- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरसुकिदहमा महोत्सवको तयारी तिव्र

सुकिदहमा महोत्सवको तयारी तिव्र

- Advertisement -spot_img

तुलसीपुर, २१ मंसिर । तुलसीपुर–४ सुकिदहमा हुने महोत्सवको तयारी तिव्र पारिएको छ । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन लाग्ने मेला यस वर्ष २६ गते परेको छ । परम्परा गत लाग्दै आएको मेलालाई स्थानीय सरकार आईसकेपछि पहिलो यस पटक वडा कार्यालयले महोत्सवको आयोजना गर्न लागेको छ ।
सुकिदह मेलाको ऐतिहासिक महत्व भएकाले यस वर्ष महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् । सुकिदहको महत्व र विशेषता भएकाले यसलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष राणाले बताए ।
मुल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष रानाले महोत्सवसँगै वडा अध्यक्ष कपको पनि आयोजना गरिएको जानकारी दिए । त्यसका लागि विभिन्न उपसमिति गठन गरी अहिले तयारी तिव्र रुपमा अगाडी बढाईएको उनले बताए । फिल्ड व्यवस्थित, प्रचारप्रसार, खेलकुदको तयारीलगाएतका कामहरु भईरहेको छ ।
कार्यक्रममा भलिवल, बक्सिङ प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, झाँकी जुलुस प्रदर्शन हुनेछन् । साँस्कृतिक कार्यक्रममा आगन्तुक भन्दा विशेषगरी स्थानीय कला र संस्कृतिलाई प्राथमिकता दिईने आयोजकले बताएको छ । सुकिदहमा वर्षातको समयमा पानीको तलाउ हुने गर्दछ भने हिउँदमा उक्त तलाउ सुक्ने गर्दछ । त्यहाँ अहिले तलाउ वरपर तारबार गरेर संरक्षण गरिएको छ ।
यसैबीच मेलामा मदिरा सेवन गरी अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने र अशान्ति फैलाउनेजस्ता गतिविधि हुन सक्ने भन्दै शान्ति सुरक्षालाई मध्यनजर गदै महोत्सवमा मदिरा बेचविखन गर्न रोक लगाईएको वडा अध्यक्ष बालकृष्ण राणाले बताए ।
उनका अनुसार महोत्सव अवधिभर मदिरा निषेध गरिने छ । विगतका बर्षमा मदिरा बिक्री वितरण भएपनि यस वर्षको मेलामा मदिरा बिक्रि वितरणमा रोक लगाईएको छ । विगतका वर्षमा एकदिन र एक रात मेला लाग्ने गरेपनि यस वर्ष भने शान्ति सुरक्षालाई ध्यानमा राखेर एकदिन मात्र महोत्सवको आयोजना गरिने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here