- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeखेलकुदसाग फुटबल, नेपाल फाइनलमा प्रवेश

साग फुटबल, नेपाल फाइनलमा प्रवेश

- Advertisement -spot_img

काठमाडौँ, २३ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १/० गोलले पराजित गर्दे फाइनल प्रवेश गरेको हो ।
खेलको ११औं मिनेटमा नेपालका सुनिल बलले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । अब यसअघि नै फाइनल प्रवेश गरेको भुटानसँग नेपालले २४ गते फाइनल खेल्नेछ । फाइनल खेल्ने भुटानलाई नेपालले यसअघि नै ४/० गोलले पराजित गरेको थियो भने श्रीलंकासँग १/१ को बराबरी खेलेको थियो ।
त्यसैगरी माल्दिभ्सलाई आइतबार २/१ गोलले पराजित गरेको थियो । फाइनलमा नेपाललाई पराजित गर्दै पहिलो सागमा स्वर्ण जित्ने अवसर भुटानलाई हुनेछ भने नेपाललाई लगातार फुटबलम दोस्रो स्वर्ण जित्ने अवसर छ । तीनमा जित र एकमा बराबर गर्दै नेपाल १० अंकसहित अंक तालिकाको पहिलो स्थानमा छ ।

संस्करणको पहिलो रेड कार्ड

बंगलादेशका कप्तानसमेत रहेका ६ नम्बर जर्सीका खेलाडी जमाल बुयानले रेड कार्ड पाएका छन । यो १३ औं सागको पहिलो रेड कार्ड पाएका छन् । उनले रेफ्रीमाथि नै हातपातको प्रयास गरेका थिए । आइतबारसम्म नेपालले ४५ स्वर्णसहित १४९ पदक जितेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ भने भारत ११४ स्वर्ण सहित २२२ पदकका साथ पहिलो स्थानमा रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here