- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयअपराध न्यूनीकरणमा जुटौं

अपराध न्यूनीकरणमा जुटौं

- Advertisement -spot_img

नेपालमा पछिल्लो समय अपराधिक गतिविधि बढ्दै गएको छ । समाज शिक्षित बन्दै गएपनि झनपछि झन अपराधिक क्रियाकलाप बढ्दै गएको देखिन्छ । दोषीलाई कानुनी दायरामा ल्याउन कडा कानुन पनि बनेको छ तर अपराधिक क्रियाकलाप पनि उत्तिकै बढ्दै गएका छन् ।
बढ्दो सूचना प्रविधिको गलत प्रयोगले पनि अपराधिक क्रियाकलाप बढ्ने गरेका छन् । समाजमा अपराध बढ्दै गएपछि दोषीलाई सजाय दिने कारागार पनि भरिदै जान थालेका छन् । दाङमा दुई कारागार घोराही र तुलसीपुरमा झण्डै आठसय कैदीबन्दीले कैद भुक्तान गरिरहेका छन् । बिगतको वर्षको तथ्याङ्कलाई आँकलन गर्दा दाङमा कैदीबन्दी थपिनेको संख्या बढ्दै गएको पाइन्छ ।
जिल्लाभित्रै र जिल्ला बाहिर अपाराधिक गतिविधिमा संलग्नहरू अहिले घोराहीको कारागार र तुलसीपुरको कारागारमा कैदी जीवन बिताइरहेका छन् । जबरजस्ती करण, कर्तव्य ज्यान, हिंसा, मानव बेचबिखनलगायतका घटनामा संलग्नहरू जिल्लाका कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
कारागारमा अहिले विदेशी नागरिकले पनि कैद भुक्तान गरिरहेका छन् । जिल्लाका दुई कारागारमा १९ जना विदेशी नागरिकले कैद भुक्तान गरिरहेको तथ्यांक छ । घोराहीको कारागारमा आठजना विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् भने तुलसीपुरको कारगारमा ११ जना विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् ।
विदेशी नागरिक सबै भारतीय नागरिक रहेका छन् । खुल्ला सीमा नाकाका कारण नेपालमा व्यापार, व्यवसाय र घुम्ने बहानामा नेपाल आउने विदेशी नागरिक पनि नेपालमा विभिन्न अपराधिक गतिविधिमा संलग्न हुने गरेका हुन् ।
नेपालमा विदेशी नागरिक पनि अपराधिक गतिविधिमा संलग्न हुँदा सुरक्षामा झनै चुनौती बढेको छ । नेपाल प्रवेश गर्ने नाका खुल्ला हुँदा विदेशी नागरिक पनि नेपालमा बलत्कार, मानव बेचविखन, कतव्र्य ज्यान लगायतका अपराधमा संलग्न हुने गरेका छन् ।
अपराधमा संलग्न दोषीहरू कानुनी दायरामा आउनु सबल पक्ष हो तर पनि हाम्रो समाज अझै पनि अपराधबाट टाढा रहन सकेको छैन् भन्ने यसले पुष्टि गरेको छ । अपराधमा संलग्नलाई कानुनको दायरमा ल्याएर कारागार चलान हुनुले दोषीहरू उम्कन पाएका छैनन् भन्ने प्रमाण हो । यस सँगसँगै अपराधमुक्त समाज निर्माणमा पनि हामी सबैले भूमिका खेल्न आवश्यक छ ।
रोग लागेर उपचार गर्नुभन्दा पनि रोग लाग्नै नदिनु उत्तम उपाय हुन्छ भनेजस्तै अपराध न्यूनीकरणमा सबैले प्रभावकारी भूमिका खेल्न आवश्यक छ । शिक्षित समाजको विकास हुँदै जाँदा अपराध रोकिनुको साटो झन बढ्दै जानुले समाज विकृत बन्दै गएको छ भन्ने प्रमाणित भएको छ ।
स्वेदेशी होस् या विदेशी नागरिक कुनै पनि अपराधमा संलग्नलाई कानुनी दायरमा ल्याउनुपर्छ । दोषीलाई कानुनी दायरामा ल्याउनुसँगै अपराधमुक्त समाज निर्माणका लागि घर परिवार, गँउँ समाज हुँदै राष्ट्रले प्रभावकारी भूमिका खेल्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here