा परेका व्यक्तिहरूसँग उनीहरूको समस्या, अवस्था र समाधानका विषयमा छलफल गरिएको हो ।
हिंसा पीडित व्यक्तिसँग गरिएको एकदिने छलफल तथा अन्तरक्रिया कार्यक्रममा हिंसा पीडित व्यक्तिहरूले सहज तरिकाले न्याय पाउन नसकेको गुनासो गरेका छन् । न्याय पाउने आसाले पटक–पटक न्यायलयसम्म पुग्दा पनि आफूहरूले न्याय पाउन नसकेको उनीहरूले बताएका छन् ।
आइतबार लैंगीक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत सञ्चालन गरिएको उक्त छलफलका अवसरमा उनीहरूले पीडितहरूका लागि बनाईएका कानुनहरू कार्यान्वयन हुन नसक्दा आफूहरूले अझै पनि न्याय पाउन नसकेको गुनासो गरेका हुन् ।
विभिन्न कारणले पटक–पटक हिंसामा पर्दै आएका व्यक्तिहरूले आफूहरूले अहिलेसम्म न्याय पाउन नसकेको बताएका छन् । सामाजिक मूल्य, मान्यता र पारिवारीक समस्याका कारण घरेलु हिंसा झेल्दै आएका उनीहरूले स्थानीय सरकारले सहज वातावरणमा न्याय प्रदान गर्नुपर्ने बताएका छन् ।
आफूहरू सबैभन्दा धेरै घरेलु हिंसामा पर्ने गरेको बताउँदै सहभागीहरूले आफूहरूका लागि बनेका ऐन नियमहरू पूर्णरूपमा कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।
यस्तै छलफलले निर्माण भएका कानुनहरूको कार्यान्वयनमा समस्या भएको निष्कर्ष निकालेको छ । कुनै पनि व्यक्तिहरूलाई हिंसामा परेमा घटना न्यायीक समितिमा जाने भएपनि अदालतसम्म पुगेका घटनाहरू फैसला भएपछि कानुनलाई कार्यान्वयन गर्न समस्या भएको अधिकारकर्मी, न्यायीक समितिका व्यक्तिहरूको भनाई छ ।
त्यसैगरी बालविवाह र बहुविवाहकै कारण महिलाहरूले शारीरिक, मानसिक, पारिवारीक र संवेगात्मक समस्या झेल्नु परेको महिला अधिकारकर्मीहरूले बताएका छन् ।
उनीहरूले सानै उमेरमा विवाह गर्दा शिक्षा, स्वास्थ्य, रोजगार तथा विभिन्न अवसरबाट बञ्चित भई घरेलु हिंसामा पर्ने भन्दै बालविवाह नगर्न सुझाव दिएका छन् ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका न्यायीक समिति, महिला तथा बालबालिकका शाखा, मौरी होम र फेडो दाङको आर्थिक सहयोगमा हिंसामा परेका महिला तथा बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको छ । न्यायीक समिति सदस्य जानकी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महिला वडा सदस्य,
न्यायीक समितिका सदस्य, कार्यपालिका सदस्य, पत्रकार, हिंसा पीडित महिला तथा बालबालिकालगायतको सहभगितामा रहेको थियो ।
महिला विकास अधिकृत विष्णु आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here