- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरकामकोे मूल्याङ्कन भएन्

कामकोे मूल्याङ्कन भएन्

- Advertisement -spot_img

तुलसीपुर, २० मंसिर । तुलसीपुर उपमहानगरपालिका–६ निवासी देवा बस्नेतले महिला स्वास्थ्य स्वयम्सेविकाको रूपमा काम गर्न थालेको १३ वर्ष भयो । स्वस्थ समाज निर्माणका लागि स्वयम्सेविका भएर काम गर्न थालिन् । काम गर्दै जाँदा उनले स्वास्थ्य क्षेत्रमा थुप्रै परिवर्तन गरिन् । काममा लामो सेवा हुँदा पनि सरकारले न कुनै शुल्क दिन सकेको छ न त सम्मान नै ।
सरकारले प्रदान गर्ने सेवा सुविधा सुन्य भएकै कारण परिवारले समेत काममा प्रोत्साहन नदिदा थप समस्या हुने गरेको उनको अनुभव छ । ‘निःशुल्क रूपमा अहोरात्र काम गर्नुको पीडा त छँदै छ’ उनले भनिन्– ‘आम्दानी सुन्य तर कामको चाँप हुँदा घरपरिवारबाट समेत विभिन्न प्रश्नहरू आउने गर्दछन् ।’
त्यसैगरी वि.सं २०५१ सालदेखि स्वयम्सेविकाको रूपमा काम गर्दै आएकी राधादेवी न्यौपानेले सरकारले प्रोत्साहन भत्ता लागू गर्न जरूरी रहेको बताउँछिन् । काम गर्दै गर्दा घरपरिवारबाट समेत विभिन्न गालीगलौचहरू सुन्नुपर्ने भन्दै उनले राज्यले महिला स्वयम्सेविकाहरूलाई काम अनुसारको पारिश्रमिक उपलव्ध गराउनुपर्ने माग राखिन् ।
‘गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य प्रवद्र्धनमा मध्य भूमिका भन्ने मुल नाराका साथ मनाईएको उक्त कार्यक्रममा अन्य सहभागी स्वयंसेविकाहरूले आफूहरूले गरेको कामलाई स्थानीय सरकार र संघीय सरकारले कुनै मूल्याङ्कन नगरेको बताएका छन् ।
बढ्दो महंगीमा निःशुल्क काम गर्नु पारिवारीक, आर्थिक, सामाजिक र मानसिक समस्याहरू झेल्नुपरेको बताउँदै उनीहरूले यस विषयमा सरकारले समयमै सोच्नु पर्ने उनीहरूको माग गरेका छन् ।
सरकारले स्वयम्सेविकालाई प्रदान गर्ने सेवा सुविधाहरू न्यून हुँदा समाजले आफूहरूलाई हेर्ने दृष्टिकोण समेत फरक रहेको उनले बताइन् । महिलाहरूको गर्भावस्थादेखि बच्चाको स्याहारमा निरन्तर लाग्नुपर्ने, गाउँ समाजमा कोही बिरामी परे रातमा उनीहरूको उपचारमा लाग्नुपर्ने, भोक, प्यास, निद्रा केही नभनी निःशुल्क रूपमा अरूको सेवा गर्ने,
भिटामिन तथा विभिन्न रोगबाट बचाउनका लागि खोपहरू लगाईदिने, गाउँघरको स्वास्थ्य अवस्थाको प्रतिवेदन तयार गराउनु पर्ने, तथ्याङ्क संकलन गर्नुपर्ने, परिवार नियोजनसम्बन्धी सल्लाह, सुझाव र आवश्यक सामाग्रीहरू उपलव्ध गराउने लगायतका कामहरू गर्दा अहिलेसम्म कुनैपनि पारिश्रमिक उपलव्ध नभएको उनको भनाइ छ ।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा रहेर काम गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकाहरूले सरकारले आफूहरूको कामलाई उच्च मूल्याङ्कन गर्न नसकेको गुनासो गरेका छन् ।
अहिलेसम्म आफ्नो काम अनुसार प्रोत्साहन मिल्न नसकेको बताउँदै उनीहरूले आफ्नो काम अनुसारको सम्मान र पारिश्रमिक उपलव्ध गराईदिन सरकार समक्ष माग गरेका छन् । स्वयम्सेविकाहरूले स्वास्थ्यकर्मी सरह काम गर्ने गरेको भएपनि सरकारले आफूहरूलाई दिने सेवा सुविधा र सुरक्षा व्यवस्था शुन्य रहेको उनीहरूले भनाइ छ ।
बिहीवार १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवसका अवसरमा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफूहरूकै कारण नेपाल विश्व स्वास्थ्य संगठनबाट समेत पुरस्कृत हुन सफल भएको भन्दै सरकारले आफूहरूको मेहेनत, लगनशीलता र काम अनुसारको पारिश्रमिक र सेवासुविधाहरू उपलव्ध गराउनुपर्ने माग राखेका छन् ।
तुलसीपुर नगरस्तरीय स्वास्थ्य स्वयम्सेविका समूहकी अध्यक्ष रेखा रोकाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक प्रमुख सूर्यबहादुर डाँगी, स्वास्थ्य समिति संयोजक राजु आचार्य, डुरूवा स्वास्थ्य चौकीका इञ्चार्ज बसन्त आचार्य, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विष्णु आचार्य,
हलवार स्वास्थ्य चौकी इञ्चार्ज विष्णुकुमार गिरी, ओरेक दाङका संयोजक ईश्वरी थापालगायतले समाज परिवर्तनमा महिला स्वास्थ्य स्वयम्सेविकाले महत्वपूर्ण भूमिका खेलेको र उनीहरूको कामको मूल्याङ्कन गर्न जरूरी रहेको बताए ।
स्वयम्सेविका राधा बस्यालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण देवा बस्नेतले गरेकी थिइन् भने जनस्वास्थ्य निरीक्षक विमल केसीले स्वयम्सेविकाहरूले गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम जनस्वास्थ्य प्रवद्र्धन महाशाखा तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका महिला स्वास्थ्य स्वयम्सेविका समूह र ओरेक दाङको सहकार्यमा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here