Friday, April 19, 2024
Homeफिचरप्रदेश सांसद ओलीलाई ज्ञापन पत्र

प्रदेश सांसद ओलीलाई ज्ञापन पत्र

- Advertisement -spot_img

घोराही, २२ मंसिर । प्रदेश सांसद विमला ओलीलाई बबई गाउँपालिका–१ गंगटेका स्थानीयले १७ बुँदे माग पेश गरेका छन् । निर्वाचित भएपछि पहिलो पटक गंगटे पुगेकी ओलीलाई गंगटेका स्थानीयले विकासको माग गर्दै १७ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
मतदाता भेट्न पुगेकी ओलीसँग स्थानीयले बधाई ज्ञापन गर्दै विकास निर्माणमा जुट्न आग्रह गरेका थिए । उनीहरूले प्रदेश सांसद ओलीसँग तुलसीपुर–हापुरे हँुदै गंगटे भएर बाँकेको कोहलपुर पुग्ने श्रीमणि मार्ग निर्माण, टेलिफोन, विद्युत विस्तार, विद्यालयको स्तरोन्नती, ऐलानी जग्गाको ब्यवस्थापन र लालपूर्जा वितरण, खानेपानी, सिंचाईको ब्यवस्थापनको माग गरेका हुन् ।
निर्वाचनको समयमा गरेका बाचा मतदाताले पूरा गरेको बताउँदै उनीहरूले अब स्थानीयतहको विकास र जनताको अपेक्षा पूरा गर्न आग्रह गरेका थिए । प्रदेश सांसद ओलीले अहिले मतदातालाई धन्यवाद दिन गाउँ–गाउँ पुग्न पुगेकी छन् । गत मंसिर १४ गते भएको निर्वाचनबाट नेकपाको तर्फबाट ओली विजयी भएकी हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here