- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरलोकतन्त्रको लोप्पा कसले बुझ्ने र बुझाउने ?

लोकतन्त्रको लोप्पा कसले बुझ्ने र बुझाउने ?

- Advertisement -spot_img

भर्खरै मात्र लोकतान्त्रिक संविधानमा आधारित उपनिर्वाचन सम्पन्न भएको छ र त्यसको नतिजासमेत प्राप्त भइसकेको छ । सामान्य अर्थमा हेर्दा यतिबेलाको जनमतलाई हेर्ने हो भने कसैले गुमाएको प्राप्त ग¥यो भने कसैले प्राप्त गरेको गुमायो । अर्थात् हिजोको निर्वाचन २०७४ मा कुनै पार्टीले गुमाएको स्थान आज प्राप्त भयो भने हिजो कुनै पार्टीले प्राप्त गरेको स्थान आज गुमायो ।
कुनै स्थानमा यथावत नै नयाँ अनुहार तथा पुरानै पार्टी भयो । यो हार्ने, जित्ने, विजय हुने, पराजय हुने र पक्ष हुने, विपक्ष हुने महत्वपूर्ण र विशेष कुरा के हो भने जनताले निर्वाचनलाई कसरी प्रयोग गरेर र कसरी लिए ? यो नै आजको ठूलो समीक्षाको विषय हो । अर्थात् नेपालको उपनिर्वाचन २०७६ ले सिकाएको असली पाठ के हो र यसले दिएको सन्देश के हो ? लोकतन्त्रमा जनताले भोट कसका लागि खसाल्ने र हाल्ने ? यो पनि कम महत्वको प्रश्न होइन ।
आज जनताले बोलेको कुरा के हो भने भोट हाल्ने नेताका लागि हो, हामीलाई त केही पनि होइन, त्यही पनि मत त दिनै प¥यो भनेर झिनो र मसिनो आशा बोकेर मत खसाले र भोट हाले । यो त जसले मत दिए, जसले भोट खसाले र जसले मतदान गरे, उनीहरूको अभिव्यक्ति मात्र हो । ज–जसले आफ्नो मताधिकारको नै प्रयोग गरेनन् उनीहरूको राय र मत त कहाँ बाहिर आएको छ र ?
यसरी लोकतन्त्रमा जनताले आफ्नो र देशको लागि भनेर ठूलो उत्साह र ठूलो उमङ्गका साथ भोट हाल्न नसक्नु लोकतन्त्रकै लोप्पा हो । आज चुनाव भएकै ठाउँको सोलो–डोलोमा हिसाब गर्दा र गणितीय नियमको प्रयोग गर्दा ६४.३४ प्रतिशत मत खसेको घोषणा गरे पनि कुनै स्थान विशेष, क्षेत्र विशेष, तह विशेष, जिल्ला विशेषको एक–एक चुनावी समीक्षा गर्ने हो भने जनता निकै निराश भएको अवस्था छ ।
हाम्रै छिमेकी जिल्ला रोल्पास्थित थवाङकै कुरा गर्ने हो भने त्यहाँ एक हजार मतदाता रहेको २ सय जनताले मात्र भोट खसाले । रोल्पा जिल्लाको राजधानी मानिने थवाङ जस्तो राजनीतिक प्रशिक्षण स्थानमा जनमतको यो प्रयोगले के पुष्टि हुन्छ भने जनतामा राजनीतिक वितृष्णा व्यापक रूपमा बढ्दै छ ।
राजनीतिमा जनताको आक्रोस व्यापक रूपमा बढ्दै छ । राजनीतिमा जनताको आक्रोश व्यापक रूपमा पोखिदै छ । राजनीतिमा जनताको चिन्ता र चासो व्यापक रूपमै घट्दै छ । जनताको यो भावनलाई बुझ्ने कसले ? बुझाउने कसले ?
सम्बोधन गर्ने कसले ? हजारमा दुई सयले दिएको मतको आधारमा जीत र हारको हिसाब गर्दा वा घोषणा गर्दा त्यसलाई आधिकारिक भन्न र मान्न कति मिल्ने र कति नमिल्ने ? यो कुरा बुझ्ने कसले ? बुझाउने कसले ? जसले भोट हालेनन् उनीहरूको चिन्ता, चासो र गुनासो बुझ्ने कसले ? बुझाउने कसले ?
आज सबै आ–आफ्नै ताल र नाचमा व्यस्त छन् । मताधिकार र मतदानको कुरा गर्दा यो त मतदाता परिचय बनाएका र मतदान नामावली भएका जनताको लेखाजोखा र हिसाब किताब मात्र हो । आजसम्म पनि नेपालमा उमेर पुगेर पनि नागरिकता नपाएर मतदाता परिचय पत्र नपाएका कैयौं व्यक्ति होलान् । तिनको हिसाब किताब राख्ने कसले ?
लोकतन्त्रमा जनता प्रशिक्षण गराउने काम कसको ? लोकतन्त्रमा जनता बलियो पार्ने दायित्व कसको ? लोकतन्त्रमा जनता उत्साहित गराउने जिम्मेवारी कसको ? लोकतन्त्रमा भोटको महत्व दर्शाउने अभियानमा जनता उतार्ने काम कसको ? लोकतन्त्रमा जनता नेता प्रिया बनाउने अभिभारा कसको ? लोकतन्त्रमा जनता समृद्ध बनाउने योजना कसको ? लोकतन्त्रमा जनमतको कदर गर्ने आचरण र बानी कसको ?
लोकतन्त्रमा जनप्रेमी भावना स्थापित गर्ने तरिका कसको ? लोकतन्त्रमा विधिको शासन अपनाउने सिद्धान्त कसको ? लोकतन्त्रमा अत्याधिक जनताको उपस्थित गराउने सपना कसको ? लोकतन्त्रमा देश र जनताको चिन्ता, चासो र गुनासोको हल गर्ने पहल कदमी कसको ? खाली लोकतन्त्रमा सबैथोक जनताका लागि हो भने र जति खोके पनि अहिले जनताले त बुझेर आफ्नो मत जाहेर गरिसके त ?
अब पनि लोकतन्त्र कसका लागि हो ? भन्ने प्रश्न गरिरहनु पर्ला र ? जनताले यो उपनिर्वाचनमा भनिसके कि भोट हाल्ने नेताका लागि रहेछ तर जनताका लागि रहनेछ । अब भन्नु केही छ ? लोकतन्त्र साँचो अर्थमा नेताका लागि कि जनताका लागि ? यो कुरा कसरी कसले कसलाई कसरी बुझाउने ?

जनता परिवर्तनशील छन् । जनताको मन एहोहोरो छैन । जनता मौन रुपमै आफ्नो निर्णायक अभिव्यक्ति दिन सकछन् । नेपालका नेताहरुलाई जनताको भोट कति महत्व हुँदो रहेछ ? यो सामान्य निर्वाचनले पनि पुष्टि ग¥यो होला ।

जसरी नेपाली नेताले जनताको भोटको अपेक्षा गर्छन र जनताको भोटलाई आफ्नो भाग्य निर्माण गर्ने आधार ठान्छन्, त्यसरी नै जनताले पनि आफ्नो भोटको मूल्य आफ्ना नेता तथा छानेका प्रतिनिधिबाट खोजिरहेका हुन्छन् । यसको मूल्य तिर्ने चासो कसले लिने ? जनताले दिने एकैपटक हो र लिने बारम्बार हो ?


आज जनताको इजलामा जाँदा कति हम्मे–हम्मे हुँदो रहेछ । जनतालाई आफ्नो बनाउन कति गाह्रो कुरा हुने रहेछ । कतिदिन चल्छ बोली र सोलीका भरमा ? कर्म गरेर देखाउने र जनताको मन जित्ने कहिले र कसरी ? आजको उपनिर्वाचनमा अधिकांश महिला सहभागिता बढी देखियो । यसले पनि के पुष्टि ग¥यो एउटा घरमा एउटी महिलाको उपस्थिति भएको हो कि ? भन्ने आशंका झल्कियो ।
किनभने हाम्रो समाजमा अधिकांश सभा, गोष्ठी, सेमिनार, भोजभतेर, उत्सव, यज्ञ, अनुष्ठान, विवाह, जुलसु तथा उपस्थितिको कार्यक्रममा महिलाकै वर्चश्च देखिए जस्तै चुनावमा पनि महिलाकै संख्या बढी देखियो । यसको अर्थ यो होकि पुरूषले कसैको पक्ष र विपक्षको खोल ओढ्न चाहन्न । आफ्नो अनुपस्थितको कारण दर्शाउँदै महिला सहभागिता गराए पछि सबैसँगको हेलमेल कायम राख्ने पुरूषले ठाने । त्यसले पनि महिलाको संख्या बढेर गयो ।
किनभने यो एउटा भोटको कारणले कसैले मेरो र कसैले तेरो भन्ने ठानेर आफूलाई ठूलै उपलब्धि हुने केही पनि ठानेनन् । भोटकै भरमा कुनै दल, पार्टी, शक्ति र समूहको रङ र कलर पोत्नुको खासै अर्थ पनि देखेनन् ।
लोकतन्त्रभित्रको जनता जनार्दन शब्द पनि शब्द मात्रै सीमित देख्न थाले । यसरी जनतालाई लोकतन्त्रले प्रत्यक्ष रूपमै लोप्पा खुवाउँदा यसपाली जनताले पनि आफ्नो तर्फबाट नेता तथा पाटीलाई लोप्पा नै खुवाएका छन् ।
जनताले प्रतिपक्षलाई पनि अति रूचाएका छैनन र सरकार पक्षलाई पनि अति रूचाएका छैनन् । त्यसैले हिजो प्रतिपक्षका उम्मेदवारलाई दिएको मत अझ सरकार पक्षलाई गएको छ भने हिजो सरकार पक्षलाई गएको मत आज प्रतिपक्षलाई गएको छ । त्यसैले पनि आजको यो जनमतको भाषा सजिलै बुझ्न सकिन्छ ।
जनताले भनिसके सरकार पक्ष पनि जिम्मेवार बन्न सिक र प्रतिपक्ष पनि जिम्मेवार बन्न सिक । हिजो चुनावी समयमा गरिएका बाचा तथा प्रतिवद्धता त्यसै घाममा सुख्खा छन् । फेरी पनि जनता झुक्याउने प्रयास नगर । लोकतन्त्र कसका लागि ? यो कसैले भन्ने, भज्ने, गाउने र जप्ने कुरा होइन । यो त आफैमा अभिव्यक्त हुने, पुष्टि हुने र प्रमाणित हुने कुरा हो ।
आज लोकतन्त्र आफैमा पुष्टि भएको भए जनताको चुनावी उपस्थिति यो किसिमको हुने थियो । लोकतान्त्रिक मुलुकहरूमा भोटको प्रयोग कसरी हुन्छ र गरिन्छ ? त्यसको हेक्का हाम्रा दल र नेतालाई थाहा छ कि छैन ? आजकै स्थिति र परिस्थिति जारी रह्यो भने भोलिको निर्वाचन कस्तो होला ?
हरेक स्थानमा एक/दुई सय खसेको मतलाई गनेर विजय, पराजय घोषणा गर्नुप¥यो भने त्यो भन्दा ठूलो प्रहार र चोट के हुन सकछ ? कम्तीमा ७० देखि ८० प्रतिशतको जनसहभागिता भएन भने तयो लोकतन्त्रभित्रको मूल्य र मान्यताअन्तर्गत पर्दैन । नेपाली राजनीतिक दलले खाली आफ्नो हिसाब किताबका कुरा मात्र गरे भने र जनताको मत बुझ्न र बुझाउन सकेनन् भने ठूलै भूल र गल्ती हुनेछ । यतिबेलाको जनमतको झापड नेताका लागि निकै गम्भीर प्रकृतिको छ । यसलाई बुझ्न, बुझाउन र अथ्र्यान भने बाँकी नै छ ।
लोकतन्त्रमा जनताको स्थान के हो ? जनता समक्ष हुँदासम्म आकाशको तारा झारिदिने बाचा र प्रतिवद्धता गर्ने तर जनताबाट मत खिची सकेपछि र तानी सकेपछि जनताका बङ्गारा झरेको समेत थाहा नपाउने नेताले कसरी भोलिको बाटो निश्चित गर्न सक्लान् ? भोट माग्ने र जनता चाहिने त पटक–पटक हो । आज नै जनताको भूमिका सकिएको त छैन ।
जनता जहिले पनि निर्णायक भूमिका छन् भन्ने यदि याद भएको हो भने अब बेस्सरी नै बुझ्ने र बुझाउने बेला भएको छ । हामी त के भन्न चाहन्छौँ भने रोल्पाको थवालाई मात्र नियाल र यसपटकको निर्वाचनको समीक्षा गर । जहाँ कैयाँै नेताहरूको सेल्टर स्थल बनयो र नेपाली कम्युनिष्ट पार्टीको जग र आधारशीला नै बने । त्यस्तो सुपरिचित स्थानमा राजनीतिमा जनचासो यसरी किन खस्कियो ?
बडो चिन्ता र चासोको विषय हो । थवाङबासी जनताले जति नेताका बारेमा जानेका, देखेका, बुझेका, सुनेका र भोगेका छन् त्यति कसैले पनि देखेका र भोगका छैनन् । आज त्यहाँका जनता आफ्ना जनप्रतिनिधि छान्न किन हात बाँधेर बस्न बाध्य भए ? लोकतन्त्रमा कुनै पनि जनता छुट्न हुन्न र छुटाउनु हुन्न । लोकतन्त्रमा कुनै पनि जनतालाई यो उसको र त्यो उसको भनेर लोगो टाँस्नु हुन्न । जनता आज सबैका हुन् । अर्थात् कसैका होलान् भने भोलि कसैका ?
जनता परिवर्तनशील छन् । जनताको मन एहोहोरो छैन । जनता मौन रूपमै आफ्नो निर्णायक अभिव्यक्ति दिन सकछन् । नेपालका नेताहरूलाई जनताको भोट कति महत्व हुँदो रहेछ ? यो सामान्य निर्वाचनले पनि पुष्टि ग¥यो होला । जसरी नेपाली नेताले जनताको भोटको अपेक्षा गर्छन र जनताको भोटलाई आफ्नो भाग्य निर्माण गर्ने आधार ठान्छन्, त्यसरी नै जनताले पनि आफ्नो भोटको मूल्य आफ्ना नेता तथा छानेका प्रतिनिधिबाट खोजिरहेका हुन्छन् । यसको मूल्य तिर्ने चासो कसले लिने ?
जनताले दिने एकैपटक हो र लिने बारम्बार हो ? त्यस्तै नेताले लिने एकैपटक हो र दिने बारम्बार हो । यसैलाई आधार मानेर लिने र दिनेको सामाञ्जस्यता कायम हुन सकेन भने देशमा लोकतन्त्र कसरी टिक्छ र बिक्छ ? सधैं हावाका भरमा गफ गरेर र चुनावी आश्वासन बाँडेर लोकतन्त्र टिकाउन सकिएला ? जनताले सबै दलको विकल्प खोजेको आभाष हुन थालेको छ ।
भोट हाल्ने क्रममा कहिले ललितपुर त कहिले भक्तपुर भने जस्तो गरेर आफ्नो मताको प्रयोग गरे तापनि यो बाध्यताको उपज हो । दिने कसलाई ? कि त कम्युनिष्टलाई, कि त काँग्रेसलाई ? काँग्रेसलाई दिदा पनि सुख छैन ? कम्युनिष्टलाई दिदा पनि सुख छैन ।
दिने कसलाई ? जनताको यो बाध्यता हो । जनताको यो बाध्यतालाई कसैले मेरो जीत र तेरो हार भन्छ भने त्यो लोकतन्त्रको लोप्पा नबुझेको व्यक्तिभन्दा फरक पर्दैन ? किनभने जनताले प्रश्न गरिसके भोट हाल्ने कसका लागि ? यसको जवाफ दिने कसले ?
लोकतन्त्र भनेर जति बाजा बजाए पनि विहे त जनताको नै देखियो । जनताको विहे गरिदिने लोकतन्त्र कसरी टिकाउने ? चिन्ता र चासो बढ्नु प¥यो कि परेन ? निर्वाचन भयो । भोट खसाल्यो र खसालियो । चुनाव सम्पन्न भयो ।
चुनाव भय र त्रासरहित वातावरणमा सम्पन्न भयो । परिणाम आयो । जीत तथा हारको टुंगो लाग्यो । तर त्यसको पाठ, त्यसको सन्देश, त्यसको सान्दर्भिकता, त्यसको गाम्भीर्यता र त्यसको दूरगामी असरका बारेमा गहिरो बहस, छलफल, समीक्षा र चेतना हुने कि नहुने ? चुनाव आयो र गयोमा मात्र सीमित हुँदैन ।
यसले ठूलो पाठ सिकाएको हुन्छ र यसले ठूलो सन्देश प्रवाह गरेको हुन्छ । त्यसैल यसपालिको उपनिर्वाचन पनि आयो र गयोमा मात्र सीमित छैन । यसले ठूलो छाप छोडेर गएको मात्र छैन । यसले सिंगो लोकतन्त्रलाई नै लोप्पा खुवाएर गएको छ । तर यो लोकतन्त्रको लोप्पा स्वीकार्ने, मनन गर्ने, चिन्तन गर्ने, बुझ्ने र बुझाउने कसले ? हरेकलाई आफू नै तारिफ र पुष्टि गर्न भ्याई नभ्याई छ ।
जनताका मौन वाक्य बुझ्ने र बुझाउने कसले ? कसैले गुमाएको छ त कसैले पाएको छ । तर नेपाली जनताले केही पाएको अनुभूति गर्ने समय अझै आएको छैन । लोकतन्त्रमा जनमतको पूर्ण कदर भएको हेर्न आतुर जनताले अझै पनि त्यो दृश्य देख्न नपाउँदा लोकतन्त्रलाई लोप्पा खुवाउदै छन् जनता ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here