Wednesday, March 27, 2024
Homeमुख्य खबरशाहको निधनप्रति शोक व्यक्त

शाहको निधनप्रति शोक व्यक्त

- Advertisement -spot_img

तुलसीपुर, २० मंसिर । तुलसीपुर उपमहानगरपालिकाका संस्थापक उपप्रमुख प्रदिप शाहको निधनप्रति नगरप्रमुख घनश्याम पाण्डेले शोक व्यक्त गरेका छन् । तुलसीपुरलाई विकासको बाटोमा अगाडि बढाउनका लागि शाहको महत्वपूर्ण योगदान रहेको स्मरणसमेत उनले गरेका छन् । शोक वक्तव्य जारी गर्दै नगरप्रमुख पाण्डेले शाहको निधनले तुलसीपुरको विकासको महत्वपूर्ण खम्बा ढलेको उल्लेख गरेका छन् ।
‘उहाँले तुलसीपुरको विकासमा दिनुभएको योगदान हामी सबैका लागि स्मरणीय रहेको छ’ वक्तव्यमा उल्लेख छ । तुलसीपुरको विकासको पहिलो ढोका खोल्ने व्यक्तिका रुपमा चित्रित गर्दै शाहको योगदानलाई उपमहानगरबासीले सदैव स्मरण गरिरहने समेत उल्लेख गरिएको छ । विज्ञप्तिमा शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here