- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरमावि रझेनाको भवन उद्घाटन

मावि रझेनाको भवन उद्घाटन

- Advertisement -spot_img

घोराही, २२ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित माध्यमिक विद्यालय रझेनामा निर्माण भएको सभाहलसहितको भवनको उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले भवनको शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको ४० लाख र विद्यालयको २२ लाख गरी ६२ लाख रूपैयाँको लागतमा २ सय ५० जना अट्ने हल, अन्य दुईवटा कोठा, शौचालय र फर्निचर निर्माण र खरिद गरिएको विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोख्रेलले सामुदायिक विद्यालयलाई सिकाइ केन्द्रका रूपमा विकास गर्न जरूरी रहेको बताए ।
सधै आलोचना खेप्दै आएका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा बृद्धि गर्न शिक्षकहरूमा मेहनत र अभिभावकमा विश्वास हुन आवश्यक रहेको उल्लेख गरे ।
मावि रझेना नमूना विद्यालयका रूपमा अघि बढेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले गुणस्तरीय र व्यवहारीक शिक्षामा ध्यान दिन सुझाव दिए । विद्यालयका पूर्वाधारसँगै विद्यार्थी संख्या र शिक्षामा गुणस्तरीयताको तारतम्य मिल्नुपर्ने धारणा राखे ।

निःशुल्क सेनेटरी प्याड

यसैबीच माध्यमिक विद्यालय रझेना दाङले निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको छ । छात्राहरूलाई महिनावारी हँुदा समस्या हुने र विद्यालयमा समेत अनुपस्थित हुने भएका कारण विद्यालयले निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको हो ।
सरकारले विद्यालयहरूमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने नीति ल्याएसँगै माध्यमिक विद्यालय रझेनाले कार्यान्वयनमा ल्याएको हो । विद्यालयले सेनेटरी भेन्डिङ मेसिन खरिद गरेको छ । जुन मेसिनमा ५० वटा प्याड अट्ने र सिक्काको प्रयोगमार्फत निकाल्न सकिने व्यवस्था मिलाइएको मेसिन बिक्री गर्ने बराह सप्लायर्सले जानकारी दिएको छ ।
८५ हजार मूल्यको मेसिन विद्यालयमा उपलब्ध गराएको सप्लायर्सका सञ्चालक धिरज पौडेलले जानकारी दिए । निःशुल्क प्याडको व्यवस्था भएसँगै छात्राहरूलाई सहज हुने प्रधानाध्यापक उद्धव न्यौपानेले बताए ।
मुख्यमन्त्री शंकर पोख्रेल र घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सीता सिग्देल न्यौपानेको उपस्थितिमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here