- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरलागूऔषधसहित दुई पक्राउ

लागूऔषधसहित दुई पक्राउ

- Advertisement -spot_img

सल्यान, २० मंसिर । सल्यानमा साढे २ किलो प्रतिवन्धित लागूऔषध अफिमसहित सल्यानमा दुईजना व्यक्ति पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरी निवासी २८ बर्षीय झक्कुप्रसाद बोहरा र बागचौर नगरपालिका वडा नम्बर १० पिपलनेटा निवासी ४५ बर्षीय टेकमप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको हो । अफिमको ओसारपसार र कारोवार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरियको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
पश्चिम रूकुमबाट काठमाडौँतर्फ जाँदै गरेको सिस्ने हिमाल यातायात प्रालिको ना ५ ख ४९९५ नम्वरको बसबाट मंसिर १५ गते अफिमसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् ।
राप्ती राजमार्गअन्तर्गत सल्यानको बागचौर नगरपालिका वडा नम्बर ५ बाङ्गेलाखुरीबाट दाङतर्फ जाँदै गरेको उक्त बस गोप्य सूचनाका आधारमा खानतलासी गर्दा लागूऔषध अफिमसहित उनीहरू पक्राउ परेको डिएसपी खतिवडाले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here