- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरलैंगीक हिंसाविरूद्ध कार्यक्रम

लैंगीक हिंसाविरूद्ध कार्यक्रम

- Advertisement -spot_img

सल्यान, २० मंसिर । सचेतनामूलक गीत, ¥याली तथा अन्तरक्रियासहित सल्यानमा लैंगीक हिंसाविरूद्धको १६ दिने अभियान मनाइएको छ । जिल्लाको कपुरकोटमा अभियानअन्तर्गत बिहीबार गन्धर्व समाज प्यूठानका कलाकारहरूले महिला हिंसा अन्त्यका लागि सांगीतिक प्रस्तुती राखेका थिए ।
यस्तै आमा समूह, महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, प्रहरीसहितको ¥याली महिला हिंसाविरूद्ध नारा लगाउँदै बजार परिक्रमा गरेको थियो ।
साथै बिहीबार नै महिला स्वास्थ्य स्वयम्सेविका दिवस पनि स्वयम्सेविकाहरूलाई सम्मान गरेर मनाईएको स्वास्थ्य शाखा कपुरकोटका संयोजक अरूण दाहालले बताए । ¥याली पश्चात् भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले महिला भएकै कारणबाट हुने विभिन्नखाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक,
मानसिक तथा यौनिक यातनाहरू र दुव्र्यवहार अन्त्यका लागि आफूहरूले नियमित रूपमा कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाए । स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयम्सेविकाहरूको योगदानको प्रशंसा गर्दै अध्यक्ष सेनले प्रोत्साहन स्वरूप आफ्नो गाउँपालिकाले स्वयम्सेविकाहरूलाई मासिक एक हजार रूपैयाँ उपलब्ध गराईरहेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले बढीजसो महिलाहरू घरेलु हिंसामा पर्ने गरेको जनाउँदै पछिल्लो समय पुरूषहरू पनि हिंसामा पर्ने गरेको बताइन् ।
उनले न्यायीक समितिमा आएका ७० वटा उजुरीहरूमध्ये दुईवटा पुरूष पनि पीडित रहेको उजुरी आएको जानकारी गराइन् । हिंसा सहेर बस्न नहुने जनाउँदै न्यायीक समिति संयोजकसमेत रहेकी बुढा मगरले वडा कार्यालय वा गाउँपालिकामा आएर उजुरी गर्न अनुरोध गरिन् ।
सिनियर अहेव देवेन्द्र कुमार सेनले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष मिनबहादुर सेन, महिला स्वास्थ्य स्वयम्सेविका रामकुमारी सेन, विद्यार्थी विष्णु बुढाथोकीलगायतले बोल्दै महिला हिंसाका पीडकको संरक्षण हुने कार्य कसैबाट हुन नहुने कुरामा जोड दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here