- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरलैंगीक नीतिमा बहस

लैंगीक नीतिमा बहस

- Advertisement -spot_img

घोराही, २३ मंसिर । घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले लैंगीक समानता कायम गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
घोराही उपमहानगरको सहकार्यमा महिला पुनस्र्थापना केन्द्र ओरेक दाङले लैंगीक समानताका नीतिका विषयमा आयोजना गरेको दुईदिने कार्यक्रममा जनप्रतिनिधिहरूले लैंगीक समानताका लागि प्रतिवद्ध रहेको बताएका हुन् ।
नगरले लैंगीक समानताका लागि महिला, बालबालिका, जेष्ठ नागरिक, युवाको अधिकार र पहुँचमा सुनिश्चितता गर्न विभिन्न खाले कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । साथै शिक्षा र स्वास्थ्यमा सबैको सहज पहुँचका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको उपमहानगरको भनाइ छ ।
नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले लैंगीक समानताका विषयमा उपमहानगर संवेदनशील रहेको जानकारी दिए । नगरले महिला हिंसा नियन्त्रित र बालमैत्री नगर बनाउन कार्यक्रमहरू कार्यान्वयनमा लगेको उनले उल्लेख गरे ।
साथै सबैको स्वास्थ्यमा पहुँच पु¥याउन सबै वडाहरूमा स्वास्थ्य केन्द्र, खोप केन्द्र स्थापना र जेष्ठ नागरिकहरूलाई घरमै पुगेर स्वास्थ्य जाँचका कार्यक्रमहरू सञ्चालन गरेको समेत जानकारी दिए ।
सुत्केरी, सिकलसेल ऐनिमिया र थाल्सेमियाका बिरामीलाई रगत र मोतियाबिन्दु भएकाको निःशुल्क अप्रेशन गर्ने व्यवस्था गरेको समेत उपमहानगरले जनाएको छ । छलफल कार्यक्रममा सहभागी वडा अध्यक्षहरू, शाखा महाशाखा प्रमुख र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले लैंगीक समानताले मात्रै सामाजिक विकास हुने निष्कर्ष निकालेका छन् ।
कार्यक्रममा महिला मानवअधिकार रक्षकहरूको सञ्जाल दाङका निवर्तमान अध्यक्ष शुष्मा गिरीले लिङ्गको आधारमा हुने विभेदको अन्त्य र अधिकारमा पहुँच सुनिश्चित भए मात्रै समृद्ध समाज बनाउन सकिने उल्लेख गरिन् ।
त्यसैगरी, ओरेकका जिल्ला संयोजक ईश्वरी थापाले लैंगीक समानताको सुनिश्चित गर्न सरकारले लैंगीक नीति बनाएर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here